Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

तनहुँको मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

खबरडबली संवाददाता

तनहुँ। निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना [पूर्वी खण्ड] ले जानकारी दिएको छ । 

आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलज्ञे सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको छ । 

मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माण जारी छ । 

पूर्वी खण्डअन्तर्गत सडकको काम भने ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

राजविराज । उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  यही मङ्सिर १६ गते हुने उपनिर्वाच...

रूसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

रूस। रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले जनाएको छ ।  स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्य...

कर्णालीकै चर्चित प्रसिद्ध डिग्रे मेलाको आकर्षण ‘लठ्ठी नाच’

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णालीकै चर्चित डिग्रे साईँकुमारी मन्दिर परिसरमा हरेक वर्षको हरिबोधिनी एकादशीदेखि कात्ति...

मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध

हेटौँडा। सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुरका ४४ हजार नौ सय ६१ जना आबद्ध भएका छन् । गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक...

यस वर्षका उत्कृष्ट करदाता, नेपाल टेलिकम, नबिल बैंकदेखि भाटभटेनी सुपरमार्केटसम्म सम्मानित

काठमाडौँ। सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९र८० मा सबैभन्दा बढी कर तिरेका ...

कांग्रेसले सय दिने अभियान चितवनमा सुरु

नारायणगढ । नेपाली कांग्रेसले सुरु गरेको सय दिन अभियान चितवनमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार चितवनमा शनिबार पत्रकार सम्मेलन गरेर ...

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर...

प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ ।  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्र...

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पार्टीको ११ औँ अधिवेशनबाट प्रतिस्पर्धी...

तनहुँको मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ। निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy