Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

कुन दलबाट को–को बन्दै छन् सुदूरपश्चिममा उम्मेदवार ?

खबरडबली संवाददाता

धनगढी । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ । जसअनुसार उपनिर्वाचन हुने सुदूरपश्चिमका स्थानीय तहमा दलहरूले आ–आफ्नो उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् । यहाँ जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदको लागि निर्वाचन हुँदैछ ।

नेकपा एमालेले उम्मेदवार हुने व्यक्तिको नाम सार्वजनिक गरेको छ । एमालेले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीको नाम टुङ्गो लगाएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि लखीचन्द बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवबहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि नेकपा एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाउने गरी नाम टुङ्गो लगाएको एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए ।

त्यस्तै, नेपाली काँग्रेसले पनि सबै उम्मेदवारको नाम सार्वजनिक गरी घरदैलो कार्यक्रमलाई अगाडि बढाएको छ ।

कांग्रेस प्रदेश प्रवक्ता सुरत रावतका अनुसार बाजुरा स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि वीरेन्द्र पुजारा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि मोहन बहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि धन बहादुर कुँवर र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि प्रकाश बहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।

नेकपा माओवादी केन्द्रले पनि सबै उम्मेदवारको नाम टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाका अनुसार बाजुरा स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा राजुकुमारी बिकलाई उम्मेदवार बनाएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि पुष्कर बहादुर बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवीलाल थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि वीर सिंह कार्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि नानाराम कोलीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवार सार्वजनिक गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला पकड कम भएको नाउपाले पहाडी जिल्लामा उम्मेदवार बनाएको छ ।

नाउपा महासचिव गंगाराम चौधरीका अनुसार बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि जेनिशा बोहरालाई उम्मेदवार बनाइएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हरिष डगौरालाई उम्मेदवार बनाइएको छ ।

जिसस कैलाली प्रमुखको लागि कांग्रेस र नाउपाबाट उम्मेदवार

जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि कांग्रेसले जिसस कैलालीे प्रमुख पदका टीका चौधरी भुललाई उम्मेदवार बनाएको छ । यसअघि बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले जिसस कैलाली प्रमुखको उम्मेदवारको लागि धनगढी उपमहानगरपालिका–२ का वडा सदस्य केशवराज पन्त लाई बनाउने निर्णय गरेको थियो ।

तर निर्वाचन आयोगले जुनसुकै स्थानीय तहको प्रमुख पदमा पुरुष भए उपप्रमुख महिला अनिवार्य अर्थात पुरुष उपप्रमुख रहेको ठाउँमा महिला प्रमुख अनिवार्य भन्ने परिपत्र गरेपछि कांग्रेसले सो निर्णय गरेको हो । उनी कैलारी गाउँपालिका २ का वडा सदस्य हुन् ।

त्यस्तै, नाउपाले जिसस कैलाली प्रमुखमा रुकमति डंगौरा थारुलाई उम्मेदवार बनाएको छ । उनी टीकापुर नगरपालिका वडा नं ४ का महिला वडा सदस्य हुन् ।

१३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ । कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending