Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

दमौलीमा प्रहरी र प्रर्दशनकारीबीच झडप, दर्जनभन्दा बढी घाइते

\"GaurTanab\"दमौली । पूर्णबहादुर आलेको मृत्युको घटनालाई लिएर प्रदर्शनकारी र प्रहरीबीचको दिनहुँ हुँदै आएको झडपका कारण छैटौँ दिन पनि दमौली बजार तनावग्रस्त रहेको छ । सोही झडपका कारण आइतबार पनि बिहानैदेखि दमौली बजार बन्द रहेको छ । प्रदर्शनकारीहरुले बिहानैदेखि दमौलीको मुख्य चोकमा टायर बालेर पृथ्वी राजमार्गमा चक्काजाम गरेका छन् । पृथ्वी राजमार्ग दैनिकजस्तो अवरुद्ध हुँदा यात्रुहरु घन्टौँ सडकमा अलपत्र रुपमा बस्न बाध्य भएका छन् । आइतबार बाबुको मुख हेर्न र तीजका लागि हिँडेका चेलीबेटीहरु बाटोमै अलपत्र परेको बताइएको छ । आन्दोलनकारीले दुई दर्जनभन्दा बढी सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आन्दोलनकारीहरुले नेसनल एपोलो हस्पिटलको ग१च ६५०० नंको एम्बुलेन्स र रोकी राखिएको होन्डा कारमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । आन्दोलनकारीले दमौली अस्पतालका डा रामहरि दाहालले सञ्चालन गरेको दाहाल हेल्थ केयर सेन्टरमा तोडफोड गरेका छन् । आन्दोलनकारीले हानेको ढुङ्गा लागेर प्रहरी निरीक्षक भोजराज पाण्डेसहित चारजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले माछापुच्छ«रे होटलकी सञ्चालक लालुमाया गुरुङलाई होटलमै पुगेर लछारपछार गर्दै टाउको र शरीरमा निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रदर्शनकारीले हानेको ढुङ्गाले लागेर सिसिटिभी क्यामेरा, सडक बत्ती, टेलिफोन बुथ, सेतीमादी दैनिक पत्रिकाको कार्यालय, दुई निजी अस्पताल, दर्जर्नौ घरमा तोडफोड हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । अञ्चल प्रहरी कार्यालय पोखराका एसएसपी बलराम शर्मा पौडेलले शान्ति सुरक्षा कायम गर्न पोखराबाट समेत थप प्रहरी बल मगाई लागिपरेको बताएका छन् । सम्बन्धित पक्षसँग वार्ता भइसकेकाले अनावश्यक प्रदर्शनबाट भ्रम नछर्न र त्यस्ता गतिविधिमा साथ नदिन उहाँले सबैमा आग्रहसमेत गरेका छन् । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सम्बन्धित पक्षसँग सहमति गरी आन्दोलनरत पक्षहरुले राखेका माग बारे गृह मन्त्रालयमा सिफारिस गरी पठाइसकिएकाले आन्दोलन रोक्न उक्त पक्षसँग आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending