Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

दमौलीमा प्रहरी र प्रर्दशनकारीबीच झडप, दर्जनभन्दा बढी घाइते

\"GaurTanab\"दमौली । पूर्णबहादुर आलेको मृत्युको घटनालाई लिएर प्रदर्शनकारी र प्रहरीबीचको दिनहुँ हुँदै आएको झडपका कारण छैटौँ दिन पनि दमौली बजार तनावग्रस्त रहेको छ । सोही झडपका कारण आइतबार पनि बिहानैदेखि दमौली बजार बन्द रहेको छ । प्रदर्शनकारीहरुले बिहानैदेखि दमौलीको मुख्य चोकमा टायर बालेर पृथ्वी राजमार्गमा चक्काजाम गरेका छन् । पृथ्वी राजमार्ग दैनिकजस्तो अवरुद्ध हुँदा यात्रुहरु घन्टौँ सडकमा अलपत्र रुपमा बस्न बाध्य भएका छन् । आइतबार बाबुको मुख हेर्न र तीजका लागि हिँडेका चेलीबेटीहरु बाटोमै अलपत्र परेको बताइएको छ । आन्दोलनकारीले दुई दर्जनभन्दा बढी सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आन्दोलनकारीहरुले नेसनल एपोलो हस्पिटलको ग१च ६५०० नंको एम्बुलेन्स र रोकी राखिएको होन्डा कारमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । आन्दोलनकारीले दमौली अस्पतालका डा रामहरि दाहालले सञ्चालन गरेको दाहाल हेल्थ केयर सेन्टरमा तोडफोड गरेका छन् । आन्दोलनकारीले हानेको ढुङ्गा लागेर प्रहरी निरीक्षक भोजराज पाण्डेसहित चारजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले माछापुच्छ«रे होटलकी सञ्चालक लालुमाया गुरुङलाई होटलमै पुगेर लछारपछार गर्दै टाउको र शरीरमा निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रदर्शनकारीले हानेको ढुङ्गाले लागेर सिसिटिभी क्यामेरा, सडक बत्ती, टेलिफोन बुथ, सेतीमादी दैनिक पत्रिकाको कार्यालय, दुई निजी अस्पताल, दर्जर्नौ घरमा तोडफोड हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । अञ्चल प्रहरी कार्यालय पोखराका एसएसपी बलराम शर्मा पौडेलले शान्ति सुरक्षा कायम गर्न पोखराबाट समेत थप प्रहरी बल मगाई लागिपरेको बताएका छन् । सम्बन्धित पक्षसँग वार्ता भइसकेकाले अनावश्यक प्रदर्शनबाट भ्रम नछर्न र त्यस्ता गतिविधिमा साथ नदिन उहाँले सबैमा आग्रहसमेत गरेका छन् । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सम्बन्धित पक्षसँग सहमति गरी आन्दोलनरत पक्षहरुले राखेका माग बारे गृह मन्त्रालयमा सिफारिस गरी पठाइसकिएकाले आन्दोलन रोक्न उक्त पक्षसँग आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending