Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

आफुले भनेको मात्र लोकतन्त्र हो , अरुले भनेको चाहि केही होइन भन्ने प्रवृति प्रजातान्त्रिक संस्कार होइन –सिटौला

\"krishnaकाठमाडौं । संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले जनताले दिएको मतलाई अपमान गर्ने अधिकार कुनै पनि दल र नेतालाई नभएको बताउँदै सभापति सिटौलाले मैले भनेको मात्रै लोकतन्त्र हो, अरुले भनेको चाहिँ केही होइन त्यसैले हामी मान्दैनौं भन्ने प्रवृत्ति प्रजातान्त्रिक संस्कार नभएको उल्लेख गरेका छन् । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ सहभागी सभासद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले संविधान निर्माण प्रक्रियालाई सफल तुल्याएर जनतालाई अधिकार सम्पन्न बनाउनु आजको प्रमुख दायित्व भएको बताए । उनले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्छु भन्ने पक्षहरुले संविधान निर्माण प्रक्रियामा सहभागी हुनैपर्ने बताएका छन् । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ सहभागी सभासद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले संविधान निर्माण प्रक्रियालाई सफल तुल्याएर जनतालाई अधिकार सम्पन्न बनाउनु आजको प्रमुख दायित्व भएको बताए । निर्वाचित भएर आएपछि जनताको मतको कदर गर्नुपर्छ भन्दै उनले स्थिति अझै नबिग्रिसकेकाले आन्दोलनरत पक्षलाई संविधानसभामा सहभागी भएर आफ्नो मत राख्न सुझाव दिए । उनले भने – सङ्घीय संरचनाको विकास क्रमशः हुँदै जाने विषय हो । त्यसलाई लिएर भएको आन्दोलनलाई हिंसात्मक बनाइएको छ ।  राष्ट्रसेवक प्रहरीलाई जिउँदै आगो लगाउने तथा भाला रोपेर मार्ने काम कुनै पनि हालतमा राजनीतिक आन्दोलन हुनै सक्दैन । संविधान लेखन र राष्ट्रपतिसँग जोडेर सञ्चारमाध्यममा आएका विषयवस्तुप्रति लक्ष्यित गर्दै उनले  भने –‘संविधानभन्दा माथि कोही छैन, प्रेसमा आएजस्तो कुरा राष्ट्रपतिबाट भयो भन्ने म विश्वास गर्दिनँ ।’ सभापति सिटौलाले संविधान जारी भइसकेपछि पनि प्रमुख राजनीतिक दलबाट सबैलाई मिलाएर जाने निरन्तर कोसिस हुने विश्वास दिलाउँदै संविधान जारी गर्ने र लोकतन्त्रलाई संस्थागत गर्ने काममा सञ्चार क्षेत्रबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए । उनले भने – ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनताबाहेक संविधानमा अपरिवर्तनीय धारा नभएको हुँदा यो संविधान गतिशील दस्तावेजका रुपमा रहने छ । भोलि आइपर्ने समस्या संशोधन प्रक्रियाबाट सम्बोधन गर्न सकिन्छ । सिङ्गो राष्ट्र र दलहरुबीचको सहमतिको दस्तावेज भएकाले यसमा सबैको सहयोग अपरिहार्य छ ।’ संविधानसभाको अर्को बैठक आजै साँझ ५ बजे बस्ने गरी स्थगित भएको छ । सो बैठकमा सभासद्हरुले पेस गरेको संशोधन प्रस्ताव, संविधानका धारा र अनुसूचीमाथि मतदान लागि निर्णयार्थ पेस गर्ने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending