Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

आफुले भनेको मात्र लोकतन्त्र हो , अरुले भनेको चाहि केही होइन भन्ने प्रवृति प्रजातान्त्रिक संस्कार होइन –सिटौला

\"krishnaकाठमाडौं । संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले जनताले दिएको मतलाई अपमान गर्ने अधिकार कुनै पनि दल र नेतालाई नभएको बताउँदै सभापति सिटौलाले मैले भनेको मात्रै लोकतन्त्र हो, अरुले भनेको चाहिँ केही होइन त्यसैले हामी मान्दैनौं भन्ने प्रवृत्ति प्रजातान्त्रिक संस्कार नभएको उल्लेख गरेका छन् । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ सहभागी सभासद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले संविधान निर्माण प्रक्रियालाई सफल तुल्याएर जनतालाई अधिकार सम्पन्न बनाउनु आजको प्रमुख दायित्व भएको बताए । उनले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्छु भन्ने पक्षहरुले संविधान निर्माण प्रक्रियामा सहभागी हुनैपर्ने बताएका छन् । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ सहभागी सभासद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले संविधान निर्माण प्रक्रियालाई सफल तुल्याएर जनतालाई अधिकार सम्पन्न बनाउनु आजको प्रमुख दायित्व भएको बताए । निर्वाचित भएर आएपछि जनताको मतको कदर गर्नुपर्छ भन्दै उनले स्थिति अझै नबिग्रिसकेकाले आन्दोलनरत पक्षलाई संविधानसभामा सहभागी भएर आफ्नो मत राख्न सुझाव दिए । उनले भने – सङ्घीय संरचनाको विकास क्रमशः हुँदै जाने विषय हो । त्यसलाई लिएर भएको आन्दोलनलाई हिंसात्मक बनाइएको छ ।  राष्ट्रसेवक प्रहरीलाई जिउँदै आगो लगाउने तथा भाला रोपेर मार्ने काम कुनै पनि हालतमा राजनीतिक आन्दोलन हुनै सक्दैन । संविधान लेखन र राष्ट्रपतिसँग जोडेर सञ्चारमाध्यममा आएका विषयवस्तुप्रति लक्ष्यित गर्दै उनले  भने –‘संविधानभन्दा माथि कोही छैन, प्रेसमा आएजस्तो कुरा राष्ट्रपतिबाट भयो भन्ने म विश्वास गर्दिनँ ।’ सभापति सिटौलाले संविधान जारी भइसकेपछि पनि प्रमुख राजनीतिक दलबाट सबैलाई मिलाएर जाने निरन्तर कोसिस हुने विश्वास दिलाउँदै संविधान जारी गर्ने र लोकतन्त्रलाई संस्थागत गर्ने काममा सञ्चार क्षेत्रबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए । उनले भने – ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनताबाहेक संविधानमा अपरिवर्तनीय धारा नभएको हुँदा यो संविधान गतिशील दस्तावेजका रुपमा रहने छ । भोलि आइपर्ने समस्या संशोधन प्रक्रियाबाट सम्बोधन गर्न सकिन्छ । सिङ्गो राष्ट्र र दलहरुबीचको सहमतिको दस्तावेज भएकाले यसमा सबैको सहयोग अपरिहार्य छ ।’ संविधानसभाको अर्को बैठक आजै साँझ ५ बजे बस्ने गरी स्थगित भएको छ । सो बैठकमा सभासद्हरुले पेस गरेको संशोधन प्रस्ताव, संविधानका धारा र अनुसूचीमाथि मतदान लागि निर्णयार्थ पेस गर्ने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy