Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

पाँच महिनापछि माथिल्लो तामाकोसीको प्रसारण लाइन निर्माण सुरु

\"tamakosi\"दोलखा । भूकम्पका कारण बन्द रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य पाँच महिना पछि पुनः सुरु भएको छ । भूकम्पका कारण निर्माण बन्द भएकोमा लट–४ का भारतीय ठेकेदार कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले बिहिबारदेखि निर्माण कार्य पुनः सुरु गरेको हो । आयोजनाले केन्द्रीय ग्रीडमा २०७३ सालदेखि २२०÷१३२ केभी प्रसारण लाइनमार्फत विद्युत् जोड्ने लक्ष्य लिएको थियो । तीन गाविसमा सात वटा टावरको निर्माण गर्ने कार्य पुनः सुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार लादुक र लामिडाँडा गाविसमा छ वटा टावरको पिट मार्किङ, लेभलिङ र स्काभेसन सुरु भएको छ भने जफे गाविसको एउटा टावर निर्माणको लागि स्टिल फेब्रिकेसन ढुवानी सुरु भएको छ । प्रवक्ता न्यौपानेले आवादी जमिन भएको स्थानमा काम सुरु गरिएको र सामुदायिक वन क्षेत्रमा परेका ५५ टावर निर्माणको लागि वन मन्त्रालयको स्वीकृतको लागि अन्तिम अवस्थामा रहेको बताए । सम्पूर्ण तयारी सकिएकाले असोज १ देखि आयोजनाको पावर हाउसको काम र बाँधस्थल पुग्ने प्रवेश मार्गको मर्मत सुरु गरिने उनले जानकरी दिए । आयोजनाको लट–४ अन्तर्गत करिब २८ वटा टावरको काम सुरु गरिएकोमा १३ टावरको निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । केइसीका किरातीछाप स्टोर इन्चार्ज केएस सरकारले टावरको स्टिल पाता, डिस, रिङसमेत निर्माणस्थलमा ढुवानी भइरहेको जानकारी दिए। आयोजनाको लट–४अन्र्तगत पर्ने प्रसारण लाइनको सम्झौताअनुसार २०७२ असार मसान्तसम्म निर्माण सक्नुपर्नेमा एक वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइनका लागि केइसीले १ करोड ७९ लाख ४ हजार ८ सय ७२ अमेरिकी डलर तथा रु २५ करोड २५ लाख ५९ हजार ५ सय २० गरी दुई मूल्यमा निर्माण सम्झौता गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending