Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

संविधान पारित गर्न आज दिनभर संविधानसभामा मतदान हुँदै

\"parliyamentकाठमाडौं । नयाँ संविधान जारी गर्नका लागी संविधानसभामा सोमाबार दिनभर मतदान हुदैछ ।  आइतबार साँझ बसेको संविधानसभाको वैठकबाट मतदान शुरु भएको थियो र संविधानका तीनवटा धारा पारित गरेपछि सोमबार ११ वजे सम्मका लागी बैठक स्थगित भएको थियो । बाँकी धाराहरु सोमबारको बैठकले पारित गर्नेछ । भदौ मसान्तभित्रै संविधान जारी गर्ने गरी संविधानसभाले कार्यसूची तयार गरेको छ संविधानसभा सचिवालयले जनाएको छ । आइतबार साँझ ७ बजेबाट शुरु संविधानसभाको बैठकमा संविधानको विधेयकका धारा १, २ र ३ लार्इ पारित गरेर नयाँ संविधान बनाउने प्रकृया अघि बढाइएको छ । संविधान विधेयकमा दफावार छलफल सकिएपछि मतदानको प्रकिया सुरु भएको हो । बैठकमा संविधानको धारा १ र २ सर्वसम्मत पारित भएका छन् । यी धारामा कुनै संशोधन दर्ता नभएकाले बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो । अब आज सोमबार संविधानसभाका अन्य बाँकी धारा, उपधारा, प्रस्तावना र अनुसुचिहरुलाई मतदान मार्फत क्रमश परित गर्दै लैजाने संविधानसभाको तयारी रहेको छ । आइतबार दिउँसो बसेको संविधानसभालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रकियामा जानुबाहेक अर्को विकल्प नरहेको बताएका थिए । संिविधानसभाका करिब नब्बे प्रतिशत सभासद् प्रकियाको पक्षमा छन् । सभाको अत्यधिक बहुमत अहिले संविधान जारी गर्नुपर्ने पक्षमा देखिएपछि मतदान शुरु भएको हो । संविधानसभामा मतदान सुरु भएपनि तराई मधेशबाट प्रतिनिधित्व गर्ने दलहरुका सभासदले भने संविधानसभा बहिस्कार गरेका छन्। ती सभासदहरुको बहिस्कार र तराई मधेशमा भइरहेको आन्दोलनको बाबजुद संविधानसभाले हिजोदेखि संविधान पारित प्रक्रिया अघि बढाएको हो। प्रमुख तीन दल संविधान जारी गर्न सहमत भएपछि आन्दोलनरत दलहरुलाई नपर्खी प्रक्रिया अघि बढाइएको हो । प्रकृया अघि बढेता पनि आन्दोलनकारी सँग वार्ता प्रयास जारी राख्ने र आन्दोलनकारीका मागलाई संविधान निर्माण प्रकृया मार्फत संवोधन गरिने संविधानसभा सचिवालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending