लेबनान । जिहादी र उसका टर्की समर्थित सहयोगीहरुले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् ।
बेलायतमा कार्यालय रहेको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का अनुसार यस हिंसामा दुई सय ४२ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश दुवै पक्षका लडाकुहरु थिए । मारिने मध्ये २४ जना सर्वसाधारण रहेका छन् र उनीहरु अधिकांश रुसी हवाई आक्रमणमा मारिएका बताइएको छ ।
हिजबुल्लाह र इजरायलबिच यसै हप्ताको सुरुमा छिमेकी लेबनानमा कमजोर युद्धविराम लागू भएको समय सिरिया र यस क्षेत्रका लागि संवेदनशील समयमा आक्रमण सुरु भएको हो । सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो ।
त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ । पछिल्ला वर्षहरुमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रुस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरुबिच जटिल युद्धमा परिणत भएको छ ।
सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरुका सहयोगीहरु रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम शुरु भएको थियो । सिरियासँगको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - १९:००
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छ...
पौष २६ गते, २०८१ - १८:५३
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँ...
पौष २६ गते, २०८१ - १८:४४
काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबारे ११ वर्षीया बालिकाको मृत्यु भएको छ । बा २ क ६०८८ नम...
पौष २६ गते, २०८१ - १८:३८
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विष...
पौष २६ गते, २०८१ - १८:३३
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल उद...
पौष २६ गते, २०८१ - १८:२९
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई चेतावनी दिएका छन् । नेपाल ...
पौष २६ गते, २०८१ - १८:२४
काठमाडौं । समाजवादी मोर्चा फेरी सक्रिय हुने भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएसँगै बि...
पौष २६ गते, २०८१ - १८:०७
काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२–०६३ मा नेपालमा राजनीतिक परिवर्तनका लागि भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त ...
पौष २६ गते, २०८१ - १८:०३
काठमाडाैं । नेपाली कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनयन गरिएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति शेरबहादुर देउवाले सचिव मनोनित...
पौष २६ गते, २०८१ - १७:५८
जेरुसेलम । गाजामा गत अक्टोबर ७ मा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले शुक्रबार पुष्टि गरेको छ । फर...
प्रतिकृया लेख्नुहोस्: