कालीकोट । उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो । तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उनले बताए ।
“मङ्सिर १६ गते आइतबार बिहान ५ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ”, उनले भने, “स्थानीय तह उपनिर्वाचन २०८१ मङ्सिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको हो ।”
तिलागुफा नगरपलिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदान हुनेछ । उपनिर्वाचन हुने दिन वडा नं ४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए ।
“निर्वाचनका दिन सबैले मताधिकार पाऊन भनेर वडामा बिदा दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १६ गते, २०८१ - ०९:३७
काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बज...
मंसिर १६ गते, २०८१ - ०९:३२
सिरहा । सवारीको ठक्करबाट सिरहामा ड्युटीमा खटिएका एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी बोर्डरको छेउम...
मंसिर १६ गते, २०८१ - ०९:२६
काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ मा जारी उपनिर्वाचनअन्तर्गत उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि मतदान गरेका छन्। उनले पक...
मंसिर १६ गते, २०८१ - ०९:२०
काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले ...
मंसिर १६ गते, २०८१ - ०८:३५
एक अर्बको हाराहारीमा लगानी, १३५ फिट अग्लो विश्वशान्ति कलश बन्दै
मंसिर १६ गते, २०८१ - ०८:२७
काठमाडौँ । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ । ...
मंसिर १६ गते, २०८१ - ०८:२४
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्दै आएको छ । गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नव जोड...
मंसिर १६ गते, २०८१ - ०८:००
काठमाडौं । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ...
मंसिर १६ गते, २०८१ - ०७:५५
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारूढ प्रमुख दुई दल बीआरआई कार्यान्वयनका सन्दर्भमा साझा धारणा बनाउन सफल भएको बताएका छन्। बीआरआईअन...
मंसिर १६ गते, २०८१ - ०७:५०
काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार ४१ पदका लागि मतदान सुरू भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म...
प्रतिकृया लेख्नुहोस्: