Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय

खबरडबली संवाददाता

म्याग्दी । अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल। स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। विद्यालयको पूर्वविद्यार्थी रहेकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आएकी छिन् भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीवहन गर्दै आएकी हुन्।

तत्कालीन समयमा कक्षा ५ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा चोखालकै नेतृत्वमा कक्षा ८ र कक्षा १० सम्मको पठनपाठन हुन थालेको छ। विगत दुई दशकको अवधिमा विद्यालयको तह मात्र बढेको छैन, विद्यालयको भौतिक र शैक्षिक वातावरणमा पनि व्यापक सुधार भएको छ। कच्ची र साँघुरा कोठामा पठनपाठन हुने विद्यालयमा अहिले सुविधायुक्त पक्की भवन बनेका छन्। आधारभूत तहदेखि स्तरवृद्धि भएर माध्यमिक तहसम्मको पठनपाठन हुन थालेपछि स्थानीय बालबालिकालाई गाउँ छाडेर अन्यत्र अध्ययन गर्न जानुपर्ने झन्झट र बाध्यता हटेको छ।

उक्त विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्तोषजनक नतिजा ल्याउने गरेको छ। तत्कालीन समयमा कक्षा ३ सम्म पठनपाठन हुने यसै विद्यालयमा आफ्नो आधारभूत तहको पढाइ सुरु गरेकी चोखालले गलेश्वर मावि तोरीपानीबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् भने तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट स्नातक तह पास गरिन्। स्नातक तहमा अध्ययन गर्दा गर्दै २०५० सालमा आफूले प्रारम्भिक तहको शिक्षा लिएको विद्यालयमा अस्थायी शिक्षकका रूपमा शिक्षण पेशामा जोडिएकी चोखालले जीवनको महत्त्वपूर्ण समय विद्यालय, विद्यार्थीकै हितमा खर्चिएकी छिन्।

“आफैँले अक्षर चिनेको विद्यालयमा तीन दशकदेखि जोडिन पाउनुलाई मैले अवसर र कर्तव्यका रूपमा लिएकी छु, समाजको विश्वास र मेरो आत्मविश्वासले विद्यालयलाई नेतृत्व गर्न सक्षम बनाएको हो, घरपरिवारको सकरात्मक सहयोगले पनि विद्यालयको काममा निरन्तर लागिरहन हौसला मिल्ने गरेको छ”, प्रअ बानियाँले भनिन्। विद्यालयसँग आफ्नो पेशा, कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व जोडिएको उनको भनाई छ। विस २०५२ को शिक्षक आयोगमा प्रावि तहको लिखित परीक्षा दिए पनि २०६१ सालमा मात्र नतिजा प्रकाशित भएको र आफू सोही विद्यालयमा पदस्थापना भएको उनले बताइन्।  

बानियाँ २०७० सालमा प्रावि द्वितिय तहमा बढुवा भएकी हुन्। आफैँले प्रारम्भिक तहको पढाइ सुरु गरेको विद्यालयबाटै आफ्नो शिक्षण पेशा सुरु हुनु, सोही विद्यालयमा नै स्थायी शिक्षकको पदस्थापना हुनु र प्रअको भूमिकामा नेतृत्व सम्हाल्नु बानियाँको जीवनमा विद्यालयसँग सम्झनलायक संयोग बनेका छन्। बानियाँ प्रअको जिम्मेवारीमा आएपछि  २०६८ सालदेखि प्रस्तावित माविको अनुमति लिएर विद्यालयको स्तरवृद्धि भएको थियो।  

“प्रावि तहमा मात्र दरबन्दीका शिक्षक कार्यरत थियौँ, बाँकी सबै शिक्षकको तलब सुविधा निजी स्रोतबाट जुटाउनुपथ्र्यो, पछि निमावि र माविमा केही राहत र अनुदानका दरबन्दी थपिएपछि विद्यालयलाई राहत भयो, अहिले पनि दुई जना निजी स्रोतबाट शिक्षक राखेका छौँ”, प्रअ बानियाँले बताइन्।  

समुदायको एकता तथा शिक्षक कर्मचारीको सामूहिकताले विद्यालयको शैक्षिक र भौतिक सुधार सम्भव भएको उनको अनुभूति छ। आफू महिला भएकै कारण विद्यालय असफल हुने त होइन भन्ने सुरुआती चिन्ता समुदायको रचनात्मक साथ, व्यवस्थापन समितिको कुशल अगुवाइ र शिक्षकहरूको मेहनतले उपलब्धिमा रुपान्तरण गर्न सम्भव भएको बानियाँ बताउँछिन्।  

“महिला प्रअ भएकै कारण व्यक्तिगत रूपमा धेरै चुनौतीको सामना गर्नुपर्यो, घरको काम व्यवस्थापन गरेर विद्यालयका लागि अतिरिक्त समय निकाल्नु महिलाका लागि कठिन हुँदोरहेछ, शिक्षणसँगै विद्यालयको कामले  दौडधुप धेरै नै गर्नुपर्यो, जेजति विद्यालयका लागि समय लगानी गरेँ, विद्यालयको भौतिक र शैक्षिक स्वरुपमा आएको परिवर्तनले सन्तुष्टि मिल्ने रहेछ”, प्रअ बानियाँ भन्छिन्।  

विद्यालयलमा तत्कालीन समयमा निजी स्रोतका शिक्षकलाई मासिक एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम जुटाउनुपर्ने बाध्यता थियो। अहिले तल्लो तहमा कार्यरत भए पनि माथिल्लो तहमा पनि पठनपाठन गर्ने शिक्षकको सुविधा र निजी स्रोतका शिक्षकलाई गरी ९० हजार रुपैयाँसम्म विद्यालयलाई व्ययभार परेको प्रअ बानियाँले जानकारी दिइन्। विद्यालयले देउसीभैलो, चन्दा सङ्कलन र सामुदायिक वनको सहयोगबाट विद्यालयको व्ययभार पूर्ति गर्दै आएको छ। केही वर्ष शिक्षक तलबस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय गलेश्वर ठूलो सल्लेरी सामुदायिक वनले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको छ।  

विद्यालयले सहयोगदाता, चन्दादाताबाट प्राप्त हुने रकमलाई समेत कोषमा जम्मा गर्ने गरेको छ। विद्यालयको अक्षयकोषमा देश विदेशमा छरिएका पूर्वविद्यार्थी र शिक्षकले समेत रकम जम्मा गर्दै आएका छन्। कच्ची भवनलाई विस्थापित गरेर पक्की भवन बनेसँगै विद्यालयको स्वरुप फेरिएको छ। गाजा युवा क्लब, तत्कालीन शान्ति मन्त्रालय, जिल्ला विकास समिति, शिक्षा कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरेर विद्यालयमा नयाँ पक्की भवन बनेसँगै अधिकांश विद्यालयका विद्यार्थीले पक्की भवनमा पठनपाठन गर्ने अवसर पाएका छन्। विद्यालयमा अझै दुई कक्षा कच्ची र जीर्ण भवनबाट काम गर्ने गरिएकाले सम्बन्धित निकायमा निरन्तर भवन माग गर्ने गरिएको प्रअ बानियाँकाे भनाई छ। विद्यालयले शिक्षण सिकाइमा पनि सूचना प्रविधिको प्रयोग गर्दै आएको छ।

लामो समय हुने बिदाको समयमा शिक्षकहरूले अनलाइनमार्फत विद्यार्थीलाई पठनपाठनमा पुनर्ताजगी गर्ने गर्छन्। आधारभूत तहको पढाइलाई गुणस्तरीय बनाउन विद्यालयले बालविकासबाट उत्तीर्ण हुने विद्यार्थीलाई एक वर्ष पढेरमात्र कक्षा १ मा पढ्ने व्यवस्था गरिएको छ। विद्यालयमा नियमित पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप र व्यावहारिक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने शिक्षण सिकाइलाई जोड दिने गरिएको छ। नेप्टेचौर, काउलेगौडा, कुवागैरा, स्यालीखेतलगायत बस्तीका विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा अहिले एक सय ८५ विद्यार्थी अध्ययनरत छन्। बानियाँका श्रीमान् निजामती सेवामा हुनुहुन्छ भने छोराले इञ्जिनियरिङ र छोरीले स्टाफ नर्स उत्तीर्ण गरेका छन्। कमल खत्री/रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending