Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

अलेप्पो वरपरका कुर्दिस समुदायलाई सुरक्षित स्थलमा राख्न चाहेको कुर्दिस समूहको भनाइ

खबरडबली संवाददाता

लेबनान । सिरियामा अमेरिका समर्थित कुर्द नेतृत्वको सेनाले अलेप्पो वरपरका कुर्दहरुलाई आफ्नो नियन्त्रणमा रहेको सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न खोजिरहेको बताएको छ । 

सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदले गरेको प्रदर्शनमाथि दमन भएपछि सिरियामा युद्ध जारी छ । समय बित्दै जाँदा, यो द्वन्द्वले विदेशी शक्ति र जिहादीहरूलाई आकर्षित गरेको छ । सिरियामा युद्धका कारण पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने आधा जनसङ्ख्या विस्थापित भएको छ । 

गत हप्ता हयात तहरीर अल–शाम समूहका जिहादी र यसका सहयोगीहरुले टर्कीको सीमा नजिकै उत्तरपश्चिमी सिरियाबाट व्यापक आक्रमण गरी सिरियाको दोस्रो ठूलो सहर अलेप्पोलगायत वरपरका क्षेत्रलाई सरकारी नियन्त्रणबाट फिर्ता लिएका छन् । सिरियाका कुर्दहरुले सन् २०११ देखि विस्थापनका थुप्रै श्रृङ्खलाहरु भोगेका छन् र पछिल्लो आक्रमणमा फेरि अग्रपङ्क्तिमा उभिएर लड्दै आएका छन् ।

सिरियाको अलेप्पो प्रान्तको रणनीतिक शहर ताल रिफात र आसपासका गाउँहरू कब्जामा लिएका टर्की समर्थक समूहले करिब दुई लाख सिरियाली कुर्दलाई घेराहालेको सिरियायुद्ध अनुगमनकर्ताले आइतबार राति बताएका छन् । सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ)का प्रमुख मजलुम अब्दीले अमेरिकाको सहयोग प्राप्त आफ्नो सङ्गठनले ताल रिफात र अलेप्पोका अन्य भागमा बसोबास गरिरहेका कुर्दहरुलाई कुर्दिसको नियन्त्रणमा रहेका क्षेत्रमा फर्काउने प्रयास गरिरहेको बताएका थिए । 

“हामी सिरियाको उत्तरपूर्वमा हाम्रो सुरक्षित क्षेत्रहरुमा हाम्रा जनताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको सुरक्षित स्थानान्तरणलाई सहजीकरण गर्न सबै सम्बन्धित पक्षहरुसँग सक्रियरुपमा समन्वय गरिरहेका छौँ,” अब्दीले एक विज्ञप्तिमा भने । एसडीएफका कमान्डर इन चिफ अब्दीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “उत्तरपश्चिम सिरियामा स्थिति तीव्र र अचानक विकसित भएको छ र हाम्रा सेनाले विभिन्न मोर्चाबाट तीव्र आक्रमणको सामना गरिरहेका छन् ।”

“सिरियाली सेना र यसका सहयोगीहरूको पतन र फिर्ता पछि हामीले हाम्रा जनतालाई सम्भावित नरसंहारबाट जोगाउने उद्देश्यका साथ हाम्रो पूर्वी क्षेत्र अलेप्पो र ताल रिफात क्षेत्रबिच मानवीय करिडोर स्थापना गर्न हस्तक्षेप गरेका छौँ”, उनले भने, “यद्यपि, टर्कीको कब्जाद्वारा समर्थित सशस्त्र समूहहरूको आक्रमणले यो करिडोरलाई अवरुद्ध पारेको छ ।”

अब्दीले आक्रमणका बावजुद पनि ‘हाम्रो सेनाले अलेप्पोको कुर्दिश इलाकामा बसोबास गर्ने हाम्रा जनताको सुरक्षाका लागि निरन्तर प्रतिरोध जारी राखेको’ बताए । यसैबिच, सिरियाको दोस्रो ठूलो शहर अलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ । 

“सन् २०११ मा द्वन्द्व सुरु भएयता पहिलो पटक अलेप्पो सहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको हो,” संस्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग बताए । सिरियाली सेनाले विद्रोहीहरु अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’बताएको छ । 

सिरियाली सेनाले ‘सशस्त्र आतङ्कवादी सङ्गठनहरु’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल) भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ पुष्टि गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE