Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

साल्ट टेडिङ कर्पोरेशनको ५३ औं वार्षिकोत्सब सम्पन्न

\"salt\"काठमाडौं । साल्ट टेडिङ कर्पोरेशनले आफ्नो ५३ र्औ बार्षिक उत्सब सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मी दास मानन्धर को अध्यक्षतामा संचालित बार्षिक उत्सब कार्यक्रम भिमसेन पुजाको प्रसाद ग्रहण गरि बिहान ११ बजे सुरु भएको थियो । कार्यकारी प्रमुख तथा संचालक समितिका सदस्य, लगायत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ले स्वागत मन्तब्य दिनु भएको थियो भने नेपाल कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवाली  र साल्ट टे«डिङ कर्मचारी युनियन का अध्यक्ष हरि प्रसाद भटराईले शुभकामना मन्तब्य दिनुभएको थियो । बार्षिक उत्सबको सन्दर्भमा बिभिन्न शिर्षकमा पुरस्कार बितरण गरिएको थियो ।   बालबालिकाको हितमा योगदान पुयाउने बाल हितकारी पुरस्का श्री शान्ति सेवा आश्रम कोटेश्वरलाई प्रदान गरिएको थियो । सो पुरस्कार राशि रु ५० हजारको थियो । हेमन्त बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार अधिकृत स्तर तर्फ श्री रमेश बहादुर थापा , अञ्चल कार्यालय बिराटनगरलाई र ननअधिकृत स्तर तर्फ श्री जनार्दन ढुंगाना केद्रिय कार्यालय काठमाडौ लाई प्रदान गरिएको थियो । त्यस्तै अध्यन तर्फ उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने सो संस्थाका कर्मचारीका छोरा छोरीलाई छात्रबृत्ति प्रदान गरिएको थियो । जसम अनङमान छात्रबृत्ति अञ्चल कार्यालय काठमाडौमा कार्यरत श्री महेश्वरमान श्रेष्ठका छोरा श्री अनबेशमान श्रेष्ठ लाई र छात्रा तर्फ लोकनाथ छात्रबृत्ति उपशाखा कार्यालय महेन्द्रनगरमा कार्यरत श्री नगेन्द्र बहादुर थापाकी छोरी सुश्री प्रभा थापालाई प्रदान गरिएको थियो । बार्षिक उत्सबमा कर्पोरेशनमा २० बर्ष भन्दा पहिले देखि निरन्तर योगदान दिदै आउनु भएका कर्मचारी हरुलाई कदर पत्र प्रदान गरिएको थियो । केन्द्रिय कार्यालयमा उपस्थित भई कदर पत्र ग्रहण गर्नु हुने कर्मचारीहरुमा सहायक प्रबन्धक श्री ईन्द्रमान महर्जन , सहायक प्रबन्धक श्री शिब दास महर्जन अंञ्चल कार्यालय काठमाडौ, सवारी चालक –(तृतिय ) श्री रामकाजी थापा, सवारी चालक (तृतिय) श्री श्याम काजी थापा अंञ्चल कार्यालय काठमाडौ, सबारी चालक –तृतिय)श्री चन्द्र बहादुर महर्जन , कार्यालय सहयोगि –(द्धितिय )श्री हरिशरण सिलवाल शाखा कार्यालय कोटेश्वर लाई प्रदान गरियो । त्यस्तै उपत्यका बाहिरका कार्यालयहरु बाट कदर पत्र पाउनु हुनेमा प्रमुख सहायक श्री पारसनाथ चौधरी डिपो कार्यालय गौर, प्रमुख सहायक श्री मनोज कुमार श्रेष्ठ डिपो कार्यालय बाग्लुङ ,कार्यालय सहयोगी –द्धितिय)श्री ईबनाथ दंगाल शाखा कार्यालय हेटौडा ,चौकीदार (द्धितिय) श्री कुनुराम चौधरी अञ्चल कार्यालय धनगडि ले प्राप्त गरेका छन  । कर्पोरेशनले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार ५३ र्औ बार्षिकउत्सवमा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए भने गत बर्षको ६ अर्ब ८२ करोड ४८ लाखको कारोबार गर्न सफल रहेको ब्यहोरा उक्त बिज्ञप्ति मार्फत दिएको  छ । सो कार्यक्रम दिवा भोजको आयोजना सहित सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending