Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

गौरको निषेधाज्ञा फिर्ता, जनजीवन कष्टकर

[caption id=\"attachment_36810\" align=\"alignleft\" width=\"960\"]\"file file photo[/caption] रौतहट । स्थानीय प्रशासनद्वारा सदरमुकाम गौरमा हिजो अपराह्न १२ बजेबाट जारी गरिएको निषेधाज्ञा फिर्ता भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा मुस्लिम सङ्घर्ष गठबन्धनले गर्ने विरोध प्रदर्शनलाई मध्यनजर गर्दै लगाइएको निषेधाज्ञा आज बेलुका ७ः०० बजेबाट फिर्ता भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । निषेधाज्ञा फिर्ता भए तापनि गत भदौ ७ गतेदेखि घोषित दङ्गाग्रस्त क्षेत्र भने सदरमुकाम गौरलगायतका क्षेत्रमा यथावत् नै रहेको उहाँले बताए । मोर्चाको आह्वानमा अनिश्चितकालीन मधेस बन्द ३१ औँ दिनसम्म जारी रहँदा यहाँसहित तराईको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण सदरमुकाम गौर, शिवनगर, गरुडालगायतका स्थानमा बजार, यातायात, बैंक र शैक्षिक संस्था एक महिनादेखि अवरुद्ध अवस्थामा छन् । बन्दपछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलगायत अन्य निजी क्षेत्रका बैंकले पनि कारोबार गरेका छैनन् । सार्वजनिक यातायातका साधन नचल्दा यातायात व्यवसायी पनि मारमा परेका छन् । लामो समयदेखिको बन्दका कारण रौतहटमा पेट्रोलियम पदार्थ, ग्यासलगायतका अत्यावश्यक वस्तुको अभाव भएको छ भने दक्षिणी भेगका सर्वसाधारण मुलुकका विभिन्न स्थानमा जान हिँडेर चन्द्रनिगाहपुर आई अन्यत्र जान बाध्य छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending