Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः काशी नोबल र नालन्दा विजयी

खबरडबली संवाददाता

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा शनिबार भएका दुई खेलमा काशी नोबल एकेडेमी र नेपाल नालन्दा इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । काशीले लुम्बिनी वल्र्ड स्कूललाई ९२ रनले पराजित गर्दा नालन्दाले बृहस्पति हाई स्कूलमाथि ४० रनको जित निकाल्यो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काशीले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ३२ रनको बलियो योगफल बनायो । उसका लागि आयुष भण्डारीले अविजित ३५, आयुष दुवेले २० र अभिष अधिकारीले १५ रन बनाए । बलिङमा लुम्बिनी वल्र्डका गोकर्णराज भण्डारीले २ तथा करण पोखरेलले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी वल्र्ड स्कूल १० ओभर ३ बलमा अलआउट हुँदै ४० रनमै समेटियो । उसका लागि अजितेसराज गुप्ताले सर्वाधिक ६ रन बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न काशीका आदित्य शर्मा र आर्यन भण्डारीले ३–३ तथा आर्यन जैसवालले १ विकेट लिए । खेलमा काशीका आदित्य शर्मा म्यान अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल नालन्दाले १४ ओभर १ बलमा सबै विकेट गुमाएर ८२ रन बनायो । उसका लागि अब्दुल रहमान खानले १८ र आदित्य हरिजनले ११ रन बनाए । बलिङमा बृहस्पतिका आयुष टण्डनले ४, अंकित भण्डारीले २, प्रेम तेली र हिमाल परियारले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वृहस्पतिले १२ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ४२ रन मात्रै बनायो । उसका लागि रञ्जित अर्याल र हिमाल परिवारले समान ५ रन बनाए । बलिङमा नालन्दाका प्रभात यादवले ३ ओभर ४ बलमा १० रन खर्चेर ६ विकेट लिए । यस्तै, आदित्य हरिजनले २ विकेट लिए । नालन्दाका प्रभात यादव म्यान अफ द म्याच भई पाँच सय रुपैयाँ पाए ।

पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending