Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बत्तीस दिनदेखि महोत्तरी बन्द, जनजीवन ठप्प

\"banda-640\"गौशाला । प्रादेशिक सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अनिश्चितकालीन मधेस बन्दका कारण मंगलबार ३२ दिनदेखि महोत्तरीको जनजीवन ठप्प रहेको छ । मोर्चाले जारी राखेको लगातारको बन्दका कारण महोत्तरीको जनजीवन पूर्णरुपमा ठप्प भई अत्यन्त कष्टकर भएको छ । जिल्लाका विभिन्न हाटबजार, कलकारखाना, उद्योग व्यापार, सङ्घसंस्था, स्कुल कलेज, बैंक तथा वित्तीय संस्था पूर्णरुपमा बन्द रहेका छन् । यसका कारण सर्वसाधारणलाई दैनिक उपभोगका वस्तुसहित अन्य आवश्यक कामकाज र विद्यार्थीको पठनपाठनलगायत सबै कुरा ठप्प रहेको छ र जिल्लावासीको जनजीवन कष्टकर बनेको छ । त्यस्तै, जिल्लामा विगत एक महिना भन्दा बढी समयदेखि लगातार यातायातका साधन नचल्दा दैनिक उपभोग्य सामग्री तथा आवश्यक खाद्यान्न वस्तुको अभाव हुनुका साथै डिजेल र पेट्रोलको समेत अभाव भएको छ भने यी विभिन्न वस्तुमा कालोबजारी र महँगी अकासिएको छ । यता जिल्लामा गत बुधबार र शुक्रबार गरी छजना प्रदर्शनकारी र सर्वसाधारणलाई प्रहरीको गोली लागी मृत्यु भएपछि विगत सात दिनदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ भने विगत तीन दिनदेखि बिहान बेलुका दुईदेखि तीन घन्टा निषेधाज्ञा हटाइने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending