Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का

खबरडबली संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको हो । 

धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था उल्लङ्घन गरेपछि बोटलर्स नेपालको शेयर कारोबार पनि रोक्का गरिएको छ । नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीका अनुसार कम्पनीको धितोपत्रको कारोबार स्थगित गरिएको छ भने सञ्चालक समितिको निर्णय के कति कारणले समयमा जानकारी नदिएको हो भनेर तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । 

“मङ्सिर ५ गते बुधबार सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०/८१ को लाभांश नदिनेसम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा २०८१ पुस २ गते प्राप्त भयो”, बोटलर्स नेपाललाई नेप्सेले सोधेको स्पष्टीकरणमा भनिएको छ । धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम २२ ९१० मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भनी व्यवस्था रहेको छ । उक्त विनियममा भएको व्यवस्था बोटलर्स नेपालले कार्यान्वयन नगरेको नेप्सेले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी...

सुनसरीमा करेन्ट लागेर बुवाको निधन, छोरा घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४  मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्को एकजना घाइते भए...

माओवादी केन्द्रमा प्रवेश गर्नेले छाडेको पार्टीकै पद पाउने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ ।   वाम एकता ...

बाँकेमा पानीले बेर्ना कुहिएपछि दोस्रो पटक आलु रोपियो

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साता...

लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार : संयुक्त राष्ट्रसंघ

 त्रिपोली । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको ...

रुसकाे मस्को विस्फोटमा रुसी जनरल मारिए

रसिया । रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको...

श्रीलङ्कामा नयाँ सभामुखमा चयन

कोलम्बो । श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।  व...

इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो

जेरुसेलम । इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्...

अमेरिकाको एक विद्यालयमा १७ वर्षीया किशोरीद्वारा गोली प्रहार गरी दुई जनाको हत्या

काठमाडौं । अमेरिकाको विस्कन्सिनको एक निजी क्रिस्चियन स्कुलमा १७ वर्षीया किशोरीले एक शिक्षिका अर्का एक किशोरको गोली हानी हत्या गरेकी छन् । सो गोलीकाण्ड...

करिब ३० वर्षपछि मुख्यालय पुनः कब्जा गरेको म्यानमा विद्रोहीहरुको दाबी

बैङ्कक । म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समू...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy