Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

पूर्ण गोलाकारको दुर्लभ अण्डा ३३ हजारमा लिलामी

खबरडबली संवाददाता

काठमाडौं । एक अर्बमा झुक्किएर मात्र हुने एक पूर्ण गोलाकार अण्डा ३३ हजारमा लिलामी भएको छ । बेलायतमा भएको एक लिलामीमा २०० बेलायती पाउन्ड अर्थात ३३ हजार नेपाली मुल्यमा बिक्री भएको हो।

दुर्लभ अण्डाको अघिल्लो मालिक बर्कशायरले ल्याम्बोर्नका एड पाउनेलाइ सो अन्डा १५० पाउन्डमा बिक्रि गरेका थिए। दुर्लभ अण्डाको मालिक बनेपछि पावनेलले यसलाई लुभेन्टास फाउन्डेसनलाई दान गरेका थिए। सो संस्थाएक परोपकारी संस्था हो, जसले अक्सफोर्ड शायरका युवाहरूलाई जीवन र मानसिक स्वास्थ्य सहायता प्रदान गर्दै आएको छ।

त्यसपछि परोपकारी संस्थाले सुरुमा पौनेलको अण्डा लिलामीमा बेच्ने प्रस्तावलाई मजाक भएको ठानेका थिए तर जब अण्डा लिलामीका बारेमा समाचार प्रकाशित गरियो र अन्ततः परोपकारी संस्थाले लिलामी गर्ने निर्णय लियो। ‘हामी हर्षित र रोमाञ्चित छौं, अण्डा बेचेको कारण संस्थाको परोपकारी कामका बारेमा पनि धेरै जानकार भएका छौं,’ उन्डेसनका रोज राप भने।

‘लिलामीवाट उठेको पैसाले १३(१५ वर्षका किशोरहरूलाई उनीहरूको मानसिक स्वास्थ्यका बारेमा मद्दत गर्नेछ, यसले हामीलाई सहयोगको खाँचो परेका वा लामो प्रतीक्षा सूचीमा रहेका युवाहरूसम्म पुग्न सक्षम बनाउनेछ,’ उनले थपे।

पछि यो थाहा भयो कि गोलो अण्डा मूलतः एक महिलाले सुरूमा खरीद गरेकी थिइन, जसले स्कटल्याण्डको स्थानीय सुपरमार्केटबाट बक्समा फेला पारेका जनाएकी छिन्। अण्डा पहिलो पटक बेचेको थोमस रोडिक क्यालनका अनुसार गोलो अण्डाहरू एक अर्बमा एक घटना हो भन्ने विश्वास गरिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending