Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अबको प्रधानमन्त्री ओली !

\"Kp_Oli_Banner\"काठमाडौं । आगामी असोज ३ गते भित्र कुनै दुर्घटना भएन भने नेपाली जनताले संविधानसभाबाट नयाँ संविधान पाउने छन् । नयाँ संविधान घोषणा भएको एक साता भित्र नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधन निर्माण हुने पक्का भएलगत्तै प्रमुख राजनीतिक दलहरुका बीच भावि प्रधानमन्त्री को ? भन्ने चर्चाले प्रथामिकता पाउन थालेको छ । यस अघी जेठ २५ मा भएको १६ बुँदे सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भावि सरकारको नेतृत्व गर्ने दलहरुका बीच भद्रसहमति भएको थियो । मुलुकले नयाँ संविधान पाए लगत्तै नेपाली राजनीतिको एउटा अध्याय सकिने छ र दोस्रो अध्यायको सुरुवात हुनेछ– नयाँ सरकार गठन प्रक्रियासँगै । देश भित्र र बाहिरबाट विभिन्न शक्ति समूहहरु सक्रिय भएपछि ओलीले सरकारको नेतृत्व गर्न नपाउने हुन कि भन्ने आशंका केही समय अघीसम्म गरिएको थियो । तर विभिन्न शक्ति समूहको चाहाना विपरित संविधान निर्माण प्रक्रियालार्इ अगाडि बढाईपछि ओली नै प्रधानमन्त्रीका प्रमुख दावेदारका रुपमा देखा परेका छन् वर्तमान राजनीतिमा । असोज ३ मा संविधान जारी भएलगत्तै नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुनेछ । संसदको अधिवेशन चलिरहेको अवस्थामा संविधान जारी भएको एक साताभित्र प्रधानमन्त्रीको चयन गरिसक्नु पर्ने व्यवस्था नयाँ संविधानमा छ । विश्लेषकहरुका अनुसार संविधान निर्माण प्रक्रियालाई दृढता पूर्वक अगाडि बढाउन भूमिका खेलेका एमाले अध्यक्ष ओलीले अन्य राजनीतिक नेताहरूका बीच अाफ्नाे उपस्थिति बलियाे गरी दर्ज गरेका छन् । त्यसैकाे परिणाम मान्नु पर्छ अाेली यस खेलमा बलिया खेलाडीका रूपमा उभिएकाे उनीहरूकाे धारणा छ । एमाओवादी अध्यक्ष प्रचण्डले भावि सरकारको नेतृत्व गर्ने सम्भावना न्युन रहेको तथा कांग्रेसले वर्तमान सरकारकै नेतृत्व गरी रहेको सन्दर्भमा ओली नै प्रधानमन्त्रीका बलियो दावेदारका रुपमा देखा परेको विश्लेषकहरुको भनाई रहेको छ । नयाँ संविधानमा एक साता भित्र प्रधानमन्त्री, २० दिन भित्र सभामुख तथा उपसभामुखको तथा राष्ट्रपति र उपराष्ट्रपतिको एक महिना भित्रै निर्वाचन गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending