Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

विप्लव माओवादीले संविधान घोषणा हुने दिन नेपाल बन्द गर्ने

\"biplab-काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नयाँ संविधान जारी हुने दिन असोज ३ गते नेपाल बन्दको घोषणा गरको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’द्वारा जारी गरिएको विज्ञप्तिमा तीन दल र सरकारद्वारा जारी गर्न लागिएको संविधानले ००७ साल यताका विभिन्न राजनीतिक आन्दोलनहरुको उपहास गरेको भन्दै जनताको चाहना विपरित भएको उल्लेख गरेको छ । नयाँ संविधान घोषणा प्रक्रियाले माओवादी र संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्णरुपमा निस्तेज पारेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘देशमा राष्ट्रघात, दलाल तत्वहरुको संविधान, प्रतिक्रान्ति, प्रतिगमन र मुठ्ठीभर दलालहरुको निरंकुश फाँसिवाद नेपाली जनता माथि लादिने भएको छ । क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टीले असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ ।’ विज्ञप्तिको पूर्णपाठः प्रेश विज्ञप्ति तीन दल र सरकार को तर्फबाट असोज ३ गते जारी गर्ने भनिएको संविधान प्रति पार्टीको दृष्टिकोण र कार्यक्रम सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएका छ । १) कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले सामन्यतः ००७ साल यता गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान नेपाली जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जन आन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं शहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ । २) नेपालको विधमान सामन्ती, एकात्मक र केन्द्रीकृत राज्यसत्ता र शासन व्यवस्थाको परिवर्तन गरी वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीक एवं सामाजिक सांस्कृति विभेदको अन्त गर्ने र प्रतिस्प्रधात्मक वहुदलीय शासन व्यवस्थाको स्थापना जननिर्वाचित संविधानसभाबाट जनसंविधानद्वारा राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति एवं सम्झौंता र ०६३ साल यता तय गरिएको शान्ति प्रकृया, माओवादी एवं संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्ण रुपले निस्तेज पारेको छ । ३) देशमा राष्ट्रघात, दलाल तत्वहरुको संविधान, प्रतिक्रान्ति, प्रतिगमन र मुठ्ठीभर दलालहरुको निरंकुश फाँसिवाद नेपाली जनता माथि लादिने भएको छ । ४) यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न उल्लेख्य सहभागीताका लागि राष्ट्रिय स्वाधिनता र जनताको गणतन्त्रका पक्षधर आम नेपाली जनसमुदायमा हाम्रो पार्टी हार्दिक आहृवान गर्दछ । धन्यवाद । प्रकाण्ड प्रवक्ता २९ भाद्र ०७२
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy