Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

विप्लव माओवादीले संविधान घोषणा हुने दिन नेपाल बन्द गर्ने

\"biplab-काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नयाँ संविधान जारी हुने दिन असोज ३ गते नेपाल बन्दको घोषणा गरको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’द्वारा जारी गरिएको विज्ञप्तिमा तीन दल र सरकारद्वारा जारी गर्न लागिएको संविधानले ००७ साल यताका विभिन्न राजनीतिक आन्दोलनहरुको उपहास गरेको भन्दै जनताको चाहना विपरित भएको उल्लेख गरेको छ । नयाँ संविधान घोषणा प्रक्रियाले माओवादी र संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्णरुपमा निस्तेज पारेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘देशमा राष्ट्रघात, दलाल तत्वहरुको संविधान, प्रतिक्रान्ति, प्रतिगमन र मुठ्ठीभर दलालहरुको निरंकुश फाँसिवाद नेपाली जनता माथि लादिने भएको छ । क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टीले असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ ।’ विज्ञप्तिको पूर्णपाठः प्रेश विज्ञप्ति तीन दल र सरकार को तर्फबाट असोज ३ गते जारी गर्ने भनिएको संविधान प्रति पार्टीको दृष्टिकोण र कार्यक्रम सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएका छ । १) कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले सामन्यतः ००७ साल यता गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान नेपाली जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जन आन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं शहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ । २) नेपालको विधमान सामन्ती, एकात्मक र केन्द्रीकृत राज्यसत्ता र शासन व्यवस्थाको परिवर्तन गरी वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीक एवं सामाजिक सांस्कृति विभेदको अन्त गर्ने र प्रतिस्प्रधात्मक वहुदलीय शासन व्यवस्थाको स्थापना जननिर्वाचित संविधानसभाबाट जनसंविधानद्वारा राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति एवं सम्झौंता र ०६३ साल यता तय गरिएको शान्ति प्रकृया, माओवादी एवं संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्ण रुपले निस्तेज पारेको छ । ३) देशमा राष्ट्रघात, दलाल तत्वहरुको संविधान, प्रतिक्रान्ति, प्रतिगमन र मुठ्ठीभर दलालहरुको निरंकुश फाँसिवाद नेपाली जनता माथि लादिने भएको छ । ४) यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न उल्लेख्य सहभागीताका लागि राष्ट्रिय स्वाधिनता र जनताको गणतन्त्रका पक्षधर आम नेपाली जनसमुदायमा हाम्रो पार्टी हार्दिक आहृवान गर्दछ । धन्यवाद । प्रकाण्ड प्रवक्ता २९ भाद्र ०७२
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending