Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

संविधान निर्माणमा भइरहेको प्रगतिकाे भारतद्वारा स्वागत

\"Indian-Flag-Wallpapers-HD-Free-Download-for-pc\"काठमाडौं। भारतले नेपालको संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको उपलब्धिको स्वागत गरेको छ ।
भारतको विदेश मामिला मन्त्रालयले सोमबार राति अवेर जारी गरेको विज्ञप्तिमा संविधान निर्माण प्रक्रियाले भारतलाई खुसी तुल्याएको उल्लेख छ । साथै, नेपालका सबै क्षेत्र, वर्गका आवाजलाई संविधानमा समेटेर नेपाली नेतृत्व एक प्रगतिशील, आधुनिक र एकताबद्ध नेपाल निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।भारतले सदैव नेपालको शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ । विगत दुई दशकयता भारत नेपालको हिंसा, अस्थिरता, आन्तरिक सङ्घर्ष र राजनीतिक कलहका नकारात्मक परिणामको साक्षी रहँदै आएको छ’– विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा राजनीतिक र प्राकृतिक जुनसुकै सङ्कट भएपनि भारत सरकार सधैं नेपालको हित र समृद्धिको पक्षमा रहेको उल्लेख छ । नेपाली राजनीतिक नेतृत्वले आपसी संवाद र छलफलबाट संविधान मस्यौदा अघि बढाउन सफल भएको पनि विज्ञप्तिमा जनाइएको छ । पछिल्ला केही वर्षयता देखिएका कैयौँ चुनौतीलाई नेपाली राजनीतिक नेतृत्वले विवेकपूर्ण र परिपक्व ढंगले समाधान गरेर दुई प्रमुख निर्वाचनमार्फत शान्ति प्रक्रियाका महत्वपूर्ण उपलब्धि समावेशी बहुदलीय लोकतन्त्र प्राप्त गर्न सफल भएको छ’– विज्ञप्तिमा जनाइएको छ । नेपालले शान्ति प्रक्रियामा उपलब्धि हासिल गरेकामा भारतले प्रशंसा गर्दै नेपालका विभिन्न भागमा जारी आन्दोलन र सङ्घर्षमा भारतको चासो र चिन्ता रहेको जनाएको छ । भारतले आन्दोलनमा नागरिक वा सरकारी अधिकारी जो सुकैको रगत बगे पनि ती सबै नेपाली नै रहेको उल्लेख गरेको छ । साथै भारतले शान्तिपूर्ण वातावरणमा संवाद तथा अधिकतम लचिलो भएर सबै दलका जायज मुद्दालाई सम्बोधन गर्न आग्रह पनि गरेको छ । विज्ञप्तिमा नेपाली समाजका सबै क्षेत्र र समुदायले अपनत्व हुनेगरी बन्ने संविधानले मुलुकको शान्ति र समृद्धिको आधारशीला खडा गर्ने विश्वास गरिएको छ । सङ्कटको बेला राजनीनिक दलहरु, सङ्घसंस्था तथा बुद्धिजीवी सबैले परिपक्वता र दूरदृष्टि प्रदर्शन गर्ने उल्लेख गर्दै भारतले आधुनिक नेपाल निर्माणका लागि एउटा दिगो र लचिलो संविधान आवश्यक रहेकोमा जोड पनि दिएको छ । भारतले विज्ञप्तिमार्फत एक असल र घनिष्ठ छिमेकी राष्ट्रको रुपमा सौहार्दताका साथ नेपाल सरकार र नेपाली जनताको शान्ति, स्थायित्व र आर्थिक, सामाजिक विकासमा निरन्तर सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending