Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

संविधान निर्माणमा भइरहेको प्रगतिकाे भारतद्वारा स्वागत

\"Indian-Flag-Wallpapers-HD-Free-Download-for-pc\"काठमाडौं। भारतले नेपालको संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको उपलब्धिको स्वागत गरेको छ ।
भारतको विदेश मामिला मन्त्रालयले सोमबार राति अवेर जारी गरेको विज्ञप्तिमा संविधान निर्माण प्रक्रियाले भारतलाई खुसी तुल्याएको उल्लेख छ । साथै, नेपालका सबै क्षेत्र, वर्गका आवाजलाई संविधानमा समेटेर नेपाली नेतृत्व एक प्रगतिशील, आधुनिक र एकताबद्ध नेपाल निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।भारतले सदैव नेपालको शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ । विगत दुई दशकयता भारत नेपालको हिंसा, अस्थिरता, आन्तरिक सङ्घर्ष र राजनीतिक कलहका नकारात्मक परिणामको साक्षी रहँदै आएको छ’– विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा राजनीतिक र प्राकृतिक जुनसुकै सङ्कट भएपनि भारत सरकार सधैं नेपालको हित र समृद्धिको पक्षमा रहेको उल्लेख छ । नेपाली राजनीतिक नेतृत्वले आपसी संवाद र छलफलबाट संविधान मस्यौदा अघि बढाउन सफल भएको पनि विज्ञप्तिमा जनाइएको छ । पछिल्ला केही वर्षयता देखिएका कैयौँ चुनौतीलाई नेपाली राजनीतिक नेतृत्वले विवेकपूर्ण र परिपक्व ढंगले समाधान गरेर दुई प्रमुख निर्वाचनमार्फत शान्ति प्रक्रियाका महत्वपूर्ण उपलब्धि समावेशी बहुदलीय लोकतन्त्र प्राप्त गर्न सफल भएको छ’– विज्ञप्तिमा जनाइएको छ । नेपालले शान्ति प्रक्रियामा उपलब्धि हासिल गरेकामा भारतले प्रशंसा गर्दै नेपालका विभिन्न भागमा जारी आन्दोलन र सङ्घर्षमा भारतको चासो र चिन्ता रहेको जनाएको छ । भारतले आन्दोलनमा नागरिक वा सरकारी अधिकारी जो सुकैको रगत बगे पनि ती सबै नेपाली नै रहेको उल्लेख गरेको छ । साथै भारतले शान्तिपूर्ण वातावरणमा संवाद तथा अधिकतम लचिलो भएर सबै दलका जायज मुद्दालाई सम्बोधन गर्न आग्रह पनि गरेको छ । विज्ञप्तिमा नेपाली समाजका सबै क्षेत्र र समुदायले अपनत्व हुनेगरी बन्ने संविधानले मुलुकको शान्ति र समृद्धिको आधारशीला खडा गर्ने विश्वास गरिएको छ । सङ्कटको बेला राजनीनिक दलहरु, सङ्घसंस्था तथा बुद्धिजीवी सबैले परिपक्वता र दूरदृष्टि प्रदर्शन गर्ने उल्लेख गर्दै भारतले आधुनिक नेपाल निर्माणका लागि एउटा दिगो र लचिलो संविधान आवश्यक रहेकोमा जोड पनि दिएको छ । भारतले विज्ञप्तिमार्फत एक असल र घनिष्ठ छिमेकी राष्ट्रको रुपमा सौहार्दताका साथ नेपाल सरकार र नेपाली जनताको शान्ति, स्थायित्व र आर्थिक, सामाजिक विकासमा निरन्तर सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy