Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

मध्यपश्चिमको सुरक्षा व्यवस्था कडा पार्न क्षेत्रीय प्रशासकको निर्देशन

दाङ । मध्यपश्चिमका क्षेत्रीय प्रशासक विजयकुमार मल्लिकले संविधान जारी हुने समय नजिकिएको भन्दै उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । दाङमा मङ्गलबार आयोजना गरिएको साक्षात्कारमा उनले संविधान जारी हुनुअघि र पछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन । कार्यक्रममा क्षेत्रीय प्रशासक मल्लिकले मध्यपश्चिमका १५ वटै जिल्लाको सुरक्षा अवस्था अहिले सदृढ रहेको बताए । उनले मध्यपश्चिमका तराईका जिल्ला दाङ, बाँके र बर्दिया सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेपनि अहिले प्रहरी नियन्त्रणमै रहेको बताए । मल्लिकले आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै त्यसलाई समेत नियन्त्रण गर्ने गरी प्रहरी परिचालन गरिएको जानकारी दिए । संविधानको मस्यौदा सार्वजनिक भएपश्चात् मध्यपश्चिमका सुर्खेत र जुम्लामा केही धनजनको क्षति भएपनि अन्य जिल्लाको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताए । साक्षात्कारमा क्षेत्रीय प्रहरी प्रमुख  नायब प्रहरी महानिरीक्षक केशव अधिकारीले शान्तिसुरक्षामा खलल आउन नदिन प्रहरी सचेत रहेको बताए । उनले संविधान जारी हुने दिन असोज ३ गतेलाई मध्यनजर गर्दै जिल्लाको शान्तिसुरक्षाको अवस्था कडा पार्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको बताए । उनले प्रहरी जहिले पनि आम नागरिकको सुरक्षाका लागि संवेदनशीलताका साथ लागिपरेको तर त्यसो हुँदैगर्दा प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरी आत्मसुरक्षाका लागि चुप लागेर नबस्ने बताए । उनले भने , ‘हामी जनताको सुरक्षाका लागि सचेत छौँ । तर हामीमाथि नै आक्रमण हुन थाले आत्मरक्षाका लागि टुलुटुलु हेरेर कदापि बस्दैनौँ ।’ संविधानको प्रारम्भिक मस्यौदा जारी भएपछि अहिलेसम्मको अवधिमा  मध्यपश्चिममा भएका आन्दोलनका क्रममा प्रहरी र सर्वसाधारण गरी ६ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार आन्दोलनका क्रममा ६८ जना घाइते भएको तथा ३२ वटा सवारीसाधनमा तोडफोड गरिएको छ । यसैगरी, ४१ सरकारी र दुईवटा निजी गरी ४३ वटा भवनमा क्षति पुगेको छ । क्षेत्रीय प्रशासक मल्लिकसहित नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रहरी नायब महानिरीक्षक यतिराज पँगेनी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुबोध अधिकारी जिल्लाको बस्तुस्थिति बुझ्न दाङ आएका हुन्  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending