Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

मध्यपश्चिमको सुरक्षा व्यवस्था कडा पार्न क्षेत्रीय प्रशासकको निर्देशन

दाङ । मध्यपश्चिमका क्षेत्रीय प्रशासक विजयकुमार मल्लिकले संविधान जारी हुने समय नजिकिएको भन्दै उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । दाङमा मङ्गलबार आयोजना गरिएको साक्षात्कारमा उनले संविधान जारी हुनुअघि र पछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन । कार्यक्रममा क्षेत्रीय प्रशासक मल्लिकले मध्यपश्चिमका १५ वटै जिल्लाको सुरक्षा अवस्था अहिले सदृढ रहेको बताए । उनले मध्यपश्चिमका तराईका जिल्ला दाङ, बाँके र बर्दिया सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेपनि अहिले प्रहरी नियन्त्रणमै रहेको बताए । मल्लिकले आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै त्यसलाई समेत नियन्त्रण गर्ने गरी प्रहरी परिचालन गरिएको जानकारी दिए । संविधानको मस्यौदा सार्वजनिक भएपश्चात् मध्यपश्चिमका सुर्खेत र जुम्लामा केही धनजनको क्षति भएपनि अन्य जिल्लाको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताए । साक्षात्कारमा क्षेत्रीय प्रहरी प्रमुख  नायब प्रहरी महानिरीक्षक केशव अधिकारीले शान्तिसुरक्षामा खलल आउन नदिन प्रहरी सचेत रहेको बताए । उनले संविधान जारी हुने दिन असोज ३ गतेलाई मध्यनजर गर्दै जिल्लाको शान्तिसुरक्षाको अवस्था कडा पार्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको बताए । उनले प्रहरी जहिले पनि आम नागरिकको सुरक्षाका लागि संवेदनशीलताका साथ लागिपरेको तर त्यसो हुँदैगर्दा प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरी आत्मसुरक्षाका लागि चुप लागेर नबस्ने बताए । उनले भने , ‘हामी जनताको सुरक्षाका लागि सचेत छौँ । तर हामीमाथि नै आक्रमण हुन थाले आत्मरक्षाका लागि टुलुटुलु हेरेर कदापि बस्दैनौँ ।’ संविधानको प्रारम्भिक मस्यौदा जारी भएपछि अहिलेसम्मको अवधिमा  मध्यपश्चिममा भएका आन्दोलनका क्रममा प्रहरी र सर्वसाधारण गरी ६ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार आन्दोलनका क्रममा ६८ जना घाइते भएको तथा ३२ वटा सवारीसाधनमा तोडफोड गरिएको छ । यसैगरी, ४१ सरकारी र दुईवटा निजी गरी ४३ वटा भवनमा क्षति पुगेको छ । क्षेत्रीय प्रशासक मल्लिकसहित नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रहरी नायब महानिरीक्षक यतिराज पँगेनी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुबोध अधिकारी जिल्लाको बस्तुस्थिति बुझ्न दाङ आएका हुन्  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy