Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

बन्दकर्ताद्धारा पार्किङमा राखिएका ट्रकमाथि आगजनी

\"fireवीरगन्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्सा र बाराका कार्यकर्ताले मंगलबार वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत लिपनीमालस्थित सौरभ इन्टरप्राइजेजको गोदाममा तोडफोड गरेका छन् । सयौँको सङ्ख्यामा आएका उनीहरुले बाराको लिपनीमाल गाविस–९ चैनपुरस्थित वीरगन्ज पथलैया सडकखण्डमा पर्ने इन्टरप्राइजेजको गोदामको मूलढोका खोल्न लगाई तोडफोड गरेका हुन् । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले गोदामका चौकीदारलाई नियन्त्रणमा लिई गोदाम परिसरमा पार्किङ गरी राखिएको आधा दर्जनभन्दा बढी ट्रकमा तोडफोड गरी आगजनीसमेत गरेको गोदामका व्यवस्थापक विनोद गुप्ताले बताए । घटनास्थलमा तत्काल पुगेका सुरक्षाकर्मी र वीरगन्ज उपमहानगरपालिकाको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यस्तै मोर्चाका कार्यकर्ताले निम्बस गु्रपको भुस लादिएको ना ५ ख ७३५ नंको ट्रक तथा दाल लादिई पार्किङमा राखिएको ना २ ख ९७४६ नंको ट्रकमा समेत तोडफोड गरेका छन् । घटनापछि वीरगन्ज परवानीपुर सडकखण्डको सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र केन्दीय सदस्य नवलकिशोर सिंहलाई प्रहरीले नितनपुरबाट पक्राउ गरी नियन्त्रणमा लिएको सिमरा बाराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताए । यसैगरी निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा वीरगन्जको घण्टाघरबाट आज पाँच महिलालाई प्रहरीले पक्राउ गरेको छ । मुखमा कालोपट्टी  बाँधेर नाराजुलुसमा उत्रिएका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगन्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्सा र बाराका कार्यकर्ताले मंगलबार वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत लिपनीमालस्थित सौरभ इन्टरप्राइजेजको गोदाममा तोडफोड गरेका छन् । सयौँको सङ्ख्यामा आएका उनीहरुले बाराको लिपनीमाल गाविस–९ चैनपुरस्थित वीरगन्ज पथलैया सडकखण्डमा पर्ने इन्टरप्राइजेजको गोदामको मूलढोका खोल्न लगाई तोडफोड गरेका हुन् । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले गोदामका चौकीदारलाई नियन्त्रणमा लिई गोदाम परिसरमा पार्किङ गरी राखिएको आधा दर्जनभन्दा बढी ट्रकमा तोडफोड गरी आगजनीसमेत गरेको गोदामका व्यवस्थापक विनोद गुप्ताले बताए । घटनास्थलमा तत्काल पुगेका सुरक्षाकर्मी र वीरगन्ज उपमहानगरपालिकाको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यस्तै मोर्चाका कार्यकर्ताले निम्बस गु्रपको भुस लादिएको ना ५ ख ७३५ नंको ट्रक तथा दाल लादिई पार्किङमा राखिएको ना २ ख ९७४६ नंको ट्रकमा समेत तोडफोड गरेका छन् । घटनापछि वीरगन्ज परवानीपुर सडकखण्डको सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र केन्दीय सदस्य नवलकिशोर सिंहलाई प्रहरीले नितनपुरबाट पक्राउ गरी नियन्त्रणमा लिएको सिमरा बाराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताए । यसैगरी निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा वीरगन्जको घण्टाघरबाट आज पाँच महिलालाई प्रहरीले पक्राउ गरेको छ । मुखमा कालोपट्टी  बाँधेर नाराजुलुसमा उत्रिएका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy