मोरङ । उर्लाबारी-९ थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ । स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृतिमा खेल मैदान बनाउन जग्गा दान गरेपछि स्थानियले आजबाट खेल मैदान बनाउन सुरु गरिएको हो।
हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिले जेसिभी लगाएर खेल मैदान जाने बाटो बनाउने र मैदान मर्मत सम्भारको काम सुरु गरेको हो।
मैदान बनाउन यस अघि नै स्थानीय युवा व्यवसायी तथा युवा समाजसेवी अमृत थक्लुङ को अध्यक्षतामा समिती गठन भएको छ।
हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिको उपाध्यक्षमा शान्ति राई, सचिबमा शिक्षासेबि गजेन्द्र राई , सहसचिवमा पुर्ण बहादुर दाहाल र काेषाध्यक्षमा चित्रकला खवास(मिना) रहेका छन् ।
यस्तै सदस्यहरुमा योगेस प्याकुरेल,ओम दर्लामी मगर,लोकेन्द्र बहादुर लिम्बू र कोपिला राई रहेकी छिन।
हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न समितिका सचिब गजेन्द्र राईले मैदानका लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादाता र देशबिदेसबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद तथा आभार प्रकट गरे। उनले मैदान निर्माणका लागि सहयोगको अपिल समेत गरे।
खासमा स्थानीय स्तरमा खेल मैदान नहुदा यहाँका युवाहरु खेल खेल्न अन्यत्र जानू पर्ने अबस्था छ । यसलाई समाधान गरौ र यहाँ ठुला ठुला खेल प्रतियोगिता गरेर गाउँको चिनारी बढाउने उदेश्य हो, अध्यक्ष अमृत लिम्बुले भने । उनले मैदानको लागि सबैले सहयोग पुरियाउन अनुरोध गरेका छन ।
बुवाको स्मृतिमा जग्गादान गर्नुभएका छोरा चन्द्र छाराहाङ राई भन्छन: हाम्रो पिता पुर्खाको नाम जिबन्त अमर रहन्छ, स्थानिय स्तरमा खेल खेल्ने मैदान बन्छ भने किन सहयोग नगर्ने ? उनले भाबी सन्ततिलाई खेलकुदको लागि सहज हुने बिस्वास गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: