काठमाडाैं । 'नेपहपको श्रीपेच–२' को सफलता सङ्गै निर्माता टोलीले 'ब्याटल भूमि' नामक नयाँ र्याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् । आज बालुवाटारको नेपाल हाउसमा सम्पन्न पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने 'ब्याटल भूमि'मा सहभागी हुनका लागि www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्ये उत्कृष्ट ६४ प्रतियोगी चयन गरिनेछन् र छनोट गरिएका सहभागीहरूले जज राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । डिजिटल अडिसनको लागि बिट श्रीपेच स्टुडियोको युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपि राइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ । विजेताले नगद रु ५ लाख रुपैयाँ तथा विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टका अवसरहरू प्राप्त गर्नेछन् ।
निर्माता सुदिप पोखरेलले नेपाली समाजमा र्याप र हिपहपको बढ्दो लोकप्रियतालाई मध्य नजर गर्दै यो कार्यक्रमको सुरुवात गरेको बताएका छन् ।
'ब्याटल भूमि'को निर्देशकमा बिक्रम खनाल रहने छन् भने शो को कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट रहेका छन् । कार्यक्रमको मुख्य निर्णायकमा मानस घले रहनेछन् भने उनलाई विभिन्न एपिसोडमा गेस्ट जजले पनि साथ दिनेछन् । साथै ‘नेपहपको श्रीपेच–२’ का उत्कृष्ट प्रतियोगी मनिष ढकाल 'मेक'लाई कार्यक्रम संचालकको भूमिकामा देख्न पाइनेछ । कार्यक्रमको मुख्य सहायक निर्देशकको रूपमा सुशान्त कटवाल रहेका छन् ।
दामी मिडियाको प्रस्तुति रहेको 'ब्याटल भूमि'को डिजिटल अडिसन पुस २६ गते सम्म खुल्ला रहनेछ । कार्यक्रमको डिजिटल पार्ट्नरको रूपमा ओ.यस.आर रियालिटी र भोटिङ्ग पार्टनरको रूपमा एभेन्टोज रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...
माघ १७ गते, २०८२ - २०:३६
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...
माघ १७ गते, २०८२ - १९:०५
सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...
माघ १७ गते, २०८२ - १९:०२
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...
माघ १७ गते, २०८२ - १९:००
काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...
माघ १७ गते, २०८२ - १८:५२
सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...
माघ १७ गते, २०८२ - १८:४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...



प्रतिकृया लेख्नुहोस्: