Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

गच्छदार पनि संविधानसभामा फर्किने !

\"sushil-kp-prachanda-bijaya\"काठमाडाैं । १६ बुुँदे सहमतिमा कांग्रेस, एमाले र एमाओवादीलाई साथ दिंदै आएका मधेसी जननअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि संविधानसभामा आउन तयार भएका छन् ।   आन्दोलनरत थारुवान/थरुहट संघर्ष समिति, थारु कल्याणकारिणाी सभाले संविधानमा आलोचनात्मक समर्थन जनाउन तयार रहँदै वार्तामा बस्ने तयारी गरेपछि गच्छदार पनि पुनः संविधानसभामा आउन तयार भएका हुन् । गच्छदारले प्रमुख दलबीच संयुक्त संसोधनमा सहमति जुटाएपछि सीमाकंनमा असहमति राख्दै उनीहरुको साथ छोडेका थिए । तर, जसरी पनि उनलाई सहमतिमा ल्याउने प्रयास नछाडेका तीन दलका नेताहरुले फेरि उनलाई सहमति नजिक ल्याएका हुन् । तर, सीमांकनमा फेरबदल, अन्तरिम संविधान २०६३ अनुसार निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशीताको ग्यारेन्टी गरे तत्काल संविधानसभामा आउने सो पार्टीका नेता रामजनम चौधरीले जानकारी दिए ।   ‘१६ बुदे सहमतिको सहयात्री हामीलाई तीन दलले संगै लान चाहेका हुन् भने केही विषय पूरा गर्नुपर्छ अनि हामी पनि संविधानसभाको प्रक्रियामा सहभगाी हुन्छौं’ चोधरीले खबरडबलीसँग भने, ‘सीमाकंनमा फेरबदल, समानुपातिकक समावेशीता, अन्तरिम संविधान अनुसार निर्वाचन क्षेत्र निर्धारण र सम्बन्धित क्षेत्रमा बोलिने भाषालाई कामकाजको भाषा बनाउन तयार हुनुपर्छ नने हाम्रो शर्त हो । यत्ति भए हामी तत्काल आउछौं ।’ यी चार शर्त अध्यक्ष गच्छदारलाई प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवदी अध्यक्ष प्रचण्डलाई राखेको जानकारी चाैधरीले दिए ।   ‘अध्यक्षले प्रधानमन्त्री,ओली र प्रचण्डसँग यी माग राख्नुभएको छ’ उनले भने, ‘कुरा मिल्नासाथ हामी आउँछौं ।’ गच्छदारले राखेको माग मध्ये समानुपातिक समावेशीतालाई स्वीकार्ने र कम्तिमा एक जिल्ला एक निर्वाचन क्षेत्र र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणका लागि प्रधानमन्त्रीले संविधानसभा बैठकबाटै प्रतिवद्धता जनाइसकेका छन् ।   गच्छदारलाई सहभागी गराउन तीनवटै पार्टीका नेताहरु केही दिनदेखि औपचारिक अनौपचारिक संवाद र छलफलमा सक्रिय छन् । थारुसंग मोटामोटी कुरा मिल्ने भएपछि गच्छदारालाई पनि सहमतिमा ल्याउँदा मधेस केन्द्रित दललाई संवादमा आउन दबाब पर्ने तीन दलको बुझाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending