काठमाडौं । भारतमा पहिलो पटक एचएमपीभी (ह्युमन मेटाप्नेमोभाइरस) भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सङ्क्रमण दक्षिण भारतीय राज्य कर्नाटकमा देखिएको हो।
त्यहाँको बेंगलुरुको एउटा अस्पतालमा आठ महिनाकी बालिकामा संक्रमण पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन्। यो भाइरस नयाँ वर्षको सुरुवातमा नै चीनमा ठूलो सङ्ख्यामा मानिसहरूलाई प्रभावित पारेपछि चर्चामा छ।
एचएमपीभी भाइरस श्वास–प्रश्वासमा समस्या उत्पन्न गर्ने खालको भाइरस हो, जसले मौसमी फ्लूको जस्तै लक्षणहरू देखाउँछ। विशेष गरी बालबालिका र वृद्धवृद्धाहरू यसको संक्रमणबाट बढी प्रभावित हुन सक्छन्।
सन् २००१ मा नेदरल्याण्ड्समा पत्ता लागे पनि २४ वर्ष बितिसक्दा पनि एचएमपीभीको खोप विकास भएको छैन। यो भाइरस सबै उमेरका मानिसहरूलाई संक्रमण गर्न सक्छ, तर वृद्ध र साना बालबालिकालाई धेरै असर गर्दछ।
सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउँदा सङ्क्रमण सर्न सक्छ। नाकबाट पानी बग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, थकान लाग्नु, खोकी लाग्नु, ज्वरो आउनु वा चिसो लाग्नु जस्ता लक्षणहरू रहेका छन्।
जानकारहरूका अनुसार यसले श्वासप्रश्वास र फोक्सोको नलीमा सङ्क्रमण गर्छ, जसकारण खोकी लाग्ने र सास फेर्न गाह्रो हुने गर्छ। यसबाट बच्न कोभिड–१९ जस्तै सामाजिक दूरी कायम राख्नुपर्छ।
कुनै पनि सङ्क्रमित व्यक्तिबाट टाढा रहनु वा मास्क प्रयोग गर्नु राम्रो हुन्छ। नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ। खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्नु लगायतका उपायहरू अपनाउनुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: