Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

ओली दुत ज्ञवाली के गर्दैछन् भारतमा ?

\"oli_dut\"काठमाडौं । संविधान निर्माणको काम सके लगत्तै नयाँ सरकारको नेतृत्व गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अघि छन् । त्यसको पहिलो कदम स्वरुप उनले आफ्नो अत्यन्त निकट रहेका नेताहरुलाई उत्तर दक्षिणको हावा बुझ्न त्यतै तिर पठाएका छन् । नेपालको राजनीतिमा दक्षिणको हावाले बढी नै प्रभाव पार्ने भएपछि उनले आफ्ना निकट नेता प्रदिप ज्ञवालीलाई दिल्लीको हावा बुझ्न र आफू अनूकुल वातावरण तयार पार्न खटाएका छन् । संविधान निर्माणको पछिल्लो चरणमा सकारात्मक भूमिका निभाएका ओली प्रधानमन्त्रीका प्रमुख दावेदार हुन् । जेष्ठ २५ मा १६ बुँदे सहमति मार्फत ओलीलाई प्रधानमन्त्री बनाउने दलहरुले भद्र सहमति गरेका थिए । संविधान निर्माण प्रक्रियामा भारतको असन्तुष्ट रही रहँदा उनले विशेष दुत बनाएर ज्ञवालीलाई दिल्ली पठाए, जसको स्पष्ट संकेत भावि प्रधानमन्त्री बन्ने आफ्नो पाइलामा कुनै पनि ठेस नलागोस भन्ने नै हो । ओली राजनीतिदेखि भारत प्रशन्न हुन नसकेका कारण आफू अनुकुलको कुटनीतिक वातावरण तयार पार्न ज्ञवालीलाई दिल्ली पठाइएको एमालेका एक नेताले खबरडबलीलाई बताए । ‘अध्यक्षको भारतसँग त्यति राम्रो सम्बन्ध हुन नसकेका कारण ज्ञवालीजीलाई पठाएर कुटनीतिक वातावरण मिलाउन खोजिएको हो ।’– ती नेताले भने । ज्ञवालीले भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायको सहयोगमा भारतका केही कुटनीतिज्ञलाई भेट गरेका छन् । उनले आफ्नो दिल्ली बसाईका क्रममा नेपालको राजनीतिलाई नजिकदेखि नियाल्ने नेपाल डेक्स प्रमूखहरुलाई भेट्ने छन् । प्राप्त सूचना अनुसार ज्ञवालीले बिहीबार दिउँसोे नेपालको राजनीतिमा भारतीय चाँसोलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे मोदीका विशेष प्रतिनिधिसँग छलफल गर्नेछन् । [caption id=\"attachment_23707\" align=\"alignleft\" width=\"150\"]\"ओलीका ओलीका विशेष दुत बनेर भारत भ्रमणमा गएका ज्ञावली[/caption] दिल्ली बसाईका क्रममा उनले विपक्षी दलका नेता, राजनीतिक सल्लाहाकार तथा व्युरोक्र्याटहरुलाई पनि भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । यस अघि एमाले अध्यक्ष ओलीले आफ्नो पक्षमा वातावरण बनाउन पार्टी महासचिव रहेका इश्वर पोखरेललाई चिन पठाएका थिए । चिनबाट पोखरेल फर्के लगत्तै ज्ञवाली दिल्ली गएका हुन् । एमाले नेताहरुका अनुसार ओलीलाई उत्तरबाट हरियो झण्डा देखाइए पनि दक्षिणबाट कुनै संकेत आईसकेको छैन् जसलाई कुटनीतिक भाषामा नकारात्मक संदेश मान्ने गरिन्छ । के ज्ञवालीले ओलीको सत्ताको दक्षिणीबाटो सहज तुल्याउन सक्लान त्यो भने हेर्न बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending