Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

छ महिनादेखि शिक्षक र कर्मचारीले तलब नपाएपछि प्रजिअलाई बुझाए साँचो

खबरडबली संवाददाता

वीरगञ्ज । यहाँको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले छ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म शिक्षक तथा कर्मचारीले तलब तथा अन्य सेवा सुविधा नपाएको भन्दै नगरपालिका मातहतका २० वटै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रजिअ गणेश अर्याललाई विद्यालयको साँचो आज हस्तान्तरण गरेका हुन् । 

बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले गत बुधबारदेखि शुक्रबारसम्म साङ्केतिक विरोधस्वरुप ‘हाफ टाइम’ सम्म पढाएर विरोध गरेका थिए । नगरपालिका प्रशासनले सो समस्या समाधान गर्नेतर्फ वास्ता नगरेपछि शिक्षकले विद्यालय बन्द गरेको जनाएका छन् ।

भङ्गी साह माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज उपाध्यायले छ महिनादेखि तलव सुविधा नपाएपछि बाध्य भएर विद्यालयको साँचो बुझाउने अवस्थामा आइपुगेको बताए । “साउनदेखि तलबभत्ताको नाममा एक पैसा पाउन सकेका छैनौँ । हाम्रो पनि परिवार र बालबच्चा छन्,” उनले भने, “धैर्यताको बाँध टुटेपछि बाध्य भएर विद्यालयको साँचो हस्तान्तरण गरेका हौँ ।” 

बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्ताफाबीचको आपसी विवादका कारणले नगरपालिकाको आर्थिक गतिविधि ठप्प छ । 

नगरप्रमुख तेलीले गत कात्तिक ८ गते नगरपालिकको नगरसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा नगरपालिकको आर्थिक गतिविधि ठप्प बनेको हो । प्रजिअ अर्यालले नगरपालिकासँग शिक्षक तथा अन्य कर्मचारीको तलबको विषयमा पटक–पटक छलफल गर्दा पनि प्रयास सफल नभएको बताए । 

“हामीले यो समस्या समाधानका लागि धेरै पहल गरिसक्यौँ । तर अहिलेसम्म समस्याको गाँठो फुकाउन सकिएको छैन”,उनले भने“हामीले गर्न सक्ने अधिकतम प्रयास जारी राख्नेछौँ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending