Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कालीकोटका छ गाविस भोकमरीको चपेटामा

\"kalikot\"कालीकोट । जिल्लाको पूर्वी क्षेत्रका अतिसुख्खा क्षेत्रका रुपमा रहेका छ वटा गाविसमा खडेरीका कारण लगाएको वर्षे बाली नष्ट भए पछि स्थानीयलाई भोकमरी हुने चिन्ता लागेको छ । जिल्लाका धौलागोह, खिन, नानिकोट, थिर्पू, राम्नाकोट र बदालकोटका स्थानीयले लगाएको मकै, धान र कोदोलगायतको बाली सुकेर नष्ट भएपछि स्थानीयलाई भोकमरी हुने चिन्ता पसेको छ । खडेरीले धान सुकेर नष्ट भएपछि नानिकोटका स्थानीयले सुकेको धान बोकेर जिल्ला सदरमुकाममा पु¥याएर खाद्यान्न आपूर्तिका लागि तत्कालीन र दीर्घकालीन पहल गर्न अनुरोध गरेका छन् । उनीहरुले गाविसमा रहेका एक हजार ६०२ घरधुरीलाई खाद्यान्न आपूर्ति गर्न जिल्लाका सरोकारवालासँग आग्रह गरेका छन् । स्थानीय टेकबहादुर बोगटीले आफूहरु घरपरिवार ल्याएर सदरमुकाम आउनुको विकल्प नभएकाले तत्काल सरकारले पहल गर्न अनुरोध गर्दै २०६६ सालमा खडेरीका कारण भोकमरी पर्दा समस्या आएको स्मरण गर्दै तत्कालका लागि विश्वखाद्य तथा आरसिआइडब्लु लगायतका निकायसँग पहल गर्न अनुरोध गरेका छन् भने दीर्घकालीनरुपमा सिँचाइका लागिसमेत व्यवस्था गर्न स्थानीयले अनुरोध गरेका छन् । जिल्लाका सरोकारवालाले जिल्लाका पाँच गाविसमा मात्र नभई अन्य ठाउँमा समेत खडेरीले बाली नाली नष्ट भएकाले स्थलगत रुपमा गएर अध्ययन गरी राहतका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्ने बताएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले स्थलगत अध्ययनका लागि टोली पठाउने भएको छ । जिल्लाका रास्कोट क्षेत्रका मेहलमुडी, सिपखाना, फुकोट, स्युना र रकुलगायतका गाविसमा समेत बालीनाली नष्ट भए पछि भोकमरीले सताउने स्थानीयमा चिन्ता पसेको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीयले खाद्यान्नका लागि माग गर्न सम्बन्धित निकायमा पहल गर्न अनुरोधसमेत गरेका छन् भने स्थलगतरुपमा बुझ्न र खाद्यान्नका लागि पहल गर्न विभिन्न निकायमा अनुरोध गर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले खाद्यान्नका लागि तत्काल व्यवस्था हुन सक्ने क्षेत्रमा पहल गरिने तर कुन गाविसमा कति क्षति भएको छ भन्ने विवरण आएपछि केन्द्रमा पहल गर्ने बताएका छन् । खडेरी परेका नानिकोट गाविसका स्थानीय जयकृष्ण सन्ज्यालका अनुसार पाँच दशकअघि काम सुरु भएको कालापानी सिँचाइ कुलोको काममा लापर्बाही भएकाले सरकारले सोको पहल गर्नका लागि वास्तविक स्थलगत रुपमा गई अनुगमन गर्नुपर्ने बताए । कामको जिम्मा लिएका ठेकेदार कालीबहादुर शाहीले असारसम्म कामको जिम्मा लिएको र त्यसपछि आफूले समुदायलाई सिँचाइ कुलोको जिम्मा लगाएकोबाहेक अरु केही थाहा नभएको बताए । नानिकोटमा जिल्लाबाट निरन्तररुपमा रकम आउने भएपनि काममा लापर्बाही भएकाले ५० वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसक्नु अनौठो भएको जिल्लावासीले बताएका छन् । यसअघि जिल्ला  परिषद्ले जिल्लाका छ वटा गाविसलाई सुक्खाग्रस्त क्षेत्रका रुपमा घोषित गरेको तर कार्यान्वयन भने नभएको स्थानीयले बताउँदै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending