Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नयाँ संविधानले झापावासी हर्षित , चोकचोकमा दिपावली

\"dipawoli\"भद्रपुर । नेपालको संविधान, २०७२ आगामी असोज ३ गते अपराह्न ५ बजे सार्वजनिक हुने कुराले झापावासी अत्यन्त हर्षित भएका छन् । शान्ति र समृद्धिको बाटो खोल्ने यो संविधान जारी भएपछि नेपालको अन्तरिम संविधान २०६३ खारेज हुने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली जनतालाई हर्षित, गौरवान्वित एवम् उत्साहित बनाएको छ । बहुप्रतिक्षित यो संविधानका लागि मुलुकमा दुई पटक संविधानसभाको निर्वाचन भएको थियो भने पछिल्लो संविधानसभाको निर्वाचनबाट बनेको संविधानसभाले यसलाई सार्थकता दिन सकेकोमा झापावासीले संविधानसभालाई बधाई एवम् शुभकामना दिएका छन् । विगतमा नेपालमा संविधान नबनेका चाहीँ होइनन् तर दृष्य एवम् अदृष्य शक्तिबाट निर्देशित भएर बनेका संविधानले नेपाली जनताको मनलाई छुन सकेनन् र टिकेनन् पनि । तर अहिलेको संविधान जनताका निर्वाचित छोरा एवम् समानुपातिक सभासद् र प्रमुख राजनीतिक दलहरुले अनेक आरोह र अवरोहको सामना गर्दै खेलेको अहम् भूमिकाले यसलाई पूर्णता दिएको हो । संविधान जारी हुने खुसीले झापावासीले गएरातिदेखि नै चोकचोक र घरघरमा दीपावली गरेका छन् । यो क्रम पछिसम्म जारी रहने भएकाले अहिले बजारमा मैनबत्ती र झिलमिले बल्बको बिक्री बढेको पाइएको छ । नेपाली जनताको मन र मस्तिष्कमा रहने यो संविधानले देशमा आमूल परिवर्तन ल्याउने र यसैको जगमा देशमा विकास, उद्यम, व्यापारको विकास भई प्रशस्त रोजगारी र आम्दानीको स्रोत खुल्ने आम जनताको बुझाइ छ । झापा चन्द्रगढी निवासी निर्माण व्यवसायी गुणराज अधिकारीले संविधान नहुँदा शून्यताको महसुस हामीले भोगेको र विकास निर्माणमा अनेक कठिनाइको सामना गर्नुपर्ने भएकाले नयाँ संविधानले सबै गलत क्रियाकलापलाई किनारा लगाउन सफलता मिलोस् भन्ने शुभकामना दिए । चन्द्रगढी घोडामारा निवासी श्रीमती गोमा भट्टराईले नयाँ संविधान जारी हुने खबरले मेरो मन प्रफुल्ल भएको बताइन । संविधानकै लागि हजाराँै नेपाली जनताले बगाएको रगत, गरेका आन्दोलन र प्राप्त गरेका शहादतले अहिलेको समयले ती क्षणलाई सम्झना गर्न उत्प्रेरित गरेको छ । झापाको काँकडभिट्टा निवासी दिलकुमारी श्रेष्ठले अब कुनै पनि नेपाली जनताले दुःख नपाउन् र सबै नेपालीको घरमा खुसियाली ल्याउन यो संविधानले मद्दत एवम् सहयोग गरोस् भन्ने शुभकामना दिए  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending