Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

विद्यार्थी संगठन कब्जाको रणनितिमा माओवादी नेताहरु, धुजा–धुजा बन्दै अखिल (क्रान्तिकारी)

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन आगामी माघ १२ मा हुँदै छ । गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय सम्मेलन गरेर निर्वाचनमा जाँदा उमेर हद विवादका कारण हुन नसकेको निर्वाचन आगामी १२ गते हुन लागेको हो । 

क्रान्तिकारीले पहिलो पटक विद्यार्थी नेताहरूमा उमेर हद लगाए सँगै नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा ३२ वर्षमुनिका विद्यार्थी नेताले पहिलो पटक अवसर पाउने भएका छन् ।

क्रान्तिकारीको इतिहासमा २०७८ असोज २७ गते पहिलो महिला अध्यक्ष बनेकी पञ्चा सिंहको कार्यकाल सकिएपछि भएको २३ औं राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयन गर्ने समयमा उमेरहदका विषयमा विबाद भएको थियो । सिंहलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चालाई सर्वसम्मत नेतृत्वमा ल्याएका थिए ।

नयाँ नेतृत्वकालागि छ जनाको उम्मेदवारी

बुधबार ६ जना नेताले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षका लागि विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदीन पौडेल, उपदेश यादव, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका हुन् ।

उममेदवारी दिएका सबैजनाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । प्रचण्डले माघ ८ गते मंगलबार अध्यक्ष, महासचिव र केही उपाध्यक्षका उम्मेदवारसँग सहमतिमै निर्वाचन गर्न छलफल गरेका थिए । सामूहिक र छुट्टाछुट्टै भएको छलफलमा सहमति प्रयास असम्भव भएपछि निर्वाचन गर्ने अवस्था आएको प्रचण्डनिकट नेताहरू बताउँछन् ।

माओवादीका अध्यक्ष प्रचण्डले पदाधिकारीका उम्मेदवारसँग छुट्टा–छुट्टै र सामूहिक छलफल गरेपनि सहमति नभएपछि निर्वाचनमै जाने निर्णय गरिएको नेताहरुको भनाइ छ ।

क्रान्तिकारीमा ९ जना उपाध्यक्षका लागि हुने निर्वाचनमा मुना थापा मगर, बिराज थापा, मुना काप्री, जनक बटाला, देवकी कार्की, ममता अधिकारी,अटल आचार्य, ज्ञानु खड्का, दीपा जैसी, मनिषा आचार्यलगायत छन् । 

उपाध्यक्षका लागि अघिल्लो कार्यकालका सचिव, प्रदेश उपाध्यक्ष चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा एक महासचिवका लागि रोशन थापामगर, रोशन खड्का, प्रतीक कार्की, शिव बस्नेत, पदम काफ्ले, तिर्सना हमाल, गोविन्द बानियाँ, सञ्जीव फुयाँल, सञ्जयकुमार महतो श्याम रोकाले उम्मेदवारी दिएका छन् ।

अब निर्वाचनबाट ९ जना उपमहासचिव, १२ जना सचिव चयन गरिने छ । उपमहासचिवका लागि भुवनसिंह विष्ट, जटिल कार्की, रेसम अधिकारी, प्रकाश अधिकारी, निर्मला गौतम, विष्णु ढुङ्गाना लगायतले उम्मेदवारी दिएका छन् । एक कोषाध्यक्षका लागि फूलमाया राना र पार्वता चौलागाईंको उम्मेदवारी परेको छ ।

स्वार्थका लागि अखिल क्रान्तिकारीलाई धुजा–धुजा बनाउँदै नेताहरु

अखिल क्रान्तिकारीको निर्वाचनमा माओवादी नेतापिच्छे प्यानल बनेका छन् ।स्वार्थका लागि क्रान्तिकारीलाई नेताहरुले धुजा–धुजा बनाउन लागेका हुन्ता । 

आगामी १२ गते हुने निर्वाचनकालागि देखिएका उम्मेदवारहरु हेर्दा नेतैपिच्छेका रहेका छन् ।माओवादी अध्यक्ष प्रचण्ड निकटकाे प्यानलबाट अध्यक्षका लागि विजयप्रकाश शर्मा सापकोटा रहेका छन्  भने महासचिवमा सजय महतो, तिर्सना हमाललगायत छन् । अन्य पदाधिकारी र सदस्यहरूको पनि प्यानल मिलाइरहेको अध्यक्ष प्रचण्ड निकट एक नेताले बताए  ।

यस्तै माओवादी उपमहासचिव जनार्दन शर्माको प्यानलबाट अध्यक्षमा हेमन्त राई, महासचिवमा रोशन थापा र कोषाध्यक्ष फूलमाया राना रहेका छन् भने अन्य पदाधिकारीहरुकाे पनि छनाेट भइहेकाे प्रभाकर निकट नेताहरु बताउँछन् ।

उपमहासचिव वर्षमान पुन प्यानलबाट सुदीन पौडेल अध्यक्ष र महासचिवमा रोशन खड्का,  उपाध्यक्षमा विराज थापा छन् । यो प्यानलमा पनि अन्य उम्मेद्वार प्रयास भइरहेको पुन निकट एक नेतो बताए  ।

यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्यानलबाट अध्यक्षका लागि उपदेश यादव, महासचिवका लागि सञ्जीव फुयाल र प्रतीक कार्की रहेका छन् । श्रेष्ठले दुई महासचिवमध्ये एकजनालाई मिलाउने कोसिस गरिरहेका छन् ।

देशभर ९ मतदानस्थल

हरेक प्रदेशमा तोकिएका मतदान केन्द्र २४ सय २८ जना प्रतिनिधिले मतदान गर्दैछन् । सात प्रदेशमा सातवटा मतदान केन्द्र छन् । उपत्यका विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र प्राविधिक जिल्लासहित ९ स्थानमा निर्वाचन हुँदैछ ।

उमेर हद राख्ने कि नराख्ने भन्नेबारे क्रान्तिकारीमा फरक मत थियो । तर, गत पुस दोस्रो साता भएको मतदानमा क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउने निर्णय भएको थियो ।

निर्वाचन अधिकृत मुक्तिनाथ प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९०० र खुलामा ८७९ मत परेको थियो । उमेर हद लागू भएपछि करिब ६ सय विद्यार्थी नेता क्रान्तिकारीबाट एकै पटक बढारिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

म निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु: सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

प्रचण्डमाथि विप्लवको कडा हमला : ‘केन्द्रीय समितिकै आकारले कम्युनिष्ट आन्दोलन बदनाम’

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending