Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

विद्यार्थी संगठन कब्जाको रणनितिमा माओवादी नेताहरु, धुजा–धुजा बन्दै अखिल (क्रान्तिकारी)

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन आगामी माघ १२ मा हुँदै छ । गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय सम्मेलन गरेर निर्वाचनमा जाँदा उमेर हद विवादका कारण हुन नसकेको निर्वाचन आगामी १२ गते हुन लागेको हो । 

क्रान्तिकारीले पहिलो पटक विद्यार्थी नेताहरूमा उमेर हद लगाए सँगै नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा ३२ वर्षमुनिका विद्यार्थी नेताले पहिलो पटक अवसर पाउने भएका छन् ।

क्रान्तिकारीको इतिहासमा २०७८ असोज २७ गते पहिलो महिला अध्यक्ष बनेकी पञ्चा सिंहको कार्यकाल सकिएपछि भएको २३ औं राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयन गर्ने समयमा उमेरहदका विषयमा विबाद भएको थियो । सिंहलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चालाई सर्वसम्मत नेतृत्वमा ल्याएका थिए ।

नयाँ नेतृत्वकालागि छ जनाको उम्मेदवारी

बुधबार ६ जना नेताले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षका लागि विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदीन पौडेल, उपदेश यादव, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका हुन् ।

उममेदवारी दिएका सबैजनाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । प्रचण्डले माघ ८ गते मंगलबार अध्यक्ष, महासचिव र केही उपाध्यक्षका उम्मेदवारसँग सहमतिमै निर्वाचन गर्न छलफल गरेका थिए । सामूहिक र छुट्टाछुट्टै भएको छलफलमा सहमति प्रयास असम्भव भएपछि निर्वाचन गर्ने अवस्था आएको प्रचण्डनिकट नेताहरू बताउँछन् ।

माओवादीका अध्यक्ष प्रचण्डले पदाधिकारीका उम्मेदवारसँग छुट्टा–छुट्टै र सामूहिक छलफल गरेपनि सहमति नभएपछि निर्वाचनमै जाने निर्णय गरिएको नेताहरुको भनाइ छ ।

क्रान्तिकारीमा ९ जना उपाध्यक्षका लागि हुने निर्वाचनमा मुना थापा मगर, बिराज थापा, मुना काप्री, जनक बटाला, देवकी कार्की, ममता अधिकारी,अटल आचार्य, ज्ञानु खड्का, दीपा जैसी, मनिषा आचार्यलगायत छन् । 

उपाध्यक्षका लागि अघिल्लो कार्यकालका सचिव, प्रदेश उपाध्यक्ष चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा एक महासचिवका लागि रोशन थापामगर, रोशन खड्का, प्रतीक कार्की, शिव बस्नेत, पदम काफ्ले, तिर्सना हमाल, गोविन्द बानियाँ, सञ्जीव फुयाँल, सञ्जयकुमार महतो श्याम रोकाले उम्मेदवारी दिएका छन् ।

अब निर्वाचनबाट ९ जना उपमहासचिव, १२ जना सचिव चयन गरिने छ । उपमहासचिवका लागि भुवनसिंह विष्ट, जटिल कार्की, रेसम अधिकारी, प्रकाश अधिकारी, निर्मला गौतम, विष्णु ढुङ्गाना लगायतले उम्मेदवारी दिएका छन् । एक कोषाध्यक्षका लागि फूलमाया राना र पार्वता चौलागाईंको उम्मेदवारी परेको छ ।

स्वार्थका लागि अखिल क्रान्तिकारीलाई धुजा–धुजा बनाउँदै नेताहरु

अखिल क्रान्तिकारीको निर्वाचनमा माओवादी नेतापिच्छे प्यानल बनेका छन् ।स्वार्थका लागि क्रान्तिकारीलाई नेताहरुले धुजा–धुजा बनाउन लागेका हुन्ता । 

आगामी १२ गते हुने निर्वाचनकालागि देखिएका उम्मेदवारहरु हेर्दा नेतैपिच्छेका रहेका छन् ।माओवादी अध्यक्ष प्रचण्ड निकटकाे प्यानलबाट अध्यक्षका लागि विजयप्रकाश शर्मा सापकोटा रहेका छन्  भने महासचिवमा सजय महतो, तिर्सना हमाललगायत छन् । अन्य पदाधिकारी र सदस्यहरूको पनि प्यानल मिलाइरहेको अध्यक्ष प्रचण्ड निकट एक नेताले बताए  ।

यस्तै माओवादी उपमहासचिव जनार्दन शर्माको प्यानलबाट अध्यक्षमा हेमन्त राई, महासचिवमा रोशन थापा र कोषाध्यक्ष फूलमाया राना रहेका छन् भने अन्य पदाधिकारीहरुकाे पनि छनाेट भइहेकाे प्रभाकर निकट नेताहरु बताउँछन् ।

उपमहासचिव वर्षमान पुन प्यानलबाट सुदीन पौडेल अध्यक्ष र महासचिवमा रोशन खड्का,  उपाध्यक्षमा विराज थापा छन् । यो प्यानलमा पनि अन्य उम्मेद्वार प्रयास भइरहेको पुन निकट एक नेतो बताए  ।

यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्यानलबाट अध्यक्षका लागि उपदेश यादव, महासचिवका लागि सञ्जीव फुयाल र प्रतीक कार्की रहेका छन् । श्रेष्ठले दुई महासचिवमध्ये एकजनालाई मिलाउने कोसिस गरिरहेका छन् ।

देशभर ९ मतदानस्थल

हरेक प्रदेशमा तोकिएका मतदान केन्द्र २४ सय २८ जना प्रतिनिधिले मतदान गर्दैछन् । सात प्रदेशमा सातवटा मतदान केन्द्र छन् । उपत्यका विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र प्राविधिक जिल्लासहित ९ स्थानमा निर्वाचन हुँदैछ ।

उमेर हद राख्ने कि नराख्ने भन्नेबारे क्रान्तिकारीमा फरक मत थियो । तर, गत पुस दोस्रो साता भएको मतदानमा क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउने निर्णय भएको थियो ।

निर्वाचन अधिकृत मुक्तिनाथ प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९०० र खुलामा ८७९ मत परेको थियो । उमेर हद लागू भएपछि करिब ६ सय विद्यार्थी नेता क्रान्तिकारीबाट एकै पटक बढारिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

नेपाल बाहिर पनि नेपालकै अनुभूति” — कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...

ककाकिकी फिल्मको रिलिज मिती घोषणा, भदौ १९ बाट रिलिज हुने

काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...

बागमती प्रदेशमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन, नौ महिनामा उठ्यो २७ अर्ब ९३ करोड

हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...

यस्तो छ आजका लागि कालिमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending