Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

अदालतमा ‘सरकारी छाया’- पीडितको रकम फिर्तातिर चासो छैन, रविलाई थुन्नमै जोड

खबरडबली संवाददाता

काठमाडौं । कास्की र काठमाडौंमा जस्तै बुटवलको सुप्रिम सहकारीको मुद्दामा पनि रास्वपा सभापति रवि लामिछानेविरुद्धको बहसमा रुपन्देहीको इजलासमा सरकारी वकिलहरूको लर्को लागेको छ । रविलाई थुनामा पठाउनुपर्ने बहस गर्न बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय नै खाली हुने गरी मात्रै होइन, उच्च सरकारी वकिलको कार्यालय बुटवलबाट पनि थप जनशक्ति इजलासमा पुगेका हुन् । यसलाई रवि पक्षधरले सरकारी छायाको संज्ञा दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा दरबन्दी भएका सात वकिलमध्ये पाँचजना बहसका लागि इजलास पुगेका थिए । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता वसन्तराज पोख्रेल, गोकर्णराज घिमिरे, सुनील लामिछाने र पवित्रा भण्डारी इजलासमा उपस्थित भएका हुन् । त्यस्तै, उच्च सरकारी वकिलको कार्यालय बुटवलमा दरबन्दी रहेका दुवै उपन्यायाधिवक्ता रवि न्यौपाने र प्रकाश मरासिनी तथा सहन्यायाधिवक्ता सोमकान्त भण्डारी पनि इजलासमा थिए । 

कार्यालय रित्तो पारेर इजलास पुगेका सरकारी वकिलहरूले कार्यालयका काम पनि इजलासमै गरेको रवि पक्षधर कानुन व्यवसायी अधिवक्ता डा. नारायणदत्त कँडेलले बताए । ‘सरकारी वकिलहरूले इजलासमै डकुमेन्टहरूमा हस्ताक्षर लगायतका कार्यालयका अरू काम गरिरहेका देखिन्थे,’ उनले भने ।

सहकारी ठगीकै मुद्दामा यसअघि अन्य प्रतिवादीमाथिको थुनछेक बहसमा सरकारी वकिलको लस्कर देखिएको थिएन । झन्डै साढे २२ करोड बचत रकम हिनामिना गरेको अभियोग लागेकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइराला पोखरेलको मुद्दा त्यसको एक उदाहरण हो । हिरासत छल्न फरार रहेकी अञ्जला अदालत उपस्थित भएकै दिन हतार–हतार थुनछेक बहस सकाएर केही घण्टामै धरौटीमा छुटेकी थिइन् । त्यस्तै, सुप्रिम सहकारीकै मुद्दामा सहकारीका तत्कालीन सचिव पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको थुनछेक बहसमा पनि सरकारी वकिलको खासै चासो देखिएन । 

तर, रविको मुद्दामा लागेको सरकारी वकिलको भिडका कारण थुनछेक बहस लम्बिएको छ । बिहीबारबाटै सुरु बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई भने बुधबारजस्तै वकिल र परिवारको जिम्मा लगाएको छ । उनलाई शुक्रबार बिहान १०ः३० बजे उपस्थित हुने सर्तमा छाडिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । 

थुनछेक बहस सुरु हुनुअगाडि जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेल र पीडितहरूका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनुपर्नेमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको भन्दै प्रतिवाद गरेका थिए । बहसमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता वसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनील लामिछाने, पवित्रा भण्डारी, सोमकान्त भण्डारी, उपन्यायाधिवक्ता रवि न्यौपाने र प्रकाश मरासिनीले बहस गरेका थिए । त्यस्तै, जाहेरवाला पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता त्रिपाठीले बहस गरेका थिए । उनीहरूले सहकारीको रकम गोर्खा मिडियामा लैजानु गलत भएको र मिडिया नै गैरकानुनी रूपमा खुलेको बताएका थिए । लामिछानेलाई पुर्पक्षका लागि थुनामा राखेर प्रक्रिया अगाडि बढाउनुपर्ने उनीहरूको माग थियो । पीडितकै तर्फबाट बहस गर्न रुपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भने शुक्रबार बहस गर्नेछन् । 

पीडितको रकम फिर्तातिर चासो छैन

सुप्रिम सहकारी मुद्दामा रुपन्देहीमा पनि रविलाई केही दिन हिरासतमा राख्ने सरकारी प्रयास असफल भएपछि सरकारी वकिलहरूले इजलासमै न्यायाधीशको आदेशमाथि प्रश्न उठाएका छन् । बुधबार बयान सकिएपछि न्यायाधीश प्रह्लादकुमार योगीले रविलाई बिहीबार उपस्थित हुने सर्तमा श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायीको जिम्मा जमानीमा छाड्ने आदेश दिएका थिए । बिहीबार बहसको सुरुवातमै यसको विरोध गर्दै सरकारी वकिलहरूले न्यायाधीशमाथि प्रश्न उठाए । 

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले ‘श्रीमान्को आदेश कानुनअनुसार नआएको’ जिकिर गरे । यो आदेशले न्यायाधीशको भावना प्रतिनिधित्व भइसकेकाले योगीले मुद्दा हेर्न नमिल्ने उनको जिकिर थियो । तर, रविको तर्फबाट बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता सुशील पन्तले ‘पहिला सुन्ने कि थुन्ने भन्ने विषयमा प्रहरी र अदालत पनि लिबरल हुँदै गइरहेको वेला मानव अधिकारको पनि रक्षा गर्न प्रतिबद्ध हुनुपर्ने राज्यपक्ष किन जिम्मा जमानीमा छाड्ने आदेशविरुद्ध प्रश्न उठाउँदै छ’ भन्दै प्रश्न गरे । 

आफ्नो आदेशविरुद्ध सरकारी वकिलहरूले आपत्ति जनाएपछि न्यायाधीश योगीले कानुनअनुसारकै आदेश दिएको जवाफ दिए । ‘यो मेरो भावना होइन, कानुनी प्रक्रिया हो,’ उनले भने । बयान एउटा इजलासमा हुने अनि बहस अर्को इजलासमा हुने अहिलेसम्म अभ्यास नभएको भन्दै आफैँले मुद्दा सुनुवाइ गर्ने बताएपछि सरकारी वकिलहरू बहसका लागि तयार भएका थिए । 

त्यसो त जिम्मा जमानीमा छाड्ने अभ्यास नेपालमा पहिले पनि हुँदै आएको छ । यसअघि ज्यान मुद्दाका अभियुक्तलाई समेत ललितपुर जिल्ला अदालतले वकिलको जिम्मा जमानीमा छाडेको थियो । गत मंगलबार संसद्को कानुन, न्याय तथा संसदीय मामिला समितिमा महान्यायाधिवक्ता रमेश बडालले नै ‘जाहेरी पर्नु भनेको मान्छेलाई थुनामा राख्नुपर्छ भनेको होइन’ भनेका थिए । तर, गलत बुझाइका आधारमा जाहेरी पर्नेबित्तिकै थुनामा राख्न सामाजिक दबाब पर्ने गरेको र त्यसलाई चिर्नुपर्ने उनको भनाइ थियो । नेपालको संविधानको धारा २० मा रहेको न्यायको हकअन्तर्गत उपधारा ५ मा पनि स्पष्ट छ, ‘कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिनेछैन ।’

सुप्रिम सहकारी मुद्दामा सुरु अभियोगभन्दा पूरक अभियोगमा गम्भीर प्रकृतिको संगठित अपराधको मुद्दासमेत जोडेपछि सरकारले मिलापत्रका रूपमा सहकारीपीडितको बचत रकम फिर्ताको सम्भावनालाई भने पर धकेलिसकेको छ । संसदीय उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन, प्रहरीमा परेको जाहेरी र सहकारीपीडितहरूले संकलन गरेको तथ्यांकअनुसार सुप्रिम सहकारीमा मात्रै १९ हजार ३५ बचतकर्ताको एक अर्ब १६ करोडभन्दा धेरै रकम फसेको छ ।  योे समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसाएका नागरिकलाई भड्काउने प्रयत्न हुँदैछ, व्यवस्था फेर्ने नाममा समय खेर नफालौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था परिवर्तनका नाममा जनतालाई भड्काउनेभन्दा सबै मिलेर अवस्था परिवर्तनका लागि काम गर्नुपर्न...

एकीकृत समाजवादीको निष्कर्ष- प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्नुपर्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा...

प्रधानमन्त्री ओलीले दिए फागुपूर्णिमाको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  सामाजिक...

तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...

सिके राउत र रेशम चौधरीबीच पार्टी एकता गर्ने सहमति, रञ्जिताको असहमति

तराई–मधेशमा पहिचानवादीको ‘निर्णायक’ शक्ति बनाउने रणनीति

युक्रेन ३० दिन युद्धविराम गर्न तयार, अमेरिकाद्वारा सैन्य सहयोग पुनर्बहाली

काठमाडौं । साउदी अरेबियामा अमेरिकासँग भएको वार्तापश्चात् युक्रेनले तत्काल ३०-दिने युद्धविराम गर्ने वाशिङ्टनको प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएको ...

होलीमय मिथिला

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु पर्दैन । माघ शुक्ल पञ्चमीदेखि नै रङ अबिर खुल्छ तर परिवेश नै होलीमय चाहिँ १...

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । त्यहाँ २३ वर्षसम...

होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक...

होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने प्रचण्डको विश्वास

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बता...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy