Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अदालतमा ‘सरकारी छाया’- पीडितको रकम फिर्तातिर चासो छैन, रविलाई थुन्नमै जोड

खबरडबली संवाददाता

काठमाडौं । कास्की र काठमाडौंमा जस्तै बुटवलको सुप्रिम सहकारीको मुद्दामा पनि रास्वपा सभापति रवि लामिछानेविरुद्धको बहसमा रुपन्देहीको इजलासमा सरकारी वकिलहरूको लर्को लागेको छ । रविलाई थुनामा पठाउनुपर्ने बहस गर्न बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय नै खाली हुने गरी मात्रै होइन, उच्च सरकारी वकिलको कार्यालय बुटवलबाट पनि थप जनशक्ति इजलासमा पुगेका हुन् । यसलाई रवि पक्षधरले सरकारी छायाको संज्ञा दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा दरबन्दी भएका सात वकिलमध्ये पाँचजना बहसका लागि इजलास पुगेका थिए । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता वसन्तराज पोख्रेल, गोकर्णराज घिमिरे, सुनील लामिछाने र पवित्रा भण्डारी इजलासमा उपस्थित भएका हुन् । त्यस्तै, उच्च सरकारी वकिलको कार्यालय बुटवलमा दरबन्दी रहेका दुवै उपन्यायाधिवक्ता रवि न्यौपाने र प्रकाश मरासिनी तथा सहन्यायाधिवक्ता सोमकान्त भण्डारी पनि इजलासमा थिए । 

कार्यालय रित्तो पारेर इजलास पुगेका सरकारी वकिलहरूले कार्यालयका काम पनि इजलासमै गरेको रवि पक्षधर कानुन व्यवसायी अधिवक्ता डा. नारायणदत्त कँडेलले बताए । ‘सरकारी वकिलहरूले इजलासमै डकुमेन्टहरूमा हस्ताक्षर लगायतका कार्यालयका अरू काम गरिरहेका देखिन्थे,’ उनले भने ।

सहकारी ठगीकै मुद्दामा यसअघि अन्य प्रतिवादीमाथिको थुनछेक बहसमा सरकारी वकिलको लस्कर देखिएको थिएन । झन्डै साढे २२ करोड बचत रकम हिनामिना गरेको अभियोग लागेकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइराला पोखरेलको मुद्दा त्यसको एक उदाहरण हो । हिरासत छल्न फरार रहेकी अञ्जला अदालत उपस्थित भएकै दिन हतार–हतार थुनछेक बहस सकाएर केही घण्टामै धरौटीमा छुटेकी थिइन् । त्यस्तै, सुप्रिम सहकारीकै मुद्दामा सहकारीका तत्कालीन सचिव पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको थुनछेक बहसमा पनि सरकारी वकिलको खासै चासो देखिएन । 

तर, रविको मुद्दामा लागेको सरकारी वकिलको भिडका कारण थुनछेक बहस लम्बिएको छ । बिहीबारबाटै सुरु बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई भने बुधबारजस्तै वकिल र परिवारको जिम्मा लगाएको छ । उनलाई शुक्रबार बिहान १०ः३० बजे उपस्थित हुने सर्तमा छाडिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । 

थुनछेक बहस सुरु हुनुअगाडि जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेल र पीडितहरूका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनुपर्नेमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको भन्दै प्रतिवाद गरेका थिए । बहसमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता वसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनील लामिछाने, पवित्रा भण्डारी, सोमकान्त भण्डारी, उपन्यायाधिवक्ता रवि न्यौपाने र प्रकाश मरासिनीले बहस गरेका थिए । त्यस्तै, जाहेरवाला पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता त्रिपाठीले बहस गरेका थिए । उनीहरूले सहकारीको रकम गोर्खा मिडियामा लैजानु गलत भएको र मिडिया नै गैरकानुनी रूपमा खुलेको बताएका थिए । लामिछानेलाई पुर्पक्षका लागि थुनामा राखेर प्रक्रिया अगाडि बढाउनुपर्ने उनीहरूको माग थियो । पीडितकै तर्फबाट बहस गर्न रुपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भने शुक्रबार बहस गर्नेछन् । 

पीडितको रकम फिर्तातिर चासो छैन

सुप्रिम सहकारी मुद्दामा रुपन्देहीमा पनि रविलाई केही दिन हिरासतमा राख्ने सरकारी प्रयास असफल भएपछि सरकारी वकिलहरूले इजलासमै न्यायाधीशको आदेशमाथि प्रश्न उठाएका छन् । बुधबार बयान सकिएपछि न्यायाधीश प्रह्लादकुमार योगीले रविलाई बिहीबार उपस्थित हुने सर्तमा श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायीको जिम्मा जमानीमा छाड्ने आदेश दिएका थिए । बिहीबार बहसको सुरुवातमै यसको विरोध गर्दै सरकारी वकिलहरूले न्यायाधीशमाथि प्रश्न उठाए । 

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले ‘श्रीमान्को आदेश कानुनअनुसार नआएको’ जिकिर गरे । यो आदेशले न्यायाधीशको भावना प्रतिनिधित्व भइसकेकाले योगीले मुद्दा हेर्न नमिल्ने उनको जिकिर थियो । तर, रविको तर्फबाट बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता सुशील पन्तले ‘पहिला सुन्ने कि थुन्ने भन्ने विषयमा प्रहरी र अदालत पनि लिबरल हुँदै गइरहेको वेला मानव अधिकारको पनि रक्षा गर्न प्रतिबद्ध हुनुपर्ने राज्यपक्ष किन जिम्मा जमानीमा छाड्ने आदेशविरुद्ध प्रश्न उठाउँदै छ’ भन्दै प्रश्न गरे । 

आफ्नो आदेशविरुद्ध सरकारी वकिलहरूले आपत्ति जनाएपछि न्यायाधीश योगीले कानुनअनुसारकै आदेश दिएको जवाफ दिए । ‘यो मेरो भावना होइन, कानुनी प्रक्रिया हो,’ उनले भने । बयान एउटा इजलासमा हुने अनि बहस अर्को इजलासमा हुने अहिलेसम्म अभ्यास नभएको भन्दै आफैँले मुद्दा सुनुवाइ गर्ने बताएपछि सरकारी वकिलहरू बहसका लागि तयार भएका थिए । 

त्यसो त जिम्मा जमानीमा छाड्ने अभ्यास नेपालमा पहिले पनि हुँदै आएको छ । यसअघि ज्यान मुद्दाका अभियुक्तलाई समेत ललितपुर जिल्ला अदालतले वकिलको जिम्मा जमानीमा छाडेको थियो । गत मंगलबार संसद्को कानुन, न्याय तथा संसदीय मामिला समितिमा महान्यायाधिवक्ता रमेश बडालले नै ‘जाहेरी पर्नु भनेको मान्छेलाई थुनामा राख्नुपर्छ भनेको होइन’ भनेका थिए । तर, गलत बुझाइका आधारमा जाहेरी पर्नेबित्तिकै थुनामा राख्न सामाजिक दबाब पर्ने गरेको र त्यसलाई चिर्नुपर्ने उनको भनाइ थियो । नेपालको संविधानको धारा २० मा रहेको न्यायको हकअन्तर्गत उपधारा ५ मा पनि स्पष्ट छ, ‘कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिनेछैन ।’

सुप्रिम सहकारी मुद्दामा सुरु अभियोगभन्दा पूरक अभियोगमा गम्भीर प्रकृतिको संगठित अपराधको मुद्दासमेत जोडेपछि सरकारले मिलापत्रका रूपमा सहकारीपीडितको बचत रकम फिर्ताको सम्भावनालाई भने पर धकेलिसकेको छ । संसदीय उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन, प्रहरीमा परेको जाहेरी र सहकारीपीडितहरूले संकलन गरेको तथ्यांकअनुसार सुप्रिम सहकारीमा मात्रै १९ हजार ३५ बचतकर्ताको एक अर्ब १६ करोडभन्दा धेरै रकम फसेको छ ।  योे समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending