Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

पृथ्वीसुब्बा गुरुङ भन्छन्- बामदेवसँग एकताको अर्थ छैन, कुनै पद दिएर एमालेले ल्याउँदैन

कांग्रेस र एमालेबीचको समझदारीमा कुनै समस्या नभएको प्रष्टीकरण

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बामदेव गौतमसँग पार्टी एकता गर्नुको कुनै अर्थ नभएको बताएका छन्। 

सञ्चार मन्त्री समेत रहेका गुरुङले बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बामदेवसँग कुनै समूह नभएकाले एकताको कुनै आवश्यकता नभएको बताए। 
उनले भने, ‘बामदेव गौतमले जसरी पनि एमालेमा समाहित हुने चाहना व्यक्त गरेकाले पार्टी अध्यक्ष आफैले कुरा गर्नुभएको हो, त्यो विषय पार्टी पदाधिकारीमा पनि छलफल भयो, हामीले एकताको कुनै जरुरी छैन भनेका हौं। उहाँसँग साथको को छ र ? एकताका लागि, एकताको त केही अर्थ हुन्छ होला नि। 

उनले बिनाशर्त एमालेमा समाहित हुने भए खुला रहेको बताए। पार्टी अध्यक्ष र पदाधिकारी कसैले पनि बामदेवलाई कुनै पद दिने वा अरु कुनै शर्तमा ल्याउने कुरा नभएको र त्यो सम्भावना पनि नभएको बताए ।

उनले सरकारबारे बोल्दै अर्थतन्त्रलाई चलायमान बनाउन, सुशासन कायम गर्न र जनतालाई राहत दिनका लागि अध्यादेश ल्याएको बताए। 

उनले थपे, अध्यादेशसम्बन्धी व्यवस्था संविधानले नै गरेको विषय हो। सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन पाउँछ ।

सरकारी अड्डामा लामो समय फाइल थन्किदा नागरिकका काम समयमा हुन नसक्ने अवस्थाको अन्त्यका लागि र नागरिकलाई सुशासनको प्रत्याभूत दिलाउन एक साताभन्दा बढी समय फाइल थन्काएर राख्न नपाइने गरी सरकारले अध्यादेश ल्याएको पनि बताए।

सरकार मुलुकमा सुशासन कायम गर्ने दिशामा अगाडि बढेको उल्लेख गर्दै उनले सरकारको स्थायित्वका विषयमा सत्तारुढ दलबीचमा कुनै समस्या नभएको पनि बताए । 

उनले भने,“सत्ता साझेदार कांग्रेस र एमालेबीचको समझदारीमा कुनै समस्या छैन, बाहिर कसैले राजनीति नगर्दा हुन्छ ।”

मन्त्री गुरुङले आगामी संसद् अधिवेशनमा सहकारीसम्बन्धी विधेयक ल्याएर सहकारीपीडितका समस्या समाधान गर्ने र बचतकर्ताहरुको बचत फिर्ताका लागि सहकारी कोष निर्माण गर्नेगरी सरकार अघि बढ्न खोजेको स्पष्ट पारे।

सहकारी ठगीमा संलग्नको कारबाहीका लागि सरकारले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनको दिशामा लगेको मन्त्री गुरुङको भनाइ थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending