तानसेन । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गरेको छन । शुक्रबार बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएको हो ।
अध्यादेशले जनताको चाहना अनुसार विकास निर्माण र समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास उनले गरे । मन्त्री पौडेलले भने, ‘‘जनतामा विकास र समृद्धि चाहना तीव्र होस् भन्ने छ, त्यसलाई पूरा गर्न सरकारले अध्यादेशमार्फत २९ वटा कानुनको संशोधन गरेको हो ।’’ उक्त अध्यादेशले सरकारले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन र विकास निर्माणलाईसमेत प्रभावकारी सक्ने उनले उल्लेख गरे।
मन्त्री पौडेलले शिक्षकको निवृत्तिभरणसम्बन्धी विषयमा बाहिर आएको विषयमा सत्यता नरहेको बताउदै त्यसबाट मुक्त हुन शिक्षकहरूलाई आग्रह गरे। उनले निवृत्तिभरणसम्बन्धी व्यवस्था कानुन पारित भएपछि मात्र कार्यान्वयन हुने भएकाले वि।स। २०७५ सालदेखि कानुन लागू हुने भन्ने विषय भ्रमपूर्ण रहेको उल्लेख गरे।
मन्त्री पौडेलले पाल्पालाई लुम्बिनी प्रदेशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर समृद्धिको चाहना पूरा गर्न सकिने विचार राखे। उनले लुम्बिनीमा आउने पर्यटकलाई पाल्पासम्म ल्याइ आराम गर्ने ‘हिल स्टेसन’का रुपमा विकास गर्न सकिने बताए। त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेकोमा अर्थमन्त्री पौडेलले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - ०९:३३
सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...
फाल्गुन २७ गते, २०८२ - ०९:२७
सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...
फाल्गुन २७ गते, २०८२ - ०८:२३
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको ...
फाल्गुन २७ गते, २०८२ - ०८:१७
हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्। ...
फाल्गुन २७ गते, २०८२ - ०८:१३
काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच...
फाल्गुन २७ गते, २०८२ - ०८:०८
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन...
फाल्गुन २७ गते, २०८२ - ०७:५३
गलकोट। नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएको छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेक...
फाल्गुन २७ गते, २०८२ - ०७:४६
काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक ...
फाल्गुन २६ गते, २०८२ - १७:३२
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...
फाल्गुन २६ गते, २०८२ - १७:०७
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...



प्रतिकृया लेख्नुहोस्: