Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

जनताको विकास र समृद्धिको चाहना पूरा गर्न अध्यादेश : अर्थमन्त्री पौडेल

खबरडबली संवाददाता

तानसेन । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गरेको छन । शुक्रबार बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएको हो ।

अध्यादेशले जनताको चाहना अनुसार विकास निर्माण र समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास उनले गरे । मन्त्री पौडेलले भने, ‘‘जनतामा विकास र समृद्धि चाहना तीव्र होस् भन्ने छ, त्यसलाई पूरा गर्न सरकारले अध्यादेशमार्फत २९ वटा कानुनको संशोधन गरेको हो ।’’ उक्त अध्यादेशले सरकारले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन र विकास निर्माणलाईसमेत प्रभावकारी सक्ने उनले उल्लेख गरे।

मन्त्री पौडेलले शिक्षकको निवृत्तिभरणसम्बन्धी विषयमा बाहिर आएको विषयमा सत्यता नरहेको बताउदै त्यसबाट मुक्त हुन शिक्षकहरूलाई आग्रह गरे। उनले निवृत्तिभरणसम्बन्धी व्यवस्था कानुन पारित भएपछि मात्र कार्यान्वयन हुने भएकाले वि।स। २०७५ सालदेखि कानुन लागू हुने भन्ने विषय भ्रमपूर्ण रहेको उल्लेख गरे।

मन्त्री पौडेलले पाल्पालाई लुम्बिनी प्रदेशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर समृद्धिको चाहना पूरा गर्न सकिने विचार राखे। उनले लुम्बिनीमा आउने पर्यटकलाई पाल्पासम्म ल्याइ आराम गर्ने ‘हिल स्टेसन’का रुपमा विकास गर्न सकिने बताए। त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेकोमा अर्थमन्त्री पौडेलले जोड दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटाका ६ क्याम्पसमा सर्वसंवत नेतृत्व चयन

हिले । धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरुले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् । सहमति अनुसार धनकुटा बहुमु...

मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (सूचीसहित)

जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय

सेन्सरले फिल्म ‘राजागंज’ रोकेपछि दीपकराज र निश्चलको विरोध

आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् हाम्रो नेपालमा

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित- अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हु...

चार देशीय सिरिजमा नेपालको तेस्रो हार

काठमाडौँ । नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ । बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ ...

दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्ब २३ करोडको करोडको कारोबार

काठमाडौँ । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से)आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिस...

पीएम कप: सुदूरपश्चिममाथि आर्मीको सहज जित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्च...

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन...

बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश र स्थानीय तहलाई दिन सकिँदैन : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताएको छन । बुधबा...

गलत रकम लेखिएकै आधारमा चेक अनादर मुद्दा दर्ता हुँदैनः उपाध्यक्ष श्रेष्ठ

काटमाठौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएको छन । बुधबार ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy