Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कृषिमा जमेका मदन भन्छन्- अनुदान भन्दापनि प्रोत्साहन ठूलो रहेछ

मनोज अधिकारी

इलाम । सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न थप ऊर्जा मिल्यो ।

‘अनुदान भन्दापनि प्रोत्साहन ठुलो रहेछ ।’ उनले भने, ‘कृषिमै रमाएको त तीन दशक बित्यो । तर, पालिकाले उत्कृष्ट कृषकका रुपमा सम्मान गरेपछि मलाइ थप व्यवसायीक बन्न ऊर्जा मिलेको हो । टनेल र अन्य बिउ बिजनमा अनुदान पनि पाएँ ।’

उनको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । जहाँ अकबरे, काँक्रा, आलु, कागती, टमाटर, बन्दा कोपी, एभोकाडो, चिया र कफिको व्यवसायीक खेती भइरहेको छ । राईले यस पटक आठ रोपनी क्षेत्रफलमा रोपण गरेको दश हजार बोट अकबरेबाट २३ लाख आम्दानी गरे ।

राईले भन्छन्,’फल सात लाखको बिक्यो । प्रतिकेजी ३५ हजारदेखि ५० हजारका दरले ४० केजी बियाँ बिक्री गर्दा करिब १६ लाख आम्दानी भयो । अकबरेले यो वर्ष २३ लाख आम्दानी गरेको छ । ‘

उनले उत्पादन गरेको अकबरे सामान्यतया कोसेलीका रुपमा बिक्री हुन्छ । उनलाई माग धान्न मुस्किल छ । भन्छन्,’फलभन्दा बढी बियाँ बिक्री हुन्छ । अचार बनाउन कोसेलीका रुपमा नेपाल र ईन्डियामा खपत भइरहेको छ । भारतबाट दैनिक पचास केजीको माघ छ । देशभरिबाट हाल ३० केजी बियाँको माघ छ । तर, न फल–न बियाँ दुबैको माघ पुरा गर्न सकिएको छैन ।’

अकबरे मात्र होइन राईले यसवर्ष छ रोपनी जमिनमा काँक्रा खेती लगाएका थिए । उनले २० हजार केजीका दरले १६ केजी काँक्राको बियाँ बिक्री गर्नुभयो । ‘काँक्राको फल चैँ बेच्दिन । यसो हटिया खर्च धान्नलाई दुई चार क्विन्टल बिक्छ ।’ उनी भन्छन् ।

काँक्रामा डाउनी मिल्ड्यू र पाउडरे मिल्ड्यू रोगले समस्या ल्याएको छ । काँक्रामा पात पहेँलो हुने र बोट हुर्कन नदिने समस्या देखिएको छ भने अकबरेमा थुप्रै समस्या आउन थालेका छन् । ‘जरादेखि मास्तिर माटो छेउको खुल्ला आकासे भागमा कुहिने र ओइलिएर मर्ने विकराल समस्या अकबरेमा देखापरेको छ ।’ उनले भने,’एन्थ्रा कनोज नामको रोगले फलमै कालो धब्बा आउन थालेको छ । बारी सुद्ध गर्नु र खेतीलाई अग्र्यानिक बनाउँदा समस्या समाधान हुन्छ ।’

याम अनुसारको खेती गरेर मनग्गे आम्दानी लिइरहेका राई दम्पत्तिले अकबरे र काँक्रा बाहेक आलु, कागती, एभोकाडो, चिया र कफिको समेत व्यवसायीक खेती गरिरहेका छन् ।

‘पाँच मन(प्रति मन ४० केजी) आलु रोपेका छौँ ।’ मदनकी श्रीमती चन्द्रमाया राईले भन्छिन्, ‘नौ रोपनीमा दुई सय ५० बोट कागती छन् । पोहोर साल एक लाख २० हजारको बेचेका थियौँ । यो वर्ष एक लाख ८० जत्तिको हुन्छ होला । कागती केजीको दुईले बिक्दैछ । ‘

उनीहरुले एभोकाडो लगाएको तीन वर्ष भयो । चन्द्रमाया भन्छिन्, ‘१३ रोपनीमा तीन सय बोट एभोकाडो छ । तर, उत्पादन दिन थालेको छैन । अब दुई वर्षपछि आम्दानी सुरु हुन्छ ।’ अन्य खेती गर्न भ्याईनभ्याई हुने राई दम्पतिले ११ रोपनीको चियाबारी भने ठेक्कामा दिएका छन् ।

‘चियामा अलिक अलमल हुन्छ । धाईरहनु पर्छ । त्यै भएर अरुलाई दिएको । उनिहरुले ठेक्का बुझाउँछन् । ‘मदन भन्छन्, ‘अब कफि लगाउने योजनामा छु । चार सय बिरुवा ल्याइसकेँ । जम्मा एक हजार रोप्ने तयारी छ । यो चैँ मेरो पेन्सनजस्तै पछि बुढेसकालमा बेचिखाने ।’

मदनलाई बारीको तल्लो भेगतिर बाँदरले दुःख दिन थालेको छ । अब, बाँदर पन्साउन उनले टमाटर र बन्दा कोपीको खेती लगाउँदै  छन् । ‘फागुन लागेपछि १५ हजार बन्दा र तीन हजार टमाटर रोपेर बाँदर आतङ्क हेर्नुछ ।’ उनको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । ‘अझै २० रोपनी थपौँ भनेको बच्चाले मानेनन् । अब बजारमा घडेरी जोड्नुपर्छ भन्छन्, ‘उनले भने ।

घरमा मदन र उनकी श्रीमती चन्द्र मात्र बस्छन् । बारीमा काम गर्ने दिनहुँजसो चार जना खेताला हुन्छन् । छोरी स्वेच्छा इलाम विव्ल्याँटेस्थित प्राइम बैँककी कर्मचारी छिन् । छोरा धनकुटाको पाख्रिबासमा बिएससीएजि सातौँ सेमेस्टरमा अध्ययनरतछन् ।

‘धेरै काम परेको दिन २० जना पनि खेताला हुन्छन् । सिस्टममा गएर काम गर्दा ५०–५५ रोपनीमा खेती गर्न धेरै जनशक्ति लाग्दैन । तर, काम चैँ सिस्टममा गर्नुपर्यो ।” मदन भन्छन्, ‘“वर्षमा खर्च कटाएर १२–१४ लाख बचत हराउँदैन ।’ राईको गोठमा दुई माउ गाई छन् । ‘गाईको मल मुत्रले खेती अग्र्यानिक बनाउँन सहयोग मिल्छ । गोबरभन्दा गहुँद बढी उपयोगी हुन्छ ।’उनले भने ।

उनी कृषक मात्र होइन कृषि विज्ञ पनि हो । नगरपालिकाले आयोजना गरेका धेरै तालिममा गएर उहाँले अन्य किसानलाई कृषि समस्या, चुनौती र सम्भावनाका बारेमा जानकारी गराउँछन् ।

सूर्योदय नगरपालिकाले मदनजस्ता सफल र व्यवसायीक किसानलाई प्रोत्साहित गर्दै आएको छ । विभिन्न कार्यक्रमको अवसरमा उत्कृष्ट किसानको रुपमा सम्मान गर्ने गरिएको नगरप्रमुख रणबहादुर राईले बताए किसान लक्षित थुप्रै अनुदानका कार्यक्रम छन् । यहीँ रहेर व्यवसायीक खेती गर्ने मदन जस्ता किसानका लागि नगरपालिका सँधै साथमा रहेको नगरप्रमुख राईले बताए ।

‘ऊर्जा, जोस र जाँगर लिएर पालिकाभित्रै व्यवसायीक बन्न चाहाने कृषकलाई हामीले सकेसम्म अनुदान नै दिईरहेका छौँ । ‘उनले भने, ‘सूर्योदय पर्यटन र कृषिबाट नै आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएर अघि बढेको पालिका हो । यहाँका सबै किसान मेहेनती हुनुहुन्छ ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending