रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
जिल्ला अदालत बाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका १७ जना प्रतिवादीलाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो। बिभिन्न मुद्दामा उनीहरुलाई ८लाख ७८ हजार रुपैयाँ भन्दा बढी जिल्ला अदालत रौतहटले जरिबाना समेत गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले बताएका छन्।
पक्राउ पर्नेहरुमा नागरिकता मुद्दामा नन्दलाल सिन्हा, जयमंगल यादव, देवकी लाल यादव, विरेन्द्र यादव, तेज नारायण यादव, कुटपिट अङ्गभङ्ग मुद्दामा सरिता देवी, प्रभा देवी, लड़ाई यादव, रामाप्रवेश ठाकुर, ठगी मुद्दामा शेख चाँद अलि, कुटपिट मुद्दामा शेख रोस्तम, शहनाज खातुन, जौबुन खातुन, शेख ईस्लाम र किशोरी ठाकुर रहेको प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले यस आर्थिक वर्षभित्र झण्डै तीनसय जना लाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...
बैशाख ५ गते, २०८३ - ०९:४०
आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...
बैशाख ५ गते, २०८३ - ०९:३३
हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...
बैशाख ५ गते, २०८३ - ०९:१५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: