Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

तारा एयरको नयाँ ट्विनअटर विमान भित्रियो

\"taraकाठमाडौं । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो । क्यानाडाको प्रख्यात कम्पनीबाट खरिद गरिएको उक्त अत्याधुनिक विमान दुर्गम भेगमा सहज उडान भर्न उपयोगी हुने कम्पनीले जनाएको छ । अठार सिट क्षमताको सो विमानलाई अहिलेसम्मकै महङ्गो सात मिलियन अमेरिकी डलर ९नेरु ७० करोड० फ्याक्ट्री मूल्य तिरिएको छ । बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा विमान खरिद गरिएको बताइएको छ । विगत १९ वर्षदेखि उडान भर्दै आएको यति÷तारा एयरको पछिल्लो नयाँ विमानसँगै जम्मा १५ वटा विमान भएको छ । यसमध्ये तारा एयरका पाँचवटा ट्विनअटर विमानले नेपालका ग्रामीण गन्तव्य खासगरी ताप्लेजुङ, फाप्लु, मनाङ, डोल्पा, रारा, जुम्ला र सिमीकोटमा उडान भर्दै आएको छ । यति एयरले हाल देशका २९ वटा गन्तव्यमा उडान भर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र रायले जानकारी दिए । नयाँ भित्र्याएको ट्विनअटर विमानको अत्याधुनिक इन्जिन जेट विमानको जस्तै क्षमता भएकाले सुरक्षित यात्राको लागि भरपर्दो विमान भएको वरिष्ठ विमानचालक पेम्बा शेर्पाले बताए । नयाँ ट्विनअटर नाइन एन–एकेल कलसाइन विमानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घरेलु विमानस्थलमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले उद्घाटन गरेका थिए । सो अवसरमा पर्यटनमन्त्री शेर्पाले नेपालको पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र त्यसको ज्वलन्त उदाहरण निजी विमान कम्पनीले दुर्गम तथा पहाडी क्षेत्रमा पु¥याइरहेको सेवा भएको बताए। नयाँ विमानले भूकम्पपछिको साहसिक ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे । उनले  हाल पर्यटन मन्त्रालयले एक दुर्गम जिल्ला कम्तीमा एक विमानस्थल निर्माण गर्ने नीतिअनुरुप विमानस्थल विस्तारमा लागेको र भएका विमानस्थलको स्तरोन्नति गरिरहेको जानकारी दिए । यति÷तारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रायले  साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘हिमालयन ग्रेट ट्रेल’ को लोगो तारा एयरका सबै जहाजमा आगामी डिसेम्बरदेखि अङ्कित गराइने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending