Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

तारा एयरको नयाँ ट्विनअटर विमान भित्रियो

\"taraकाठमाडौं । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो । क्यानाडाको प्रख्यात कम्पनीबाट खरिद गरिएको उक्त अत्याधुनिक विमान दुर्गम भेगमा सहज उडान भर्न उपयोगी हुने कम्पनीले जनाएको छ । अठार सिट क्षमताको सो विमानलाई अहिलेसम्मकै महङ्गो सात मिलियन अमेरिकी डलर ९नेरु ७० करोड० फ्याक्ट्री मूल्य तिरिएको छ । बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा विमान खरिद गरिएको बताइएको छ । विगत १९ वर्षदेखि उडान भर्दै आएको यति÷तारा एयरको पछिल्लो नयाँ विमानसँगै जम्मा १५ वटा विमान भएको छ । यसमध्ये तारा एयरका पाँचवटा ट्विनअटर विमानले नेपालका ग्रामीण गन्तव्य खासगरी ताप्लेजुङ, फाप्लु, मनाङ, डोल्पा, रारा, जुम्ला र सिमीकोटमा उडान भर्दै आएको छ । यति एयरले हाल देशका २९ वटा गन्तव्यमा उडान भर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र रायले जानकारी दिए । नयाँ भित्र्याएको ट्विनअटर विमानको अत्याधुनिक इन्जिन जेट विमानको जस्तै क्षमता भएकाले सुरक्षित यात्राको लागि भरपर्दो विमान भएको वरिष्ठ विमानचालक पेम्बा शेर्पाले बताए । नयाँ ट्विनअटर नाइन एन–एकेल कलसाइन विमानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घरेलु विमानस्थलमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले उद्घाटन गरेका थिए । सो अवसरमा पर्यटनमन्त्री शेर्पाले नेपालको पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र त्यसको ज्वलन्त उदाहरण निजी विमान कम्पनीले दुर्गम तथा पहाडी क्षेत्रमा पु¥याइरहेको सेवा भएको बताए। नयाँ विमानले भूकम्पपछिको साहसिक ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे । उनले  हाल पर्यटन मन्त्रालयले एक दुर्गम जिल्ला कम्तीमा एक विमानस्थल निर्माण गर्ने नीतिअनुरुप विमानस्थल विस्तारमा लागेको र भएका विमानस्थलको स्तरोन्नति गरिरहेको जानकारी दिए । यति÷तारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रायले  साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘हिमालयन ग्रेट ट्रेल’ को लोगो तारा एयरका सबै जहाजमा आगामी डिसेम्बरदेखि अङ्कित गराइने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending