Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल

खबरडबली संवाददाता

ताप्लेजुङ । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी  भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ । 

विसं२०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्न थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । उनका अनुसार हाल जिल्लामा ‘हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ’ पाठ्यपुस्तक भाग–१, २, र ३ का माध्यमबाट अध्ययन हुँदैछ ।

हिमाली क्षेत्रका विद्यालयमा हिउँ चितुवाका विषयमा अध्ययन हुँदै आएको छ । फक्ताङलुङ गाउँपालिकाको घुन्सा आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र रविकला माध्यमिक विद्यालयमा यो अध्ययनलाई विशेष प्राथमिकता दिइएको छ । 

यस्तै, मिक्वाखोला गाउँपालिकाको साँवा माध्यमिक विद्यालय र बालदेन माध्यमिक विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई पनि हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गरिँदै आएको छ । सिरिजङ्घा गाउँपालिकाको सरस्वती माविलाई समेत समेट्दै ताप्लेजुङका छवटा विद्यालयमा हाल तीन सय ७८ विद्यार्थीले हिउँ चितुवाका विषयमा अध्ययन गर्दै आएका छन् ।

हिमाली संरक्षण मञ्चको सहजीकरणमा यहाँ हिउँ चितुवा संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । नेचर टुर, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण र हिउँ चितुवा प्रकृति भ्रमणजस्ता कार्यक्रममार्फत विद्यार्थी र समुदायलाई संरक्षणप्रति जागरूक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक राईले बताए ।

राईका अनुसार समुदायसँग चिया–कफीका कार्यक्रम आयोजना गर्दै हिउँ चितुवाको महत्त्वबारे छलफल गरिँदै आएको छ । प्रत्येक वर्ष कात्तिक ७ गते अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरिन्छ । यस दिन विद्यार्थी र समुदायलाई लक्षित गरी विविध क्रियाकलाप सञ्चालन हुने गर्छ ।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार विद्यालयस्तरबाटै संरक्षण शिक्षाको थालनी हुनु जैविक विविधता जोगाउनका लागि अत्यन्त सकारात्मक कार्यक्रम भएको छ । फक्ताङलुङ बालबालिकामा प्रकृति र वन्यजन्तुप्रतिको सद्भाव र संरक्षणको भावना विकास गर्न मद्दत पुर्याएको गाउँपालिका–५ का वडाध्यक्ष  देउप्रसाद ताप्मादेनले बताए । 

हिमाली संरक्षण मञ्चका सचिव विवस केदेमका अनुसार संरक्षण अभियानमा समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न विभिन्न गतिविधि सञ्चालन गरिएका छन् । हिमाली क्षेत्रका स्थानीय बासिन्दासँग हिमचितुवाको विषयमा खुला छलफल गर्न चिया–कफीका कार्यक्रम प्रभावकारी हुँदै आएको केदेमले बताए । 

यस्तै विद्यालयमा नेचर टूरको आयोजना गरेर विद्यार्थीलाई प्रत्यक्ष रूपमा जैविक विविधताको अवलोकन गराइन्छ । विद्यालयस्तरबाटै विद्यार्थी र समुदायमा हिउँ चितुवा र बासस्थानको महत्वबारे चेतना फैलाउने काम भइरहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । हिमाली पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्दै जैविक विविधताको संरक्षण गर्ने कायम भइरहेको छ । 

विद्यार्थीहरूमा सुरुदेखि नै संरक्षणको भावना विकास गरेमा भविष्यमा संरक्षणका चुनौतीसँग सामना गर्न सजिलो हुने सरोकारवालाको भनाइ छ । यसले हिमाली क्षेत्रमा जैविक विविधता संरक्षणमा टेवा पुग्ने छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending