Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८१ आईतवार | 2nd March, 2025 Sun
Investment bank

फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल

खबरडबली संवाददाता

मङ्गलबारे । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । 

दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए ।

‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो’ दहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ ।’

उनले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए ।  ‘सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ’, दहालले भने ।     

धूपीको तेल प्रतिकिलोग्राम दुई हजार ५००, तीतेपातीको तेल प्रतिकिलो छ हजार, मेन्थाको तेल प्रतिकिलो सात हजार र धसिंगरेको तेल प्रतिकिलो सात हजारमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन् । उनले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहेका छन् ।  

‘गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो आठ रुपैयाँ र तीतेपाती प्रतिकिलो चार रुपैयाँले घरमै  गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्’ दहालले भने ।   

गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताए । यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको उनको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्प-जेलेन्स्की वार्ता १० मिनेटमै कसरी असफल भयो ?

काठमाडौं । युक्रेनका राष्ट्रपति शुक्रवार राति ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग सकारात्मक छलफल गरेर बाहिरिने अपेक्षामा थिए। भेटले युक्रेनको तत्कालै ...

वीरगञ्ज नाकाबाट सात महिनामा आठ अर्ब ६८ करोडको धान-चामल आयात

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । ...

हुम्लाका पाँच गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

हुम्ला । हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्...

बालेनलाई उपप्रमुख डंगोलको प्रश्न- प्रतिवेदन लुकाएर राख्ने अनि दोष अन्ततिर लगाएर उम्किने ?

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उपप्रमुख सुनिता डंगोलले असन्तुष्टि व्यक्त गरेकी छन्। ‘छानबिन...

आज अति पुग्यो तरकारी र फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको ...

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि, अध्यादेशबारेको निर्णय पुर्नविचार गर्ला ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ।  ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे ब...

बागलुङको पातिहाल्नेमा हिउँ खेल्न पर्यटकको घुइँचो

बागलुङ । हिमपात भएपछि शनिबार बिहानैदेखि बागलुङको पातिहाल्ने क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ।  सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा ह...

बैतडीमा दाइले प्रहार गरेको गोली लागेर भाइको मृत्यु, दाजु फरार

बैतडी । बैतडीमा दाजुको गोली प्रहारबाट सख्त घाइते भएका एक युवकको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको ग...

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञ...

सरकारलाई अध्यादेशले संकट परिरहेको बेलामा किन बस्दैछ एमाले सचिवालय बैठक ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक  बस्दैछ ।  दिउँसो २ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ। एमाले केन्द्रीय कार्यालय सचिव ड...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy