काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बुधबार राति एउटा यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएका छन् । दुर्घटनापछि दुवै वाहन पोटोम्याक नदीमा खसेका थिए ।
विमानमा ४ चालक दलका सदस्यसहित ६४ जना सवार थिए । हेलिकप्टरमा ३ जना सवार थिए । सीबीएस न्यूजका अनुसार अहिलेसम्म १८ जनाको शव निकालिएको छ । अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन् ।
वाशिंगटन फायर डिपार्टमेन्टका अनुसार घटना रोनाल्ड रेगन एयरपोर्ट नजिकै भएको हो। युएस एयरलाइन्सको सीआरजे ७०० बमबार्डियर जेट र आर्मीको ब्ल्याक हक ९एच-६०० हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो। सेनाका अधिकारीका अनुसार हेलिकप्टरमा तीन जना सवार थिए ।
अमेरिकन एयरलाइन्सको जेट कन्सास राज्यको विचिटाबाट वासिङ्टन आउँदै थियो। कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको छ । अधिकारीहरुका अनुसार राति ८स्५० मा रेगन नेशनल एयरपोर्ट ९डीसीए० नजिकै भएको विमान दुर्घटनाको बारेमा धेरै फोनहरु आएका थिए ।
अहिले विमानस्थलमा सबै उडान र अवतरण रोकिएका छन् । दुवै विमानको भग्नावशेष पोटोमाक नदीमा छ । नदीको औसत गहिराइ २४ फिट रहेको बताइएको छ । नदी ठूलो भएकोले केही यात्रु बगेको हुन सक्ने आशंका गरिएको छ । उद्धारको प्रयास जारी छ । उद्धारको लागि ३०० भन्दा बढी उद्धारकर्मी खटाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै लेखेका छन्, “विमान एयरपोर्टको लागि सही बाटोमा थियो। लामो समयसम्म हेलिकप्टर सिधै विमानतर्फ गइरहेको थियो । रात सफा थियो, विमानको बत्ती बलेको थियो, तैपनि हेलिकप्टर किन माथि गएन वा तल ओर्लिएन रु”
यसअघि ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुर्घटनाबारे जानकारी गराइएको बताएकी थिइन्। ट्रम्पले यस विषयमा निरन्तर निगरानी गरिरहेका छन् । राष्ट्रपतिले जनतालाई शान्त रहन आग्रह गरेका छन् र उद्धारका लागि अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
उपराष्ट्रपति जेडी भान्सले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरुका लागि प्रार्थना गर्न अपिल गरेका छन् ।
सीएनएनका अनुसार यात्रुहरूको उद्धारका लागि गोताखोरहरू पोटोम्याक नदीमा पठाइएको छ । राष्ट्रिय मौसम सेवाका अनुसार विमान दुर्घटनापछि पानीमा बाँचेका यात्रुहरू खतरामा पर्न सक्छन्।
अहिले वासिङ्टनको तापक्रम शून्य डिग्रीको आसपास छ। यस्तो अवस्थामा पानीमा खसेका मानिसलाई २०-३० मिनेटभित्र हाइपोथर्मिया हुन सक्छ।
कन्सासका सिनेटर रोजर मार्शलले एक्समा भने- “मैले वाशिंगटन डीसीमा विमान दुर्घटना भएको खबर प्राप्त गरेको छु। हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं। हामी तपाईंलाई प्रत्येक यात्रु र तिनीहरूका परिवारहरूको लागि प्रार्थना गर्न अनुरोध गर्दछौं।”
फेडरल एभिएसन एडमिनिस्ट्रेशन ९एफएए०का अनुसार अमेरिकी एयरलाइन्सको यो विमान रेगन नेसनल एयरपोर्ट ९डीसीए० को रनवे ३३ तर्फ आउँदै गर्दा ब्ल्याकहक एच–६० हेलिकप्टरसँग ठोक्किएको हो । दुर्घटनाग्रस्त विमान स्थानीय उडानका लागि डिजाइन गरिएको सीआरजे ७०० बमबार्डियर विमान थियो र यसमा ६८ देखि ७३ जना यात्रुहरू बस्न सक्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: