Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

अमेरिका विमान दुर्घटनाः १८ शव निकालियो, अहिलेसम्म कोही जीवित भेटिएनन्

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बुधबार राति एउटा यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएका छन् । दुर्घटनापछि दुवै वाहन पोटोम्याक नदीमा खसेका थिए ।

विमानमा ४ चालक दलका सदस्यसहित ६४ जना सवार थिए । हेलिकप्टरमा ३ जना सवार थिए । सीबीएस न्यूजका अनुसार अहिलेसम्म १८ जनाको शव निकालिएको छ । अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन् ।

वाशिंगटन फायर डिपार्टमेन्टका अनुसार घटना रोनाल्ड रेगन एयरपोर्ट नजिकै भएको हो। युएस एयरलाइन्सको सीआरजे ७०० बमबार्डियर जेट र आर्मीको ब्ल्याक हक ९एच-६०० हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो। सेनाका अधिकारीका अनुसार हेलिकप्टरमा तीन जना सवार थिए ।

अमेरिकन एयरलाइन्सको जेट कन्सास राज्यको विचिटाबाट वासिङ्टन आउँदै थियो। कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको छ । अधिकारीहरुका अनुसार राति ८स्५० मा रेगन नेशनल एयरपोर्ट ९डीसीए० नजिकै भएको विमान दुर्घटनाको बारेमा धेरै फोनहरु आएका थिए ।

अहिले विमानस्थलमा सबै उडान र अवतरण रोकिएका छन् । दुवै विमानको भग्नावशेष पोटोमाक नदीमा छ । नदीको औसत गहिराइ २४ फिट रहेको बताइएको छ । नदी ठूलो भएकोले केही यात्रु बगेको हुन सक्ने आशंका गरिएको छ । उद्धारको प्रयास जारी छ । उद्धारको लागि ३०० भन्दा बढी उद्धारकर्मी खटाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै लेखेका छन्, “विमान एयरपोर्टको लागि सही बाटोमा थियो। लामो समयसम्म हेलिकप्टर सिधै विमानतर्फ गइरहेको थियो । रात सफा थियो, विमानको बत्ती बलेको थियो, तैपनि हेलिकप्टर किन माथि गएन वा तल ओर्लिएन रु”

यसअघि ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुर्घटनाबारे जानकारी गराइएको बताएकी थिइन्। ट्रम्पले यस विषयमा निरन्तर निगरानी गरिरहेका छन् । राष्ट्रपतिले जनतालाई शान्त रहन आग्रह गरेका छन् र उद्धारका लागि अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

उपराष्ट्रपति जेडी भान्सले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरुका लागि प्रार्थना गर्न अपिल गरेका छन् ।

सीएनएनका अनुसार यात्रुहरूको उद्धारका लागि गोताखोरहरू पोटोम्याक नदीमा पठाइएको छ । राष्ट्रिय मौसम सेवाका अनुसार विमान दुर्घटनापछि पानीमा बाँचेका यात्रुहरू खतरामा पर्न सक्छन्।

अहिले वासिङ्टनको तापक्रम शून्य डिग्रीको आसपास छ। यस्तो अवस्थामा पानीमा खसेका मानिसलाई २०-३० मिनेटभित्र हाइपोथर्मिया हुन सक्छ।

कन्सासका सिनेटर रोजर मार्शलले एक्समा भने- “मैले वाशिंगटन डीसीमा विमान दुर्घटना भएको खबर प्राप्त गरेको छु। हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं। हामी तपाईंलाई प्रत्येक यात्रु र तिनीहरूका परिवारहरूको लागि प्रार्थना गर्न अनुरोध गर्दछौं।”

फेडरल एभिएसन एडमिनिस्ट्रेशन ९एफएए०का अनुसार अमेरिकी एयरलाइन्सको यो विमान रेगन नेसनल एयरपोर्ट ९डीसीए० को रनवे ३३ तर्फ आउँदै गर्दा ब्ल्याकहक एच–६० हेलिकप्टरसँग ठोक्किएको हो । दुर्घटनाग्रस्त विमान स्थानीय उडानका लागि डिजाइन गरिएको सीआरजे ७०० बमबार्डियर विमान थियो र यसमा ६८ देखि ७३ जना यात्रुहरू बस्न सक्छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

नेपाल बाहिर पनि नेपालकै अनुभूति” — कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...

ककाकिकी फिल्मको रिलिज मिती घोषणा, भदौ १९ बाट रिलिज हुने

काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...

बागमती प्रदेशमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन, नौ महिनामा उठ्यो २७ अर्ब ९३ करोड

हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...

यस्तो छ आजका लागि कालिमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending