बनियानी । झापामा छ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक/एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच/पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई/दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटी बताउछन्। जिल्लामा हाल हात्तीपाइले रोगीको सङ्ख्या करिब दुई हजार दुई सय रहेको उनले बताए। प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा।सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए।
“हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक रु दुई लाख उपलब्ध गराउने गरेको छ”, उनले भने। “बिरामीलाई यातायात खर्च दिन्छौँ, रकम पर्याप्त हुँदैन, विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरु उपचार गराउन आउँदैनन्”, डा.काफ्लेले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८१ - १७:२९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयको साथ रहेको बताएका छन्। शनिबार पाथीभरा द...
माघ २६ गते, २०८१ - १७:०३
बाजुरा । बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार गरिएको छ। जिल्लाको गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको उद्धार गरिएको हो। ...
माघ २६ गते, २०८१ - १६:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने धारणा राखेका छन्। शनिबार काठमाडौंमा अर्...
माघ २६ गते, २०८१ - १६:३८
दार्चुला। दार्चुला दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर मार्मा गाउँपालिका–२ का ३५ वर्षिय दल...
माघ २६ गते, २०८१ - १६:२४
नयाँ दिल्ली । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारती...
माघ २६ गते, २०८१ - १६:०८
कावासोती । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानले उत्पादकत्व बढाउन आवश्यकता भन्दा धेरै विषादी प्रयोग गर्दा समस्या सिर्जना हुने गरेको ...
माघ २६ गते, २०८१ - १५:४६
पर्वत । ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक कालोपत्र हुने भएको छ । वि.सं.२०४९ मा ट्रयाक खोलिएको भए पनि...
माघ २६ गते, २०८१ - १५:१७
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्...
माघ २६ गते, २०८१ - १४:५०
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताएको छन । आज यहाँ आयोजित एक कार्यक्रममा ...
माघ २६ गते, २०८१ - १४:३८
घोराही । दाङमा गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु ...
प्रतिकृया लेख्नुहोस्: