Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

क्यानले सम्झौता नवीकरण नगरेपछि प्रशिक्षक मोन्टीको धन्यवाद

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको दुईवर्षे कार्यकालको समाप्तिसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।

क्यानले शनिबार साँझ विज्ञप्ति जारी गर्दै प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने घोषणा गरेको थियो । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा मोन्टीले दुई वर्षमा नेपाली क्रिकेटलाई ठूलो सफलता दिलाएको र उनको योगदानप्रति धन्यावाद दिएको थियो । 

क्यानले सम्झौता नवीकरण नगर्ने भएपछि प्रशिक्षक मोन्टीले सामाजिक सञ्जालमार्फत नेपालीलाई धन्यवाद दिएको छन । आइतबार उनले सामाजिक सञ्जालमम लेखेको छन, ‘‘प्रिय नेपाल यो बिदाइ होइन, यो धन्यवाद हो ।’’

उनले सन् २०२३ जनवरी १० मा क्यानले दिएको अवसरलाई नेपाली क्रिकेटमा स्थायी प्रभाव पार्ने तथा नयाँ कथा बनाउने आशा र उद्देश्यका साथ आफूले अज्ञात यात्रा तय गरेको पनि उल्लेख गरेको छन ।

मोन्टीले आफ्नो दुईवर्षे कार्यकाल अविस्मरणीय रहेको र ऐतिहासिक उपलब्धिले भरिएको क्षणको स्मरणसमेत गरेको छन । उनले त्रिवि मैदानमा नेपालले एसिया कप छनोट खेल्दा रुखमा चढेर र छातामुनि उभिएर समर्थन गरेको क्षण र मूलपानी मैदानमा नेपाल विश्वकप छनोट हुँदा दर्शकको भीडले दिएको उर्जा सधैं अविस्मरणीय रहेको पनि बताएको छन । 

नेपाली क्रिकेटको आरोह–अवरोहबिच क्यान व्यवस्थापन, खेलाडी, खेलाडी छनोट समिति, क्यान पदाधिकारी, प्रशिक्षक, स्कोरर, ग्राउन्डसम्यान, क्यामराम्यान, कमेन्टेटर साथै कप्तान रोहित पौडेलसँग आफूले सानो भूमिका दिन सकेकोमा कृतज्ञ रहेको बताएको छन ।

मोन्टीले नेपालका अटुट क्रिकेट समर्थक नेपाली क्रिकेटको सबैभन्दा बलियो पक्ष रहेको उल्लेख गर्दै नेपाली टोलीलाई निरन्तर विश्वास गरिरहन आग्रह  गरेको छन । उनले नेपाल आफ्नो दोस्रो घर बनेको उल्लेख गर्दै क्रिकेट केवल खेल मात्र नभएर भावना भएको र यसले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाउने उल्लेख गर्दै जय नेपाल लेखेर आफ्नो भनाइ टुङ्ग्याएको छन । 

मोन्टीको प्रशिक्षणमा नेपालले आईसिसी लिग–२ को पछिल्ला १२ खेलमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाएको थियो । त्योभन्दा बढी नेपाल १० वर्ष पछि आईसिसी टी–२० विश्वकपमा छनोट हुँदै विश्वकप खेलेको थियो ।

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । यस्तै नेपाल एसिया कपमा छनोट हुन नसके पनि मोन्टीको प्रशिक्षण काल नेपाली क्रिकेटका लागि उत्कृष्ट बन्यो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending