ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आइतबार एक समारोहबिच नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महानगरपालिकाले ए डिभिजनका पाँच क्लब– थ्रीस्टार क्लब, फ्रेण्ड्स क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लबलाई जनही चार लाख रुपियाँ प्रदान गरेको छ ।
यस्तै बी डिभिजनका तीन क्लब–च्यासल युथ क्लब, खुमलटार एफसी, ब्रिगेड ब्वाइज युनाइटेडलाई जनही तीन लाख र सी डिभिजनका चार क्लब–खालीबारी युथ क्लब, पुलचोक स्पोर्ट्स क्लब, झम्सीखेल युथ क्लबलाई जनही दुई लाख रुपियाँसहित सम्मान गरेको छ।
यस्तै विभिन्न मोफसल प्रतियोगिता जित्ने चर्च ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज युनाइटेडलाई प्रत्येक प्रतियोगिता जितेबापत ४ लाख रुपियाँका दरले सम्मान गरिएको छ । जसमा पाँच नकआउट प्रतियोगिता जितेको चर्च व्वाइजले २० लाख र दुई प्रतियोगिता जितेको ब्रिगेड व्वाइजले आठ लाख रुपियाँ पुरस्कार पाएको छ ।
क्लबहरुलाई समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, एन्फा महासचिव किरण राईलगायतले चेक हस्तान्तरण गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: