Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छः मन्त्री गुरुङ

आर्थिक वृद्धिका लागि ल्याइएको विधेयकको कसैले पनि विरोध गर्नु आवश्यक छैन

खबरडबली संवाददाता

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएको छन । 

उनले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको विरोध गर्न आवश्यक नरहेको बताए । आइतबार गृहजिल्ला लमजुङमा प्रेस चौतारी नेपाल लमजुङ शाखाको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल तथा अनलाइन मिडियाबाट भइरहेको अराजकता रोक्न नियमन विधेयक ल्याइएको प्रष्ट पारे। 

“प्रिन्ट मिडिया र ब्रोडकाष्टिङ मिडिया आफ्नो ठाउँमा मूल्य मान्यताअनुसार चलिरहेको छ । तर अनलाइन मिडिया त्योअनुरुप चलेको छैन । त्यसको नियमन आजको चुनौती हो” उनले भने । नियमनका लागि सामाजिक सञ्जाल प्रयोग सञ्चालन तथा नियमन विधेयक ल्याएका हौं” सञ्चारमन्त्री गुरुङले भने, “विधेयक ल्याएपछि नेपाल पत्रकार महासङ्घलगायतका संस्थाले विरोध गरिरहेको छ । विरोध गर्नुपर्ने त्यस्तो कारण केही लाग्दैन ।”

“अराजकतावादले लोकतन्त्र बलियो हुन सक्दैन । उच्छृङ्खलवादले लोकतन्त्र बलियो हुँदैन” उनले भने, “समाजमा हिंसा फैलाउने कुरा, अफवाह फैलाउने कुरा, जातीय हिंसा फैलाउने कुराको नियन्त्रण हुन जरुरी छ । त्यसैले विधेयकप्रति कोही पनि अत्तालिनुपर्ने छैन ।” विधेयकको राम्रोसँग अध्ययन गरेर यसको पक्षमा सबै सरोकारवाला लाग्नुपर्ने उनले बताए। 

उनले सार्वजनिक सेवा प्रशारण ऐन बनाएर लागु गर्नु सञ्चार मन्त्रालयको ऐतिहासिक र युगीन काम भएको दावी गरे। उनले दक्षिण एसियामा भारतपछि नेपालले यो काम गरेको बताए। 

उनले सरकारले ल्याएको अध्यादेशको विषयवस्तुप्रति कसैले पनि विरोध गर्न नसकेको बताए। “विपक्षीले विधेयक ल्याएको प्रक्रियाबारेमा मात्र विरोध भएको पाइन्छ । यसको विषयवस्तुको बारेमा खण्डन गर्ने ठाउँ छैन ।” उनले थपे, “न्याय, सुशासन, आर्थिक वृद्धिका लागि ल्याइएको विधेयकको कसैले पनि विरोध गर्नु आवश्यक छैन ।”   

सरकारले संसदबाट विधेयक पास गराएर अघि बढ्ने उनले बताए। उनले सरकारले ल्याएको नयाँ विधेयकले पुराना नीति तथा ऐनहरु परिवर्तन गर्न आवश्यक भएकाले अबका दिनमा शासकीय प्रणालीमा व्यापक सुधार आउने दाबी गर। उनले भने, “यो अध्यादेश पास भएपछि शासकीय प्रणालीमा सुधार हुन्छ । सुशासन कायम हुन्छ । उद्योग व्यवसाय र अर्थतन्त्रमा देखिएको समस्यामा सुधार हुँदै जान्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...

भोलि भारत जादै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...

ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE