Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

जोखिम मोलेर यात्रा गर्छन् भित्री मधेसवासी

\"jokhimडडेल्धुरा । डडेल्धुराको भित्री मधेस क्षेत्रका बासिन्दा दिनहुँ बुढर जोगबुडा सडकखण्डमा जोखिम मोलेर यात्रा गरिरहेका छन् । सीमित मात्र गाडी चल्ने कच्चीबाटोमा खोलैखोला पार गर्नुपर्ने हँुदा यस क्षेत्रका यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको हो । बुढरदेखि जोगबुडा सडकखण्ड दूरीका हिसाबले ३० किलोमिटर मात्र भए पनि उक्त दूरी पार गर्न कम्तीमा तीन घन्टा गाडीमा यात्रा गर्नुपर्ने बाध्यता छ । डोटी जिल्लाको वुडर बजारबाट डडेल्धुराको भित्री मधेश जोगवुडा ९हालको परशुराम नगरपालिका० पुग्न करिब ३० भन्दा बढी खहरेखोला पार गर्नुपर्ने भएकाले पनि यो सडकखण्डमा गाडी गुडाउन र यात्रुले पनि जोखिम उठाउनु परेको गाडी चालक गङ्गाराम भट्ट बताउँछन्  । बर्खायाममा खोलाले बगाएर ल्याउने ढुङ्गामुढाका कारण प्रत्येक वर्ष सडकको मोहडा नै परिवर्तन हुने गरेको चालक भट्ट अनुभव सुनाउँछन् । यस सडकखण्डमा रहेका ठूला र साना खहरे खोलाका कारण सामान्य पानी पर्दा पनि बाटो बिग्रने भएकाले यहाँ गाडी चलाउने र चढ्ने सबैले जोखिम उठाउन परेको हो । पानी पर्दा पटकपटक बन्द हुने समस्या एकातिर छ भने यो सडकखण्डमा एक समय बिहान ११ बजेसम्म मात्र जोगबुडाको लाढुङ्गा बजारबाट गाडी छुट्ने हँुदा यात्रुलाई भनेको समयमा गाडी नपाइने भएकाले एकै गाडीमा धेरै यात्रुले यात्रा गर्नुपर्ने समस्या अर्कोतिर रहेको छ । सबै चालक र गाडी साहुले बाटोको खराबीका कारण यो रुटमा गाडी चलाउन र हाल्न नै नमान्ने उग्रतारा सार्वजनिक यातायातका कर्मचारी तेजबहादुर ऐरले बताए । यो रुटमा राम्रो कमाइ हुने भए तापनि उच्च जोखिमका कारण र गाडीमा पनि चाँडै टायर, इन्जिन, गेरबक्सजस्ता कुरामा खराबी हुने भएकाले जो कोहीले त्यस रुटमा गाडी लैजान मन नगर्ने ऐरको भनाइ छ । यो सडक खण्डमा प्रत्येक वर्ष वर्षा समयमा मात्रै जिल्ला विकास समिति डडेल्धुरा र सडक डिभिजन कार्यालय कुलपातेले ठूलो रकम खर्च गर्ने गरेको भए पनि खहरेखोला र सडकखण्डमा जाने पहिरोका कारण यात्रुले पटकपटक जोखिमता मोल्नु परेको भित्री मधेसवासीको पीडा रहेको छ । वुडर जोगवुडा सडकखण्डमा रहेका खहरेखोलामा पुलको निर्माण नभएसम्म यात्रु र गाडी साहुले जोखिम उठाउनुपर्ने देखिन्छ । एउटा मात्र रुटमा यस्तो समस्या भएका कारण समयमा सडकका बारेमा सम्बन्धित पक्षले ध्यान नदिए ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending