Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

देवचुलीमा ट्रमा सेन्टर बनाउन ६४६ रुख कटानी गरिने

फाइल फोटो
खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका–१७ मा ट्रमा सेन्टर निर्माणस्थलमा रहेका रुख हटाउनेगरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो ।

हालै वन तथा भू–संरक्षण विभाग र देवचुली नगरपालिकाबीच ट्रमा सेन्टर रहेको स्थानका रुख कटानको सम्झौता भएको छ । दुई हेक्टर जग्गा ट्रमा सेन्टरका लागि छुट्याइएको थियो । जग्गा छुट्याइएको क्षेत्रमा छ सय ४६  रुख कटान गर्नेगरी सम्झौता भएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए । 

गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्रमा सेन्टरका लागि देवचुली – १७ झरही खोला नजिक राष्ट्रिय वनको दुई हेक्टर जग्गा उपलब्ध गराउने र उक्त क्षेत्रमा पर्ने रुख कटानको स्वीकृति दिने निर्णय गरेको थियो । 

जग्गा प्राप्तिका लागि देवचुली नगरपालिकाले रु एक करोड ६० लाख सात हजार सट्टाभर्नास्वरूप वन तथा भू–संरक्षण विभागमा बुझाएर प्रक्रिया अगाडि बढाएको थियो । 

सम्झौतापत्रमा देवचुली नगरपालिकाका तर्फबाट नगरप्रमुख न्यौपाने र देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले तथा वन तथा भू–संरक्षण विभागका व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछाने र उपसचिव रामवालकप्रसाद यादवले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौतापत्रमा रुख कटान गर्ने, त्यसको व्यवस्थापन गर्ने र ट्रमा सेन्टरको काम अघि बढाउने विषय उल्लेख भएको नगरप्रमुख न्यौपानेले बताए। ट्रमा सेन्टर निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनमार्फत ठेक्का प्रक्रिया अगाडि बढ्ने नगर प्रमुख न्यौपानेले बताए । 

बहुवर्षे योजनाअन्तर्गत यस वर्ष रु १० करोडको स्रोत सुनिश्चित भएको उहाँको भनाइ छ । रुख कटानको काम अब तत्काल अघि बढ्ने र  ट्रमा सेन्टर निर्माण अगाडि बढ्ने बताए ।

देवचुलीका लागि बहुप्रतिक्षित योजनाका रूपमा रहेको ट्रमा सेन्टर निर्माणको काम अब थालनी हुने हुँदा यो सम्पूर्ण नगरवासीका लागि खुसीको विषय भएको नगरप्रमुख न्यौपानेले बताए । पूर्वपश्चिम राजमार्गसँगै ट्रमा सेन्टर बन्दा आगामी दिनमा यहाँ बिरामीले सहज रूपमा समयमा उपचार पाउने हुँदा देवचुलीमात्र नभई सबैका लागि यो योजना महत्त्वपूर्ण रहेको उहाँले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending