Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

जसपा नेपालको कार्यकारिणी बैठक : के भयाे निर्णय ?

तीन वटा प्रदेशका इन्चार्जहरुको जिम्मेबारी हेरफेर

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ।

पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन तत्काल बन्द गरी वार्तामार्फत् समाधान खोज्न आग्रह गरेको छ। जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अबिलम्ब रिहाई गर्न सरकारसँग माग गरेको अध्यक्ष उपेन्द्र यादवको निजी सचिवालयले जनाएको छ।

किराँत-लिम्बुवानका सांस्कृतिक एवम् धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई यथावत् राख्न भइरहेको आन्दोलनमाथिको सरकारी दमन लोकतान्त्रिक मुल्य मान्यताको विरुद्ध रहेको ठहर गर्दै बैठकले यसप्रकारका अलोकतान्त्रिक सरकारी कदमको निन्दा गरेको छ।

धार्मिक-सांस्कृतिक आस्था र पहिचानका लागि अहिंसात्मक तथा शान्तिपूर्ण संघर्ष गरिरहेका जनतामाथि सरकारले बल प्रयोग गरेर त्यहाँका आदिवासी-जनजाति समुदायको अधिकारको हनन गरेको बैठकको ठहर रहेको छ।

सरकारले माघ २४ गतेको संसदमा प्रस्तुत गर्ने अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्ने बारे कार्यकारिणी बैठकमा छलफल भएको छ। अध्यादेशको विषयमा मंगलबार सिंहदरबारमा बस्ने जसपा नेपालको संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ। अध्यादेश पारित हुने नहुनेमा जसपा नेपालको भूमिका निर्णायक भएकोले त्यसबारे पार्टीको निर्णयलाई चासोका साथ हेरिएको छ।

बैठकले तीन वटा प्रदेशका इन्चार्जहरुको जिम्मेबारी हेरफेर गरेको छ। लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज वीरबहादुर नेपाली र सुदुरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ।

कार्यकारिणी बैठकले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को प्रदेश, जिल्ला, पालिका र वडास्तरगत समिक्षा गरेको छ। निर्वाचन क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ। माघ मसान्त पश्चात उक्त अभियान स्थगित गरेर आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेसन सम्पन्न गर्न मातहतका संगठनहरूलाई बैठकले निर्देशन दिएको छ।

जसपा नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गर्ने गृहकार्यलाई अघि बढाएको छ। बैठकमा समिति गठनका लागि दुई दर्जन नेताहरूको नामावली संकलन गरिएको छ। थप छलफल र गृहकार्य गरी संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य सदस्यहरु चयन गर्ने बताइएको छ।  

कार्यकारिणी समितिमा नयाँ सदस्यहरू थप्ने गरी गठित कार्यदलको प्रतिवेदन उपर छलफल भए पनि चाँडै नै थप गृहकार्य गरेर नयाँ सदस्यको टुंगो लगाउने निर्णय भएको छ।

कार्यकारिणीमा नयाँ सदस्यका लागि १० जनाको नाम प्रस्ताव आएको बताइएको छ। तीन जना विभागीय प्रमुखसहित हाल ३५ सदस्सीय कार्यकारिणी समिति रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

नेपाल बाहिर पनि नेपालकै अनुभूति” — कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...

ककाकिकी फिल्मको रिलिज मिती घोषणा, भदौ १९ बाट रिलिज हुने

काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...

बागमती प्रदेशमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन, नौ महिनामा उठ्यो २७ अर्ब ९३ करोड

हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...

यस्तो छ आजका लागि कालिमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending