Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

अदालतमा उपस्थित नभए कंगनाबिरूद्द पक्राउ पुर्जी जारी हुने

खबरडबली संवाददाता

काठमाडाैं  । जावेद अख्तरको मानहानि मुद्दामा कंगना रनौतको समस्या बढ्दै गएको देखिन्छ ।  मुम्बई अदालतबाट अभिनेत्रीलाई गैर जमानती वारेन्ट पठाउन सकिने जनाएको छ । उनी पक्राउ गर्न सकिने भएकाे भारतीय समाचार माध्यमले जनाएका छन् । 

यसअघि अदालतले कंगनालाई मुद्दाको सुनुवाइमा उपस्थित हुने अन्तिम मौका दिएको थियो । अदालतले कंगना रनौत अझै पनि अदालतमा नआएमा उनलाई गैर जमानती वारेन्ट पठाइने स्पष्ट पारेको छ ।

कंगना रनौत जावेद अख्तरसँग लामो समयदेखि चलिरहेको मानहानि मुद्दालाई समाधान गर्न मध्यस्थता बैठकमा सहभागी भएकी छैनन् । यस्तो अवस्थामा हालै मुम्बईको एक अदालतले अभिनेत्री विरुद्ध गैर जमानती वारेन्ट जारी गर्नु अघि अन्तिम मौका दिएको छ । कंगनाका वकिल रिजवान सिद्दिकीले बान्द्रा अदालतलाई भने कि उनी संसदको काममा व्यस्त थिइन र जसका कारण सुनुवाईमा उपस्थित हुन नसकेकी हुन् ।

कंगना रनौत सुनुवाईमा उपस्थित नभएको कारण जावेत अख्तरका वकिल जय के भारद्वाजले निवेदन दिएका थिए । कंगना रनौत विरुद्ध गैर जमानती वारेन्ट जारी गर्न माग गरिएको थियो । भारद्वाजले करिब ४० वटा पेशीमा अदालतको सुनुवाइमा अभिनेत्री उपस्थित नभएको दावी गरेका थिए । 

अदालतले कंगना रनौतका वकिललाई निवेदनको जवाफ पेश गर्न निर्देशन दिएको छ तर वकिलले गैर जमानती वारेन्टको विरोध गरेका छन् । यस्तो अवस्थामा मजिस्ट्रेटले अभिनेत्रीलाई अन्तिम मौका दिने निर्णय गरेका हुन । मार्च २०१६ मा जावेद अख्तरको घरमा बैठक भएको थियो । 

यसै क्रममा कंगना रनौत र ऋतिक रोशन इमेलका कारण चर्चामा थिए । रोशन परिवारका नजिकका जावेद अख्तरले कंगनासँग भेटघाट गर्ने जिम्मेवारी लिए र अभिनेत्रीलाई रोशनसँग माफी माग्न भनेका थिए ।

त्यसबेला कंगनाले कुनै जवाफ दिएकी थिइनन् तर २०२० मा सुशान्त सिंह राजपुतको कथित आत्महत्यापछि अभिनेत्रीले एक अन्तर्वार्तामा जावेद अख्तरसँगको २०१६ मा भएको भेटको उल्लेख गरेकी थिइन् । यस क्रममा जावेद अख्तरले कंगनाबाट अपमानजनक शब्द पाए र उनले अभिनेत्री विरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजक...

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ । ...

मेची भन्सार मातहतका ५ वटा छोटी भन्सार वर्षौँदेखि बन्द

झापा ।  मेची भन्सार कार्यालय मातहतका छ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले ...

कालिमाटी तरकारी बजारमा कति छ आजका लागि कृषि उपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गोठमै बित्यो जिन्दगी—पूर्णबहादुरका ५७ वर्ष भैँसीसँगै, सपना त्यागेर बन्यो संघर्षको कथा

म्याग्दी । १८ वर्षको उमेरमा सैनिक बन्ने सपना त्यागेर जङ्गल पसेका पूर्णबहादुर जैसीको जीवन कथा कुनै चलचित्रभन्दा कम छैन। धवलागिरि गाउँपालिका–४ खाम्लाका ...

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ । गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिँदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७...

परदेशमै अस्ताएका सपना

बागलुङ । बागलुङको बरेङ गाउँपालिकाका ४० वर्षीय पुरुष केही वर्ष पहिले परिवारको सुन्दर सपना बोकेर संयुक्त अरव इमिरेट्स (युएई) पुगे । युएईको दुबईमा एउटा घ...

‘डोजरको डर पोखरामा पनि’ विकल्प बिना नहट्ने सुकुम्बासीको चेतावनी

पोखरा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चल्न थालेको प्रभाव अब पोखरामा पनि देखिन थालेको छ। महानगरपालिकाले ३५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गा ख...

गर्मीमा ‘पानी मात्र’ भर पर्नु जोखिमपूर्ण—डिहाइड्रेसनबाट बच्न जान्नैपर्ने उपायहरू

काठमाडौं । तापक्रम बढ्दै जाँदा धेरैले “धेरै पानी पिए पुग्छ” भन्ने सोच्छन्। तर स्वास्थ्य विशेषज्ञहरू भन्छन्—गर्मीमा पानी मात्रै पर्याप्त हुँदैन, शरीरला...

सरकारको ‘ठूलो कटौती’ योजना : ४ मन्त्रालय खारेज, दर्जन संरचना फेरबदलको खाका

काठमाडौं । संघीय सरकारको संरचना हल्लाउने गरी मन्त्रालय मर्ज र खारेजको ठूलाे खाका आज मन्त्रिपरिषद् बैठकमा पेस हुने तयारी भएको छ। बिहान साढे १० बजे बस्न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending