Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

खबरडबली संवाददाता

भोजपुर ।, भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ‘ग्रेटर मुन्दुम ट्रेल’को काम सुरु भएको हो । 

यो ट्रेलको काम सुरु भएको भोजपुरको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको अन्तरपालिका बैठक बसेर थप योजना निर्माण गरिएको छ । तीन वटा नै स्थानीय तहका अध्यक्षको उपस्थितिमा पदमार्ग उपभोक्ता र निर्माण समितिलाई अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ ।

परियोजनाका कर्मचारी तथा स्थानीय पालिकाका इञ्जिनीयरहरुले उपभोक्ता समितिलाई काम कसरी गुणस्तरीय ढङ्गले गर्ने भन्ने विषयमा सहजीकरण गरेका हुन् । 

यो पदमार्गले किरातहरूको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङ क्षेत्र नसमेटिएका कारण धनकुटा, उदयपुर र भोजपुरका सात स्थानीय तहहरूको अन्तरपालिका बैठक बसेर सो क्षेत्र हुँदै पदमार्ग विस्तारको विषयमा छलफल गर्ने तयारी भइरहेको हतुवागढीका अध्यक्ष प्रेमकुमार राईले बताए ।

कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, पदमार्गमा आधारित पर्यटन विकास परियोजना, धनकुटाका सहिदभूमि र साँगुरीगढी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका, भोजपुरको हतुवागढी तथा आमचोक र रामप्रसादराई गाउँपालिकाबीच छलफल गरेर खुवालुङ क्षेत्र हुँदै पदमार्ग विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ ।

‘हामीले भोजपुरमा तीन स्थानीय तहको अन्तरपालिका बैठक सम्पन्न गरेका छौँ’, अध्यक्ष राईले भने, ‘सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुर हुँदै भोजपुरसम्म विस्तार हुन लागेको ग्रेटर मुन्दुम पदमार्गमा खुवालुङ क्षेत्र छुटेको अवस्था छ, यहाँ महत्त्वपूर्ण खुवालुङ क्षेत्रलाई समेट्न तीन जिल्लाका सात स्थानीय तह र सरोकारवाला पक्षसँग छलफल गर्ने तयारीमा छौँ ।’

चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत र सङ्घ सरकारको आठ प्रतिशत लागत साझेदारी हुने अध्यक्ष राईले जानकारी दिए । पहिलो आर्थिक वर्ष २०८१(८२ मा हतुवागढी–९ हसनपुर, आमचोक–२ यूँ र रामप्रसाद राई–६ बैकुण्ठेमा पदमार्ग निर्माणको काम सुरुआत भएको अध्यक्ष राईको भनाइ छ । 

निर्माण हुन लागेको ग्रेटर मुन्दुम ट्रेलको रुटमा ऐतिहासिक खुवालुङ क्षेत्र छुटेकाले यसलाई पनि समेट्नका लागि पहल गरिने रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए। रामप्रसाद राईमा पहिलो चरणमा रु ३० लाख लागतमा पदमार्ग निर्माणको काम सुरु भएकोसमेत उनले जानकारी दिए। सोही रकम बराबरमा हतुवागढी र आमचोक गाउँपालिकामा पनि पदमार्ग निर्माणको काम सुरु भएको अध्यक्ष राईको भनाइ छ । 

ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुरको मैनामैनी हुँदै भोजपुर हुतुवागढीको माइबेँनी, शिला सुत्केरी, सङ्खामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसाद राईको वडा नं ६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागँछाँगा, वडा नं २ को पाप्माखामगढी, बतासे र वडा नं १ ओख्रेबाट टेम्केमैयुङ–९ को कपासे भञ्याङसम्म विस्तार हुने रामप्रसाद राई–६ का वडाध्यक्ष एकराज आचर्यले बताए। 

तावा भञ्याङमा यसअघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएपछि भोजपुरको सबैभन्दा अग्लो स्थान साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाइ करिब १६८ किलोमिटर हुने जनाइएको छ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगरअन्तर्गत काम भइरहेको छ । यो कार्यक्रम विसं २०८१ बाट २०८५  सम्म सञ्चालन हुने जनाइएको छ । 

चार वर्षका लागि स्वीस सरकार र प्रदेश सरकारबीच सम्झौता भएको छ । पुनः स्थानीय सरकार र प्रदेश सरकारबीच पनि सम्झौता भएर काम अघि बढेको हो ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending