काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पत्रकार सम्मेलन गर्दै गाजा पट्टीलाई अमेरिकी नियन्त्रणमा लिने कुरा गरेका थिए ।
ट्रम्पले अमेरिकाले गाजा पट्टी कब्जा गर्ने र त्यहाँ रिसोर्ट सिटी निर्माण गर्ने बताएका थिए । उनको तर्क यो छ कि, त्यसपछि त्यहाँ पश्चिम एसियाको रोजगारी र पर्यटनको केन्द्र बन्नेछ। तर, मध्यपूर्वका धेरै देशहरूले ट्रम्पको भनाइको विरोध गरेका छन्।
साउदी अरेबियाले भन्यो, ‘हामी प्यालेस्टाइनका जनताको साथमा छौँ। हामी साम्राज्यवादी उद्देश्यका साथ गाजामा कुनै पनि प्रकारको घुसपैठको विरोध गर्दछौं। इजरायलसँगको सम्बन्ध प्यालेस्टाइनसँग मात्र सम्भव छ। गाजाका जनताको निष्कासन सहने छैन।’
उता, संयुक्त राष्ट्रसंघले गाजालाई कुनै पनि हिसाबले कब्जा गर्नु र त्यहाँका जनतालाई विस्थापित गर्नु अन्तर्राष्ट्रिय नियमविपरीत भएको बताएको छ । गाजामा मानवअधिकार उल्लङ्घन गर्नु गलत हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘गाजामा रहेका २३ लाख मानिसलाई इजिप्ट र जोर्डनजस्ता देशमा पुनर्वास गरिने छ । अमेरिकाले अहिले पश्चिम एसियाका समस्या समाधानका लागि लामो समयको योजनामा काम गर्न थालेकोसमेत जनाए ।
ट्रम्पका अनुसार यो योजना सारा विश्वका लागि फाइदाजनक साबित हुने भएको छ । यसको नतिजा छिट्टै आउनेछ । नेतान्याहुले पनि यो भने कि, ‘यो ऐतिहासिक हुनेछ।’
ट्रम्पले भने, ‘गाजा बारुदी सुरंग र आतंकवादी गुफाहरूले भरिएको छ। पूरै गाजालाई समतल बनाइनेछ र त्यहाँ पूर्वाधारको विकास गरिनेछ।’ ट्रम्पले बिग्रँदै गएको गाजा अहिले श्रापित ठाउँ भएको भन्दै त्यहाँ कोही पनि जान नचाहेकोसमेत बताएका छन् ।
साउदी र राष्ट्रसंघसँगै जोर्डन, टर्की र प्यालेस्टाइनले पनि ट्रम्पको भनाइको विरोध गरेका छन् । जोर्डनले गाजाको जमिन कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट हटाउने कुनै पनि प्रयासको विरोध गर्ने बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १२:२७
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...
बैशाख २ गते, २०८३ - १२:२६
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...
बैशाख २ गते, २०८३ - ११:५८
काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र ऊर्जा, जलस्रोत तथा खानेप...
बैशाख २ गते, २०८३ - ११:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...
बैशाख २ गते, २०८३ - ११:४८
पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...
बैशाख २ गते, २०८३ - ११:४६
नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ
बैशाख २ गते, २०८३ - ११:२१
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...
बैशाख २ गते, २०८३ - ११:२०
काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...
बैशाख २ गते, २०८३ - ११:१९
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...
बैशाख २ गते, २०८३ - ११:०९
काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...


प्रतिकृया लेख्नुहोस्: