Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संविधानमा हस्ताक्षर हुँदा गुञ्जिरह्यो –‘गाउँछ गीत नेपाली ’

\"sambidhansava\"काठमाडौं । जनताका प्रतिनिधिले संविधान बनाएको क्षण कुनै पनि मुलुकका लागि ऐतिहासिक त अवश्य हो, त्यसमा प्रत्यक्ष सहभागी सभासद्का लागि पनि दुर्लभ अनुभव हुनु स्वाभाविक हो । संविधानसभाबाट पारित ‘नेपालको संविधान, २०७२’ मा सभासद्ले हस्ताक्षर गर्नेक्रम चलेदेखि नै संविधानसभा भवन नयाँ बानेश्वरमा आज उत्साहपूर्ण माहोल देखियो । चहलपहल र हाउभाउका साथ सभासद्, संसद् सचिवालयका कर्मचारी र सञ्चारकर्मीसहितको उपस्थितिले सभा भवनको ‘ल्होत्से हल’ भरिएको थियो । आफूले हस्ताक्षर गरेको दृष्य क्यामरामा कैद गर्न, समूह समूहका तस्बिर खिचाउँन, आपसमा हात मिलाउन, अँगालो मार्न र बधाई साटासाट गर्न सभासद्लाई भ्याइनभ्याई थियो । सभाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष ओनसरी घर्ती तथा शीर्ष नेतासँग तस्बिर खिचाउँन पनि तँछाडमछाड थियो । उत्साहको माहोलमा सचिवालयका कर्मचारीले पनि आफ्ना मोबाइलबाट तस्बिर खिचाउने क्रम चलेपछि सचिवालयमा सचिव मुकुन्दप्रसाद शर्माले माइकबाट ध्यानाकर्षण नै गराउनुपरेको थियो, ‘सचिवालयका साथीहरू, प्रत्यक्ष प्रसारण पनि भइरहेको छ, तपाईंहरूले फोटो खिच्ने काम गरिरहँदा शोभनीय भएन ।’ सुरक्षा निकायका कर्मचारी ९मर्यादापालक० पनि तस्बिर खिचाउन लागिपरेका थिए । हस्ताक्षरपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर केसीसँग तस्बिर खिच्न अनुमति माग्दा केसीले सहज जवाफ दिनुभयो –‘आउनुस्, आउनुस्, गाई दुहुनेलाई गोबर त के भो र यत्रो समय सभा र हाम्रो सुरक्षा दिनुभयो, आज तस्बिर खिच्न किन नपाउने ।’ हस्ताक्षर गर्ने लहरमा सभासद् जीवनबहादुर शाही, गङ्गालाल तुलाधर, रामेश्वर फुयाँल, जितु गौतम, महेन्द्र यादवलगायत सभासद् आफूहरु पहिलो भएकोमा गर्व गर्दै थिए । त्यही बीचमा मिर्गौलापीडित सभासद् मेघराज नेपाली ९निषाद० डायलाइसिस छाडेर हस्ताक्षर कार्यक्रममा प्रवेश गरेपछि एकछिन हलमा भावुकता छायो । उनको स्वास्थ्य बुझ्न सभाध्यक्ष नेम्वाङ आसनबाट उठेर भन्दै थिए–‘अहिले कस्तो छ, माननीयज्यू ’ हस्ताक्षर भइरहँदा हलमा राष्ट्रियताले ओतप्रोत धुन र गीतलाई निरन्तर गुञ्जाइएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे, गीतकार दिनेश अधिकारीजस्ता स्रष्टाका शब्द र गोपाल योञ्जन जस्ता लोकप्रिय गायकका स्वरअङ्कित गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली।।।’, ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे।।।’, ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ।।।।’ जस्ता गीत निरन्तर बजिरहेका थिए । यही असोज ३ गते संविधान घोषणाका लागि तय गरिएको संविधानसभाको बैठकमा पनि अन्य सजावटसँगै यी र यस्तै गीत र धुन बजाउने र ऐतिहासिक राष्ट्रिय उत्सवको झल्को दिने तयारी सचिवालयले गरेको छ । नेपाली कागजमा मुद्रण गरिएका पाँचप्रति संविधानमा आज हस्ताक्षर भएको हो । हस्ताक्षर क्रम सकिएपछि सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्ने कार्यक्रम छ । हस्ताक्षर भएका ती पाँचप्रतिमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मन्त्रालयमा एक÷एक प्रति र संसद् सचिवालयमा दुई प्रति अभिलेखका रुपमा रहनेछन् । संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले घोषणा सभाका लागि मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका प्रतिनिधिलगायतलाई आमन्त्रण भइसकेको बताउनुभयो । कुल १० वटा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्को नामावलीको सूचीमा हस्ताक्षर गरिएको छ । हस्ताक्षरका क्रममा देखिएको उत्साहका बीच सभासद्हरूले तराई–मधेसमा भइरहेको आन्दोलनको मागलाई समेट्न नसकिएकोमा केही खल्लोपना पनि सभासद्मा देखिएको थियो । सभासद् रञ्जुकुमारी झाले भनिन –‘तराईका कतिपय व्यक्तिले हामीले संविधानमा हस्ताक्षर गरेको भनेर गाली गरिरहेका छन्, हामीलाई पनि पार्टीको निर्देशन हुन्छ, त्यो मान्नै प¥यो, अब यो उपलब्धि लिएर मधेसका अन्य आवाज सम्बोधनका लागि लाग्नुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending